News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार स्वास्थ्य

कास्कीका थप एक साताका लागि निषेधाज्ञा थपियो

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ ७ गतेसम्म थप एक साताका लागि निषेधाज्ञा लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सूचना जारी गर्दै थप एक साताका लागि निषेधाज्ञा जारी गरेका हुन् । यहीँ वैशाख ३१ गते रातको १२ बजेसम्म जारी भएको शुरुको निषेधाज्ञालाई थप एक साता जिल्ला प्रशासन कार्यालयले लम्ब्याएको हो ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा बढाएको हो । यस अघि प्रशासनले  वैशाख २१ गतेदेखि वैशाख ३१ गते रातको १२.०० बजेसम्मका लागि निषेधाज्ञा जारी गर्दै सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाएको थियो ।

डनन्यूज ट्रेन्डिङ