News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

कोरोना संक्रमित एकजनाको मृत्यु, नयाँ १८ जना भेटिए

पोखरा ।  गण्डकी प्रदेशमा कोरोना संक्रमित अर्का व्यक्तिको पनि मृत्यु भएको छ । नवलपरासी जिल्ला, गैंडाकोट–७ का ५० वर्षीय पुरुषको हिजो विहान ९ः५६ बजे चितवन मेडिकल कलेज, चितवनको कोभिड आईसियुमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आज विहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार एकसय ५ पुगेको छ । भरतपुर अस्पताल चितवन र चितवन मेडिकल कलेज चितवनले गरेको परिक्षणका क्रममा गण्डकी प्रदेशमा १८ जना संक्रमितहरु देखिएका हुन् । ती सबै संक्रमितहरुलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।