
१लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
२कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
३आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
४पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
५एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
६बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
७श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१०पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
११समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२विचौंलिया दिपक भट्ट र शेखर गोल्छाको ठगी धन्दामा कान्तिपुरका मालिक कैलाश सिरोहिया पनि संलग्न
लमजुङ । लमजुङको बेँसीशहर नगरपालिका–३ मा अवस्थित लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना गरिएको छ । यस मन्दिरमा श्रदालु तथा भक्तजनले पूजा गर्ने क्रममा देखिनेखालको मूर्ति नभएको गुनासो गरेसँगै मन्दिरमा देखिने खालको ठूलो मूर्ति स्थापना गरिएको हो ।
घटस्थापनाको दिनमा काठमाडौँबाट मूर्ति ल्याएर स्थापना गर्नुअघि गर्नुपर्ने विधिवत प्रक्रिया पूरा गरेपछि शुभसाइत हेरेर बुधबार बिहान ११ बजेको समयमा विधिवतरूपमा पूजा आराधना गर्दै मूर्ति स्थापना गरिएको छ । मूर्ति स्थापना गर्नुअघि मूर्तिलाई शक्ति दिनका लागि विभिन्न प्रक्रिया पूरा गरेर स्थापना गरिएको मन्दिरका मूल पुरोहित माधवप्रसाद बरालले बताउनुभयो । उहाँका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा र लमजुङ समाज काठमाडौँको विशेष सहयोगमा मूर्ति ल्याइएको थियो ।
मूर्ति स्थापना कार्यक्रममा बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले यस्ता ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षण, प्रवद्र्धन र व्यवस्थित गर्ने कार्यमा नगरपालिकाबाट सक्दो सहयोग हुँदै आएको र थप सहयोगका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने बताउनुभयो ।
सशस्त्र प्रहरीका पूर्वएआइजी रोहितचन्द्र थापाले ऐतिहासिक तथा धार्मिक स्थलहरुलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउँदै यहाँको आवश्यकता अनुरुप योजना निर्माणका लागि सम्बन्धित निकायमा बजेट माग गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, बेँसीशहर नगरपालिका उपप्रमुख लक्ष्मी अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति थियो ।
मूर्ति स्थापनापश्चात् जिल्लावासी भक्तजन खुशी भएका छन् । यहाँ भक्तजनलाई स्थापना गरिएको महाकाली मूर्तिले पूजाआज गर्नका लागि सहज हुने भएको छ । लमजुङ दरबार परिसरमा कालिका मन्दिर छ । विसं १५५० मा छिमेकी जिल्ला कास्कीकोटका राजा कुलमण्डलका छोरा यश्ह्योबर्मा शाहलाई राजा बनाएदेखि यस मन्दिरमा पूजाआजा हुँदै आएको मन्दिरका मूल पुरोहित बरालको भनाइ छ । उहाँले भन्नुभयो, “यसभन्दा अघि उनका माइला दाई विसं १५४० मा राजा बनाइए पनि यहाँ पूजा भएको इतिहासमा भेटिएको छैन ।”
यश्ह्योब्रर्माको पालादेखि राजाको नाममा पूजाआजा हुँदै आएको भएपनि मुलुकमा गणतन्त्र स्थापनापछि राष्ट्रपति तथा जनताको नाममा पूजा हुँदै आएको पुजारीहरुको भनाइ छ । वर्षभरि नै पूजा हुने भए पनि विषेशगरी यस कालिका मन्दिरमा वर्षको दुईचोटी मुख्य पूजा हुने गर्दछ । वडादशैँको घटस्थापनादेखि दशमी अर्थात् दशैँमा १० दिन र चैतेदशैँको घटस्थापनादेखि अष्टमी अर्थात् आठ दिनसम्म पूजाआजा हुँदै आएको छ ।
यहाँ वर्षेनी दशैँमा भक्तजनको ठूलो भीड हुने गरे पनि यो वर्ष भने कोभिड–१९ का कारण घटस्थापनाबाट नित्यपूजा मात्र हुँदै आएको छ । त्यस्तै यस वर्ष सर्वसाधारणका लागि पूजाआजा बन्द गरिएको र सरकारी बलि मात्र हुने मन्दिरका मूल पुरोहित बरालले भन्नुभयो । उहाँका अनुसार यस वर्ष सरकारी पूजामात्र हुने र सरकारी बलि २६ बोका, छ राँगा, एक भेडा, एउटा सुँगुर दिने भएको छ ।
इतिहासमा उल्लेख भएअनुसार यस कालिका मन्दिरलाई शाहवंशीय राजाले आफ्ना कूलदेवताका रूपमा समेत पूजा गर्दै आएका थिए । यहाँ बाइसे सुसारे पुजारीहरु अर्थात् बाइस जातिका पुजारी यस मन्दिरमा रहेका छन् । यस कालिका तथा लमजुङ दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । (रासस)
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ