
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न संसदीय दलका सदस्यहरुलाई ह्रवीप जारी गरेको छ । आज जनमोर्चाकी सचेतक पियारी थापाले सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीलाई पत्राचार गर्दै नेपाली काँग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गर्न ह्वीप जारी गरेकी हुन् ।
जनमोर्चाकी सचेतक थापाले जारी गरेको ह्वीपमा गण्डकी प्रदेशका मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्नका लागि दावी पत्रमा अनिवार्य रुपमा हस्ताक्षर गर्न भनिएको छ ।
यतिबेला गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्नका लागि जनमोर्चाका तीन सांसद निर्णायक अवस्थामा रहेका छन् । विभिन्न सञ्चार माध्यमहरुमा सांसद कृष्ण थापा र खिमबिक्रम शाहीले काँग्रेसलाई मतदान गर्न नसकिने खालका अभिव्यक्तिहरु सार्वजनिक गर्न थालेपछि ह्वीप जारी गर्नुपर्ने अवस्था आएको हो ।
यस अघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा अविश्वासको प्रस्तावमाथि मतदान हुँदा जनमोर्चाका सांसद खिमबिक्रम शाही गायब बनाईएका थिए । सांसद शाहीका कारण उनको सुरक्षा र खोजी गरी पाउँ भन्दै सचेतक थापाले निवेदन दिदाँ संसद बैठक नै रोकिएको थियो ।
त्यसपछि, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख सिता पौडेल समक्ष राजीनामा पत्र बुझाएपछि तीन दिन भित्रमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो । तर, केन्द्रले काँग्रेस–माओवादी गठबन्धनलाई सहयोग गर्ने निर्णय गर्दा समेत गण्डकीका सांसदद्वयहरुले भने काँग्रेसलाई मतदान गर्न नसकिने विचारहरु मिडियामा सार्वजनिक गर्दै आईरहेका थिए ।
सांसद शाहीले आफू विरामी परेर अस्पतालमा भर्ना हुँदा समेत गलत अर्थ लाग्ने गरी बदनाम गरिएको भन्दै आए पनि कोरोना संक्रमणको परीक्षण रिपोर्ट हेर्दा पूर्णरुपमा फर्जी नै देखिन्छ । सांसद शाही सोही दिन अपहरण शैलीमा गायब भए पनि उनलाई आर्थिक र अन्य कुनै पदको प्रलोभनमा परी योजनावद्ध ढंगले मुख्यमन्त्री गुरुङको सत्ता टिकाउन चलखेल गरेको आरोप लाग्ने गरेको छ । त्यसो त सांसद शाही र कृष्ण थापाको अभिव्यक्ति र व्यवहारले पनि यस्तै तर्कलाई पुष्टि गर्ने गरेको छ ।

१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’