
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
दुई तिहाईकोे कम्युनिष्ट सरकार आफ्नै आन्तरिक किचलो र फुटका कारण ढल्न पुग्यो । पाँच वर्षका लागि जनताले दिएको मतको पनि ठुलो अपमान हुने काम कम्युनिष्ट सरकारले गर्यो । तर यसमा न कामचलाऊ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई चिन्ता छ, न त टुक्रिएर गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ।
देश कोरानो संक्रमणको महामारीमा रुमल्लिएको छ । जनताहरु आफन्त गुमाएर कोही शोकमा छन्, कोही त्रासमा छन् त कोही जीवन बचाउने आशमा घरमैं सीमित छन् । सर्वसाधारण जनताको जीविकोपार्जनमा नै समस्या खडा भएको छ । फेरि रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति खडा हुँदैछ । यो अवस्थामा कुर्चीमा पात्र फेरिनु र दोहोरिनुले खासै जनतालाई चासो नहुनु स्वभाविकै पनि हो ।
निषेधाज्ञा जारी गरेर कोरोनाको महामारीबाट पूर्ण समस्याको समाधान हुने भने होइन । यो संक्रमणको वृद्धि दरलाई रोक्नका लागि सहज बनाउने उपाय मात्र हो । यतिबेला कोरोना संक्रमणले गर्दा मृत्युदर दिनप्रतिदिन निकै बढिरहेको छ । अस्पतालहरुले विरामीको चाप थेग्न सकिरहेका छैनन् । आज बल्ल धेरैले डाक्टर गोविन्द केसीले उठाएका मागहरुलाई सम्झिरहेका छन् । त्यतिबेला डाक्टर गोविन्द केसीलाई पागल भन्नेहरुको स्वार्थ के रहेछ र वास्तविकता के हो ? भन्ने बुझ्न सक्ने परिस्थिति निर्माण भएको छ ।
समयमा नै हामीले सरकारी अस्पतालहरुलाई मजबुत बनाउन सकेको भए आज केही राहत अवश्य मिल्ने थियो भन्ने प्रष्ट देखिएको छ । यस्तो अवस्थामा निजी अस्पतालहरुले लिने चर्को शुल्क र जीवनमरणको अवस्थाले जनता आकुल व्याकुल भएका छन् । बल्ल मानिसहरुले बुझ्दैछन्, किन डाक्टर केसीले निजी अस्पताललाई भन्दा सरकारी अस्पताललाई त्यो पनि विभिन्न दुर्गम ठाउँमा खोल्नका लागि अनसनमा बसिरहे भनेर ।
यता, जनताहरु कोरोनाको कहर झेल्दैछन् । उता कम्युनिष्ट सरकार आफैले निम्त्याएको महामारीमा छटपटिएको छ । दुई तिहाईको सरकार काम चलाऊ सरकारमा परिणत भएको छ । यो अवस्थामा दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छिन् । प्रधानमन्त्री ओलीको ‘रबर स्ट्याम’को छवि बनाएकी राष्ट्रपतिको भूमिका पनि मूल्यांकन गर्न लायकको रहेन । उनी दलको पनि एउटा गुटको पक्षमा सधैं आँखा चिम्लेर उभिई रहिन् ।
अहिलेको परिस्थिति हेर्दा अन्य विपक्षी दलहरुले सरकार बनाउन सक्ने स्थिति पनि देखिदैंन । पुनः ठुलो दलको नेताको हैसियतमा ओली नै प्रधानमन्त्री हुने अवस्था देखिन्छ । यदि यस्तो भयो र यो सरकारले पनि फेरि विश्वासको मत पाउन सकेन भने मुलुक चुनावतिर जान बाहेक अर्को विकल्प देखिदैंन । ओली चुनाव नै चाहन्छन् । तर विपक्षी दलहरुले भने नयाँ सरकार बनाउँछौं भनिरहेका छन् ।
आफ्नै पार्टीबाट विश्वासको मत पाउन नसकेका ओलीको अलोकप्रियता र अवस्था यसैबाट पनि पुष्टि हुन्छ । ओली म जति बोल्छु, जनताले सबै पत्याउँछन् भन्ने भ्रममा छन् । शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादव लगायतका अन्य दलका नेताहरु कोही पनि ओली भन्दा कम छैनन् । भ्रष्टाचारमा सबैका आ–आफ्नै आँकडा र सेटिङ छन् ।
अन्तमा, जबसम्म राजनीति निष्ठा, इमान्दारिता र सेवाको भावनाले अघि बढ्दैन । तबसम्म मुलुकको अवस्था झन्–झन् विकराल बन्दै जानेछ । अब विदेशी शक्तिहरुको घुसपैठ र खेल सजिलो भएको छ । देश फेरि अस्थिरताको भूमरीमा फसेको छ । केन्द्रको असर प्रदेश सरकारहरुमा पनि देखा परिसकेको छ । जनता शोकमा छन्, देशका शासकहरुको सत्ताको खेलमा व्यस्त छन् । इतिहासमा दुई तिहाईको मजबुत सरकार बनाएको कम्युनिष्टहरु यतिबेला आन्तरिक किचलोमा फुट अनि पदच्यूतको अवस्थामा पुगेका छन् । ढोङ्गी कम्युनिष्टहरुको वास्तविक अनुहार उदाङ्गो भएको छ । मुलुक फेरि अस्थिर राजनीतिको दलदलमा फसेको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप