
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
“अविश्वासको प्रस्तावमाथि डटेर सामना गर्छु भन्ने मुख्यमन्त्री गुरुङ कायरका झैं भागेर अनेकन् तिकडम र षडयन्त्रका तानाबाना बुन्नमा नै व्यस्त छन् । न त उनलाई कोरोना संक्रमणले आमजनतालाई पारेको समस्याको बारेमा बोध छ, न त जिम्मेवारी नै । खाली मिडियावाजीमा मात्रै रमाउने मुख्यमन्त्री गुरुङ जुन निडर छविका रुपमा आफूलाई देखाउन खोज्दथे, आज त्यो सबै स्खलित भएर बगिसकेको छ । “
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यतिबेला कोरोना संक्रमण भयो भन्दै सरकारी आवासमैं एकान्तवासमा छन् । विभिन्न मिडियाहरुमा ‘मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि’ भन्दै समाचारहरु पनि आईरहेका छन् । तर जनताले यस घटनालाई सत्ता जोगाउनका लागि खेलिएको अर्को खेल त होइन भनेर आशंका गरिरहेका छन् ।
कुर्ची जोगाउनका लागि मुख्यमन्त्री गुरुङ र उनका मतियारहरुले कसैलाई मन्त्री पद त कसैलाई कोरोना संक्रमणको झुटो रिपोर्ट तयार पारेर घिनलाग्दो खेल खेलेपछि आमजनतामा अविश्वासको स्थिति देखा परेको हो । विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन मन्त्री पद दिने प्रलोभनमा गुण्डा नाईके राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मनाउन सफल भएका मुख्यमन्त्री गुरुङ र उनका मतियारहरुले जनमोर्चाका सांसद खिमबिक्रम शाहीलाई कारोना संक्रमित भएको भन्दै झुटो रिपोर्ट तयार पारेर अस्पतालको आईसियु कक्षमा कैद गरेर राखेका थिए । यस घटनामा सांसद शाही पनि निर्दोषी भने छैनन् । यसमा ठुलो चलखेल छ भन्ने बुझ्न कठिन पनि छैन । सांसद शाही कि प्रलोभनमा कि त त्रासमा परेको सजिलै आंकलन गर्न सकिन्छ ।
यता, गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको कुर्ची जोगाउन काठमाडौंबाट दस दिन अघि नै सांसद अपहरण र विभिन्न काण्डहरुमा मुछिएर धुमिल छवि बनाएका नेता महेश बस्नेत लगायतको टिम पोखरामा आएर बसेको थियो । जसको स्थानीय तहमा नेतृत्व गर्ने काम सांसद राजीव पहारीले गरिरहेका थिए ।
योजना मुताबिक नै राजीव पहारीले अधिवेशन शुरु भएकै दिन सांसदहरुको कोरोना संक्रमणको परीक्षण बिना बैठक चल्न नदिने भन्दै विरोध गरे । सोही अनुरुप गण्डकी प्रदेशका सम्पूर्ण सांसदहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पीसीआर टेस्ट गर्ने काम गर्यो । जसमा स्वयम् राजीव पहारी लगायत तीनजना सांसद कोरोना संक्रमित भएको पुष्टि हुन पुग्यो ।
“सांसद शाहीले पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा वैशाख १४ गते साँझ ४ बजे स्वाब दिएको रेकर्डमा उल्लेख छ । जबकि त्यति नै बेला सांसद शाही प्रदेशसभा परिसर नदीपुरमै स्वाब दिइरहेका थिए । एकै व्यक्ति एउटै समयमा दुई स्थानमा उपस्थित भएर स्वाव दिन दक्षिण भारतीय फिल्ममा बाहेक अन्यत्र सम्भव छँदैछैन ।”
अविश्वासको प्रस्तावमाथि दोस्रो दिन मतदान गर्ने गरी छलफल चलिरहेको थियो । सोही दिन दिउँसो १२ बजेपछि एकाएक मोवाईल स्वीच अफ गरेर राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही गायव भए । चारैतिर खैलाबैला मच्चियो । जताततै खोजी गर्ने काम भयो । सांसद शाही कतै भेटिएनन् । त्यसपछि जनमोर्चाले गायव भएका सांसद शाहीको जीऊज्यानको रक्षाको माग गर्दै अधिवेशन रोक्न निवेदन बुझायो । सभामुख नेत्रनाथ अधिकारीले सांसदको जीउज्यानको सवाल महत्वपूर्ण भएको भन्दै अनिश्चितकालका लागि अधिवेशन रोकिएको सूचना सार्वजनिक गरे ।
केही दिन अघि मात्र प्रदेश सांसद राजीव पहारी र अर्का नेता महेश बस्नेतले संयुक्त रुपमा चरक अस्पतालको निरीक्षण गरेका थिए । जुन कुरा त्यस अस्पतालको सिसिक्यामेराको फुटेज हेर्ने हो भने पनि पुष्टि हुन्छ । सोही चरक अस्पतालको आईसियु कक्षमा एकाएक गायव भएका सांसद कोरोना पोजेटिभ भएको भन्दै भेटिए । ती सांसदको टिठ लाग्दो फोटो मिडियामा सार्वजनिक गरियो । सांसद शाहीलाई कडा सुरक्षा तैनाथ गरेर कसैलाई पनि भेट्न दिइएन ।
यता, प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पीसीआर रिपोर्ट नेगेटिभ देखाएका सांसद शाहीलाई करिब आधा घण्टाको फरकमा सार्वजनिक गरिएको रिपोर्टमा निजी ल्याब लाइफकेयर डाइग्नोस्टिक प्रयोगशाला पोखराले पोजेटिभ देखाएको थियो । जुन प्राविधिक रुपमा सम्भव नै थिएन । जनमोर्चाका सांसद शाहीको पीसीआर रिपोर्ट र प्रयोगशालाको विश्वसनीयतामाथि यस घटनाले गम्भिर प्रश्न उठाएको छ ।
“अबको खेल प्रदेश प्रमुख सिता पौडेल फ्रन्ट लाईनमा देखिएर खेल्दैछिन् । मुख्यमन्त्री यतिबेला कोरोना संक्रमणको बाहनामा पर्दा पछाडि छन् । जब मुख्यमन्त्री गुरुङलाई बाहिर निस्कन पर्छ तब उनलाई कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट त्यो पनि आधा घण्टामा निजी ल्याब लाइफकेयर डाइग्नोस्टिक प्रयोगशाला पोखराले उपलब्ध गराउने सुनिश्चित छ ।”
सांसद शाहीले पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा वैशाख १४ गते साँझ ४ बजे स्वाब दिएको रेकर्डमा उल्लेख छ । जबकि त्यति नै बेला सांसद शाही प्रदेशसभा परिसर नदीपुरमै स्वाब दिइरहेका थिए । एकै व्यक्ति एउटै समयमा दुई स्थानमा उपस्थित भएर स्वाव दिन दक्षिण भारतीय फिल्ममा बाहेक अन्यत्र सम्भव छँदैछैन ।
जुन अस्पतालमा लगेर सांसद शाहीलाई राखियो, त्यो चरक अस्पतालका अध्यक्ष डा. बद्री पौडेल र प्रबन्ध निर्देशक कपिल पोखरेल एमालेका कार्यकर्ताहरु नैं हुन् । यसरी मुख्यमन्त्री गुरुङ र उनका मतियारहरुले सत्ताको चरम दुरुपयोग गर्दै जुन खेल खेले, त्यसले गर्दा कोरोना संक्रमणको परीक्षण गरिने प्रयोगशाला र एमालेका कार्यकर्ताहरुले सञ्चालन गरेका चरक लगायतका अन्य अस्पताल माथि नै गम्भिर प्रश्न चिन्ह खडा भयो । तर पनि यो खेल सोचे अनुरुप सफल हुन भने सकेन ।

चरक अस्पतालप्रति गुम्दै आमजनताको विश्वास : पोखराको नागढुङ्गामा रहेको चरक अस्पताल । जहाँ सांसदलाई वेपत्ता पारी फर्जी रिपोर्ट तयार पारेर कोरोना संक्रमित भयो भन्दै गायब पारियो । यस घटनाले यस अस्पतालप्रतिको विश्वास र भरोसामा निकै आँच आएको छ ।
यदि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कुनै जालझेल, षडयन्त्र वा बाहिर निस्कन पर्यो भने कोरोना नेगेटिभ वा पोजेटिभ जुन सुकैको रिपोर्ट पनि आधा घण्टा भित्रमा सरकारी निवासमा नै सजिलै पुग्ने व्यवस्था मिलाईएको उनका मतियारहरुका यस्तै हर्कतहरुले पुष्टि गरिरहेका छन् । सत्ता टिकाउनका लागि एकातिर फर्जी रिपोर्ट ल्याएर सांसद अपहरण गर्ने कार्यले गण्डकीवासी जनता सशंकित र भयवित भएका छन् । सांसद अपहरण गर्ने, मानिस कुटपिट गर्ने, धम्क्याउने र युवा शक्ति देखाएर तर्साउने पात्र महेश बस्नेत अनि अर्का गुन्डाका नाईके दीपक मनाङेको निर्लज्ज शरणमा पर्दा पनि मुख्यमन्त्री गुरुङलाई कुर्ची जोगाउन हम्मे हम्मे परिरहेको छ ।
अब, मुख्यमन्त्रीको निशानामा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी रहेका छन् । सभामुख अधिकारी माओवादी निकटका नेता पनि हुन् । । जुन कुराको आभाष भर्खरैं आएकी प्रदेश प्रमुख सीता पौडेलले दिईसकेकी छिन् । यस अघि माओवादीका प्रदेश प्रमुख अमिक शेरचनबाट यो खेल खेल्न असम्भव देखेपछि प्रदेश प्रमुख शेरचनलाई अपमानजनक ढंगले एकाएक हटाईएको छ ।
माथिबाट यति कामका लागि सेटिङ मिलाएर पठाईएकी प्रदेश प्रमुख सीता पौडेलको एकमात्र ध्येय र काम भनेकैं सभामुखलाई घेराबन्दी गर्ने र राजीनामा गर्न बाध्य पार्नु हो । यसका लागि प्रदेश प्रमुख पौडेलले एउटा पार्टीको प्रवक्ताका झैं आफ्नो मन्तव्य पहिलो दिनमा नै सार्वजनिक गरिसकेकी छिन् । विहानीको झुल्कोबाट दिनको अनुमान गर्न सकिए झैं नयाँ प्रदेश प्रमुखको भूमिका मूख्यमन्त्री गुरुङको ‘रवर स्ट्याम’ भन्दा फरक हुनेछैन ।
मुख्यमन्त्री गुरुङले सभामुख अधिकारीलाई हिजो मंगलबार बसेको सर्वदलीय बैठकमा समेत आफ्ना सांसद अनुपस्थित गराएर भएपनि सदन चल्न नदिने धम्की दिएर गएका थिए । उता, भर्खरैं आएकी नयाँ प्रदेश प्रमुख पौडेलले गण्डकीको सम्पूर्ण राजनीतिक घटनाक्रम, सरकार र संसदबीचको द्वन्द्वको कारक सभामुख नेत्रनाथ अधिकारी नै भएको टिप्पणी सार्वजनिक गरिसकेकी छिन् । अबको चलखेल गण्डकी प्रदेशका सभामुख अधिकारीको राजीनामा नैं केन्द्रित रहने निश्चित छ । अबको खेल प्रदेश प्रमुख सिता पौडेल फ्रन्ट लाईनमा देखिएर खेल्दैछिन् । मुख्यमन्त्री यतिबेला कोरोना संक्रमणको बाहनामा पर्दा पछाडि छन् । जब मुख्यमन्त्री गुरुङलाई बाहिर निस्कन पर्छ तब उनलाई कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट त्यो पनि आधा घण्टामा निजी ल्याब लाइफकेयर डाइग्नोस्टिक प्रयोगशाला पोखराले उपलब्ध गराउने सुनिश्चित छ ।
हेरौं, अबको चाल कस्तो चाल्छन् मूख्यमन्त्री गुरुङले ? ओलीपथ पछ्याउँदै आफ्नै बोलिको अडान नभएका मुख्यमन्त्री गुरुङ सत्तामा केही दिन टिके पनि उनलाई गण्डकीवासी जनताले हेर्ने नजर भने खस्किएको छ । अविश्वासको प्रस्तावमाथि डटेर सामना गर्छु भन्ने मुख्यमन्त्री गुरुङ कायरका झैं भागेर अनेकन् तिकडम र षडयन्त्रका तानाबाना बुन्नमा नै व्यस्त छन् । न त उनलाई कोरोना संक्रमणले आमजनतालाई पारेको समस्याको बारेमा बोध छ, न त जिम्मेवारी नै । खाली मिडियावाजीमा मात्रै रमाउने मुख्यमन्त्री गुरुङ जुन निडर छविका रुपमा आफूलाई देखाउन खोज्दथे, आज त्यो सबै स्खलित भएर बगिसकेको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल