
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
“अविश्वासको प्रस्तावमाथि डटेर सामना गर्छु भन्ने मुख्यमन्त्री गुरुङ कायरका झैं भागेर अनेकन् तिकडम र षडयन्त्रका तानाबाना बुन्नमा नै व्यस्त छन् । न त उनलाई कोरोना संक्रमणले आमजनतालाई पारेको समस्याको बारेमा बोध छ, न त जिम्मेवारी नै । खाली मिडियावाजीमा मात्रै रमाउने मुख्यमन्त्री गुरुङ जुन निडर छविका रुपमा आफूलाई देखाउन खोज्दथे, आज त्यो सबै स्खलित भएर बगिसकेको छ । “
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यतिबेला कोरोना संक्रमण भयो भन्दै सरकारी आवासमैं एकान्तवासमा छन् । विभिन्न मिडियाहरुमा ‘मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि’ भन्दै समाचारहरु पनि आईरहेका छन् । तर जनताले यस घटनालाई सत्ता जोगाउनका लागि खेलिएको अर्को खेल त होइन भनेर आशंका गरिरहेका छन् ।
कुर्ची जोगाउनका लागि मुख्यमन्त्री गुरुङ र उनका मतियारहरुले कसैलाई मन्त्री पद त कसैलाई कोरोना संक्रमणको झुटो रिपोर्ट तयार पारेर घिनलाग्दो खेल खेलेपछि आमजनतामा अविश्वासको स्थिति देखा परेको हो । विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन मन्त्री पद दिने प्रलोभनमा गुण्डा नाईके राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मनाउन सफल भएका मुख्यमन्त्री गुरुङ र उनका मतियारहरुले जनमोर्चाका सांसद खिमबिक्रम शाहीलाई कारोना संक्रमित भएको भन्दै झुटो रिपोर्ट तयार पारेर अस्पतालको आईसियु कक्षमा कैद गरेर राखेका थिए । यस घटनामा सांसद शाही पनि निर्दोषी भने छैनन् । यसमा ठुलो चलखेल छ भन्ने बुझ्न कठिन पनि छैन । सांसद शाही कि प्रलोभनमा कि त त्रासमा परेको सजिलै आंकलन गर्न सकिन्छ ।
यता, गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको कुर्ची जोगाउन काठमाडौंबाट दस दिन अघि नै सांसद अपहरण र विभिन्न काण्डहरुमा मुछिएर धुमिल छवि बनाएका नेता महेश बस्नेत लगायतको टिम पोखरामा आएर बसेको थियो । जसको स्थानीय तहमा नेतृत्व गर्ने काम सांसद राजीव पहारीले गरिरहेका थिए ।
योजना मुताबिक नै राजीव पहारीले अधिवेशन शुरु भएकै दिन सांसदहरुको कोरोना संक्रमणको परीक्षण बिना बैठक चल्न नदिने भन्दै विरोध गरे । सोही अनुरुप गण्डकी प्रदेशका सम्पूर्ण सांसदहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पीसीआर टेस्ट गर्ने काम गर्यो । जसमा स्वयम् राजीव पहारी लगायत तीनजना सांसद कोरोना संक्रमित भएको पुष्टि हुन पुग्यो ।
“सांसद शाहीले पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा वैशाख १४ गते साँझ ४ बजे स्वाब दिएको रेकर्डमा उल्लेख छ । जबकि त्यति नै बेला सांसद शाही प्रदेशसभा परिसर नदीपुरमै स्वाब दिइरहेका थिए । एकै व्यक्ति एउटै समयमा दुई स्थानमा उपस्थित भएर स्वाव दिन दक्षिण भारतीय फिल्ममा बाहेक अन्यत्र सम्भव छँदैछैन ।”
अविश्वासको प्रस्तावमाथि दोस्रो दिन मतदान गर्ने गरी छलफल चलिरहेको थियो । सोही दिन दिउँसो १२ बजेपछि एकाएक मोवाईल स्वीच अफ गरेर राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही गायव भए । चारैतिर खैलाबैला मच्चियो । जताततै खोजी गर्ने काम भयो । सांसद शाही कतै भेटिएनन् । त्यसपछि जनमोर्चाले गायव भएका सांसद शाहीको जीऊज्यानको रक्षाको माग गर्दै अधिवेशन रोक्न निवेदन बुझायो । सभामुख नेत्रनाथ अधिकारीले सांसदको जीउज्यानको सवाल महत्वपूर्ण भएको भन्दै अनिश्चितकालका लागि अधिवेशन रोकिएको सूचना सार्वजनिक गरे ।
केही दिन अघि मात्र प्रदेश सांसद राजीव पहारी र अर्का नेता महेश बस्नेतले संयुक्त रुपमा चरक अस्पतालको निरीक्षण गरेका थिए । जुन कुरा त्यस अस्पतालको सिसिक्यामेराको फुटेज हेर्ने हो भने पनि पुष्टि हुन्छ । सोही चरक अस्पतालको आईसियु कक्षमा एकाएक गायव भएका सांसद कोरोना पोजेटिभ भएको भन्दै भेटिए । ती सांसदको टिठ लाग्दो फोटो मिडियामा सार्वजनिक गरियो । सांसद शाहीलाई कडा सुरक्षा तैनाथ गरेर कसैलाई पनि भेट्न दिइएन ।
यता, प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पीसीआर रिपोर्ट नेगेटिभ देखाएका सांसद शाहीलाई करिब आधा घण्टाको फरकमा सार्वजनिक गरिएको रिपोर्टमा निजी ल्याब लाइफकेयर डाइग्नोस्टिक प्रयोगशाला पोखराले पोजेटिभ देखाएको थियो । जुन प्राविधिक रुपमा सम्भव नै थिएन । जनमोर्चाका सांसद शाहीको पीसीआर रिपोर्ट र प्रयोगशालाको विश्वसनीयतामाथि यस घटनाले गम्भिर प्रश्न उठाएको छ ।
“अबको खेल प्रदेश प्रमुख सिता पौडेल फ्रन्ट लाईनमा देखिएर खेल्दैछिन् । मुख्यमन्त्री यतिबेला कोरोना संक्रमणको बाहनामा पर्दा पछाडि छन् । जब मुख्यमन्त्री गुरुङलाई बाहिर निस्कन पर्छ तब उनलाई कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट त्यो पनि आधा घण्टामा निजी ल्याब लाइफकेयर डाइग्नोस्टिक प्रयोगशाला पोखराले उपलब्ध गराउने सुनिश्चित छ ।”
सांसद शाहीले पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा वैशाख १४ गते साँझ ४ बजे स्वाब दिएको रेकर्डमा उल्लेख छ । जबकि त्यति नै बेला सांसद शाही प्रदेशसभा परिसर नदीपुरमै स्वाब दिइरहेका थिए । एकै व्यक्ति एउटै समयमा दुई स्थानमा उपस्थित भएर स्वाव दिन दक्षिण भारतीय फिल्ममा बाहेक अन्यत्र सम्भव छँदैछैन ।
जुन अस्पतालमा लगेर सांसद शाहीलाई राखियो, त्यो चरक अस्पतालका अध्यक्ष डा. बद्री पौडेल र प्रबन्ध निर्देशक कपिल पोखरेल एमालेका कार्यकर्ताहरु नैं हुन् । यसरी मुख्यमन्त्री गुरुङ र उनका मतियारहरुले सत्ताको चरम दुरुपयोग गर्दै जुन खेल खेले, त्यसले गर्दा कोरोना संक्रमणको परीक्षण गरिने प्रयोगशाला र एमालेका कार्यकर्ताहरुले सञ्चालन गरेका चरक लगायतका अन्य अस्पताल माथि नै गम्भिर प्रश्न चिन्ह खडा भयो । तर पनि यो खेल सोचे अनुरुप सफल हुन भने सकेन ।

चरक अस्पतालप्रति गुम्दै आमजनताको विश्वास : पोखराको नागढुङ्गामा रहेको चरक अस्पताल । जहाँ सांसदलाई वेपत्ता पारी फर्जी रिपोर्ट तयार पारेर कोरोना संक्रमित भयो भन्दै गायब पारियो । यस घटनाले यस अस्पतालप्रतिको विश्वास र भरोसामा निकै आँच आएको छ ।
यदि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कुनै जालझेल, षडयन्त्र वा बाहिर निस्कन पर्यो भने कोरोना नेगेटिभ वा पोजेटिभ जुन सुकैको रिपोर्ट पनि आधा घण्टा भित्रमा सरकारी निवासमा नै सजिलै पुग्ने व्यवस्था मिलाईएको उनका मतियारहरुका यस्तै हर्कतहरुले पुष्टि गरिरहेका छन् । सत्ता टिकाउनका लागि एकातिर फर्जी रिपोर्ट ल्याएर सांसद अपहरण गर्ने कार्यले गण्डकीवासी जनता सशंकित र भयवित भएका छन् । सांसद अपहरण गर्ने, मानिस कुटपिट गर्ने, धम्क्याउने र युवा शक्ति देखाएर तर्साउने पात्र महेश बस्नेत अनि अर्का गुन्डाका नाईके दीपक मनाङेको निर्लज्ज शरणमा पर्दा पनि मुख्यमन्त्री गुरुङलाई कुर्ची जोगाउन हम्मे हम्मे परिरहेको छ ।
अब, मुख्यमन्त्रीको निशानामा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी रहेका छन् । सभामुख अधिकारी माओवादी निकटका नेता पनि हुन् । । जुन कुराको आभाष भर्खरैं आएकी प्रदेश प्रमुख सीता पौडेलले दिईसकेकी छिन् । यस अघि माओवादीका प्रदेश प्रमुख अमिक शेरचनबाट यो खेल खेल्न असम्भव देखेपछि प्रदेश प्रमुख शेरचनलाई अपमानजनक ढंगले एकाएक हटाईएको छ ।
माथिबाट यति कामका लागि सेटिङ मिलाएर पठाईएकी प्रदेश प्रमुख सीता पौडेलको एकमात्र ध्येय र काम भनेकैं सभामुखलाई घेराबन्दी गर्ने र राजीनामा गर्न बाध्य पार्नु हो । यसका लागि प्रदेश प्रमुख पौडेलले एउटा पार्टीको प्रवक्ताका झैं आफ्नो मन्तव्य पहिलो दिनमा नै सार्वजनिक गरिसकेकी छिन् । विहानीको झुल्कोबाट दिनको अनुमान गर्न सकिए झैं नयाँ प्रदेश प्रमुखको भूमिका मूख्यमन्त्री गुरुङको ‘रवर स्ट्याम’ भन्दा फरक हुनेछैन ।
मुख्यमन्त्री गुरुङले सभामुख अधिकारीलाई हिजो मंगलबार बसेको सर्वदलीय बैठकमा समेत आफ्ना सांसद अनुपस्थित गराएर भएपनि सदन चल्न नदिने धम्की दिएर गएका थिए । उता, भर्खरैं आएकी नयाँ प्रदेश प्रमुख पौडेलले गण्डकीको सम्पूर्ण राजनीतिक घटनाक्रम, सरकार र संसदबीचको द्वन्द्वको कारक सभामुख नेत्रनाथ अधिकारी नै भएको टिप्पणी सार्वजनिक गरिसकेकी छिन् । अबको चलखेल गण्डकी प्रदेशका सभामुख अधिकारीको राजीनामा नैं केन्द्रित रहने निश्चित छ । अबको खेल प्रदेश प्रमुख सिता पौडेल फ्रन्ट लाईनमा देखिएर खेल्दैछिन् । मुख्यमन्त्री यतिबेला कोरोना संक्रमणको बाहनामा पर्दा पछाडि छन् । जब मुख्यमन्त्री गुरुङलाई बाहिर निस्कन पर्छ तब उनलाई कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट त्यो पनि आधा घण्टामा निजी ल्याब लाइफकेयर डाइग्नोस्टिक प्रयोगशाला पोखराले उपलब्ध गराउने सुनिश्चित छ ।
हेरौं, अबको चाल कस्तो चाल्छन् मूख्यमन्त्री गुरुङले ? ओलीपथ पछ्याउँदै आफ्नै बोलिको अडान नभएका मुख्यमन्त्री गुरुङ सत्तामा केही दिन टिके पनि उनलाई गण्डकीवासी जनताले हेर्ने नजर भने खस्किएको छ । अविश्वासको प्रस्तावमाथि डटेर सामना गर्छु भन्ने मुख्यमन्त्री गुरुङ कायरका झैं भागेर अनेकन् तिकडम र षडयन्त्रका तानाबाना बुन्नमा नै व्यस्त छन् । न त उनलाई कोरोना संक्रमणले आमजनतालाई पारेको समस्याको बारेमा बोध छ, न त जिम्मेवारी नै । खाली मिडियावाजीमा मात्रै रमाउने मुख्यमन्त्री गुरुङ जुन निडर छविका रुपमा आफूलाई देखाउन खोज्दथे, आज त्यो सबै स्खलित भएर बगिसकेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश