
१क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
६सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१०आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
११पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
१२डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
६पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
७डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
८आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
९पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
१०प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
११अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
दुई तिहाईकोे कम्युनिष्ट सरकार आफ्नै आन्तरिक किचलो र फुटका कारण ढल्न पुग्यो । पाँच वर्षका लागि जनताले दिएको मतको पनि ठुलो अपमान हुने काम कम्युनिष्ट सरकारले गर्यो । तर यसमा न कामचलाऊ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई चिन्ता छ, न त टुक्रिएर गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ।
देश कोरानो संक्रमणको महामारीमा रुमल्लिएको छ । जनताहरु आफन्त गुमाएर कोही शोकमा छन्, कोही त्रासमा छन् त कोही जीवन बचाउने आशमा घरमैं सीमित छन् । सर्वसाधारण जनताको जीविकोपार्जनमा नै समस्या खडा भएको छ । फेरि रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति खडा हुँदैछ । यो अवस्थामा कुर्चीमा पात्र फेरिनु र दोहोरिनुले खासै जनतालाई चासो नहुनु स्वभाविकै पनि हो ।
निषेधाज्ञा जारी गरेर कोरोनाको महामारीबाट पूर्ण समस्याको समाधान हुने भने होइन । यो संक्रमणको वृद्धि दरलाई रोक्नका लागि सहज बनाउने उपाय मात्र हो । यतिबेला कोरोना संक्रमणले गर्दा मृत्युदर दिनप्रतिदिन निकै बढिरहेको छ । अस्पतालहरुले विरामीको चाप थेग्न सकिरहेका छैनन् । आज बल्ल धेरैले डाक्टर गोविन्द केसीले उठाएका मागहरुलाई सम्झिरहेका छन् । त्यतिबेला डाक्टर गोविन्द केसीलाई पागल भन्नेहरुको स्वार्थ के रहेछ र वास्तविकता के हो ? भन्ने बुझ्न सक्ने परिस्थिति निर्माण भएको छ ।
समयमा नै हामीले सरकारी अस्पतालहरुलाई मजबुत बनाउन सकेको भए आज केही राहत अवश्य मिल्ने थियो भन्ने प्रष्ट देखिएको छ । यस्तो अवस्थामा निजी अस्पतालहरुले लिने चर्को शुल्क र जीवनमरणको अवस्थाले जनता आकुल व्याकुल भएका छन् । बल्ल मानिसहरुले बुझ्दैछन्, किन डाक्टर केसीले निजी अस्पताललाई भन्दा सरकारी अस्पताललाई त्यो पनि विभिन्न दुर्गम ठाउँमा खोल्नका लागि अनसनमा बसिरहे भनेर ।
यता, जनताहरु कोरोनाको कहर झेल्दैछन् । उता कम्युनिष्ट सरकार आफैले निम्त्याएको महामारीमा छटपटिएको छ । दुई तिहाईको सरकार काम चलाऊ सरकारमा परिणत भएको छ । यो अवस्थामा दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छिन् । प्रधानमन्त्री ओलीको ‘रबर स्ट्याम’को छवि बनाएकी राष्ट्रपतिको भूमिका पनि मूल्यांकन गर्न लायकको रहेन । उनी दलको पनि एउटा गुटको पक्षमा सधैं आँखा चिम्लेर उभिई रहिन् ।
अहिलेको परिस्थिति हेर्दा अन्य विपक्षी दलहरुले सरकार बनाउन सक्ने स्थिति पनि देखिदैंन । पुनः ठुलो दलको नेताको हैसियतमा ओली नै प्रधानमन्त्री हुने अवस्था देखिन्छ । यदि यस्तो भयो र यो सरकारले पनि फेरि विश्वासको मत पाउन सकेन भने मुलुक चुनावतिर जान बाहेक अर्को विकल्प देखिदैंन । ओली चुनाव नै चाहन्छन् । तर विपक्षी दलहरुले भने नयाँ सरकार बनाउँछौं भनिरहेका छन् ।
आफ्नै पार्टीबाट विश्वासको मत पाउन नसकेका ओलीको अलोकप्रियता र अवस्था यसैबाट पनि पुष्टि हुन्छ । ओली म जति बोल्छु, जनताले सबै पत्याउँछन् भन्ने भ्रममा छन् । शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादव लगायतका अन्य दलका नेताहरु कोही पनि ओली भन्दा कम छैनन् । भ्रष्टाचारमा सबैका आ–आफ्नै आँकडा र सेटिङ छन् ।
अन्तमा, जबसम्म राजनीति निष्ठा, इमान्दारिता र सेवाको भावनाले अघि बढ्दैन । तबसम्म मुलुकको अवस्था झन्–झन् विकराल बन्दै जानेछ । अब विदेशी शक्तिहरुको घुसपैठ र खेल सजिलो भएको छ । देश फेरि अस्थिरताको भूमरीमा फसेको छ । केन्द्रको असर प्रदेश सरकारहरुमा पनि देखा परिसकेको छ । जनता शोकमा छन्, देशका शासकहरुको सत्ताको खेलमा व्यस्त छन् । इतिहासमा दुई तिहाईको मजबुत सरकार बनाएको कम्युनिष्टहरु यतिबेला आन्तरिक किचलोमा फुट अनि पदच्यूतको अवस्थामा पुगेका छन् । ढोङ्गी कम्युनिष्टहरुको वास्तविक अनुहार उदाङ्गो भएको छ । मुलुक फेरि अस्थिर राजनीतिको दलदलमा फसेको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर