
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
काठमाडौं, १७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माण अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिवादीहरूसँग प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ ।
मुद्दामा प्रतिवादी बनाइएकाहरूमा क्यानका महानिर्देशक प्रदीप अधिकारी, पूर्वनिर्देशक मुरारी भण्डारी, उपप्रबन्धक (इन्जिनियर) समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सल्टिङ प्रालिका निर्देशक विजय थापा, प्राइभेट इन्जिनियर गुरुदत्त थापा र अभियन्त्र कन्सल्टिङ प्रालि (नयाँ बानेश्वर) रहेका छन् ।
महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारी बुधबार बयानका लागि अख्तियार कार्यालय टंगाल पुगेकै बेला पक्राउ परेका थिए । उनीहरूलाई अख्तियार परिसरबाटै नियन्त्रणमा लिइएको थियो ।
क्यानको स्वामित्वमा रहेको भक्तपुरको नलिन्चोकमा ३२ रोपनी जग्गामा निर्माण गरिएको हेलिप्याडमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नै नगरी ठेक्का प्रक्रिया अघि बढाइएको, अनियमितता भएको र राज्यलाई हानि पु¥याएर व्यक्तिगत लाभ लिएको अख्तियारको अभियोग छ ।
हेलिप्याडको उद्घाटन गत ७ असार २०८१ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र महानिर्देशक प्रदीप अधिकारीले संयुक्त रूपमा गरेका थिए ।
आयोजना सुरुदेखि नै विवादित बन्दै आएको थियो । स्थानीय बासिन्दाले विरोध गरेका थिए भने हेलिकप्टर पाइलटहरूले समेत उक्त हेलिप्याडलाई ‘असुरक्षित’ भनेर चेतावनी दिएका थिए ।
अख्तियारले यो प्रकरणमा अनुसन्धान सुरु गरेपछि विभिन्न उजुरी परेका थिए र लामो अनुसन्धानपछि बुधबार मुद्दा दायर गरिएको हो । मुद्दा दर्तासँगै मुख्य प्रतिवादीहरू पक्राउ परेका छन् । विशेष अदालतमा मुद्दा विचाराधीन रहेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी