
१महान्यायाधिवक्ताको विवादास्पद निर्णय
२नेपाली काँग्रेसको सभापतिमा गगन थापा
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८चुनावी मैदानमा विप्लव
९राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
पोखरा, १५ मंसिर । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको छ।
यो पक्राउ बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनविरुद्ध एक अर्ब रुपैयाँभन्दा बढी कर्जा अपचलन तथा ठगी मुद्दा चलिरहेकै क्रममा भएको हो। सिआइबी स्रोतका अनुसार सोही मुद्दाको अनुसन्धान विस्तार गर्दै जाँदा वर्तमान उच्च अधिकारीहरू पनि तानिएका हुन्।
महत्वपूर्ण कुरा के छ भने यो पक्राउ नेपाल राष्ट्र बैंकको उजुरी वा निर्देशनमा भएको होइन। राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुरूप्रसाद पौडेलले भने, ‘यो प्रकरणमा सिआइबीले आफ्नो अनुसन्धानका क्रममा प्राविधिक सहयोग मागेकाले हामीले सहयोग गरेका हौं, तर उजुरी हामीबाट परेको होइन।’
मुद्दाको मूल जरो : प्रभु म्यानेजमेन्ट प्रालि र सहकारीको एक अर्ब धरौटी
अनुसन्धानको केन्द्रमा प्रभु म्यानेजमेन्ट प्रालि छ। यो कम्पनी प्रभु समूहकै लगानीमा खुलेको हो र प्रभु मनी ट्रान्सफरको “सुपर एजेन्ट” का रूपमा काम गर्छ। देशभरका करिब ५ हजार सहकारीमार्फत रेमिट्यान्स वितरण गर्ने यो कम्पनीले ती सहकारीसँग धरौटीबापत झन्डै एक अर्ब रुपैयाँ रकम राखेको थियो। सहकारीहरू डुबेपछि यो रकम फिर्ता भएन। पीडित सहकारीहरूले ठगीको जाहेरी दिए।
जाहेरीकर्तामध्ये प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामा स्वयम् पनि छिन्। उनले पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनविरुद्ध एक अर्बभन्दा बढी ठगीको जाहेरी दिएकी थिइन्। सिआइबीले कुसुम लामासँग लामो सोधपुछ गरेपछि भट्टचन पक्राउ परेका थिए। अब सोही अनुसन्धानले बैंकका वर्तमान सिइओसहित तीन उच्च अधिकारीलाई पनि छोएको छ।
राष्ट्र बैंकले २०७७/७८ मै कारबाही गरेको थियो :
राष्ट्र बैंकको रेकर्डअनुसार आर्थिक वर्ष २०७७/७८ मै प्रभु बैंकले आफ्नै सञ्चालक तथा नजसको १० प्रतिशतभन्दा बढी सेयर रहेको प्रभु म्यानेजमेन्ट प्रालिलाई नियमविपरीत कर्जा दिएको पाइएको थियो। त्यतिबेला सिइओ अशोक शेरचन र अध्यक्ष देवीप्रकाश भट्टचनसहितलाई स्पष्टीकरणसहित कारबाही र सचेत गराइएको थियो।
राष्ट्र बैंकको एकीकृत निर्देशन–२०७७ को दफा ४३ मा स्पष्ट लेखिएको छ : ‘सञ्चालक वा निजको एकाघर परिवारका सदस्यले १० प्रतिशतभन्दा बढी सेयर लिएको कम्पनीलाई बैंकले कर्जा दिन पाउँदैन।’ प्रभु म्यानेजमेन्टमा त्यतिबेला भट्टचन र दक्ष पौडेल (प्रभु बैंकका पूर्वसञ्चालक) को उल्लेख्य लगानी थियो।
अहिलेको पक्राउ किन ?
सिआइबी स्रोतका अनुसार सहकारीको धरौटी रकम प्रभु म्यानेजमेन्टबाट बैंकतर्फ ‘डाइभर्ट’ भएको र त्यसमा बैंकका उच्च अधिकारीहरूको संलग्नता देखिएपछि पक्राउ गर्नुपरेको हो। कर्जा अपचलन, नियमविपरीत लगानी, सहकारीको रकम दुरुपयोगजस्ता गम्भीर आरोपहरू अनुसन्धानको दायरामा छन्।
बैंकले आधिकारिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन भने पक्राउ परेका तीनैजना अधिकारीलाई सिआइबीले १० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको छ।
यो प्रकरणले एकातिर सहकारी पीडितहरूको अर्बौं रकम डुब्ने खतरा देखाएको छ भने अर्कोतिर बैंकिङ क्षेत्रमा सुशासन र नियमनको गम्भीर प्रश्न उठाएको छ। अनुसन्धानले थप कुन-कुन तहसम्म पुग्छ, त्यो हेर्न बाँकी छ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण