News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

एसईई र कक्षा १२ को परीक्षा पनि स्थगित

'जेठ १३ गते एसईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन हुँदै थियो'

काठमाडौं । बढ्दो कोरोना कहरका कारण राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । जेठ १३ गते एसईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन हुँदै थियो ।

सोमबार आज बिहान बसेको बोर्ड बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि यी दुई परीक्षा स्थगित भएका छन् । पछि कसरी यी परीक्षा सञ्चालन गर्ने विषयमा अर्को सूचना जारी हुनेछ ।