News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

रोकियो सामूहिक राजीनामा, संसदमा अनुपस्थित हुने निर्णय

काठमाडौं । नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले सामूहिक राजीनामा दिने विषय स्थगित गर्दै आजको संसदको बैठकमा नजाने निर्णय गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत लिदैंछन् ।

आज सिंहदरबारमा बसेको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।

राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल पक्षका सांसदहरू आज सिंहदरबारमा छलफलमा जुटेका थिए । कतिजना सांसद प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुने बारे खुलाईएको छैन ।

यस अघि प्रधानमन्त्री खड्गप्रसाद ओलीले दिईएको अल्टिमेटम प्रति वेवास्ता गरेपछि नेपाल र खनाल समूहका नेताहरुले ‘कठोर निर्णय’ गर्ने भन्दै बैठक बसेका थिए । ट्वीटर मार्फत् प्रधानमन्त्री ओलीले केही समस्या भए छलफल गरी समाधान गरौं भनी ट्वीट गरेपछि घटनाले अर्को मोड लिएको हो ।

डनन्यूज ट्रेन्डिङ