News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

देशभरका ४१ जिल्लामा निषेधाज्ञा, जनजिवन अस्तव्यस्त

'आज विहानसम्म थप १० जिल्लामा गरी ४१ जिल्लामा निषेधाज्ञा जारी'

पोखरा । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण तीव्ररुपमा फैलिए पछि संक्रमणको ‘चेन ब्रेक’ गर्ने भन्दै आज विहानसम्म थप १० जिल्लामा गरी ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

केही जिल्लाहरुमा जोर–बिजोर प्रणाली कायम गर्दै यातायात सञ्चालन गरिए पनि अन्य जिल्लामा भने अत्यावश्यक बाहेकका सेवामा रोक लगाईएको छ । पुनः लकडाउनका कारण आमजनताको जनजीवन अस्तव्यस्त भएको छ । संक्रमणका कारण मानिसको मृत्यु संख्या बढेको छ भने अर्को तर्फ जनजीविकामा संकट देखा पर्न थालिसकेको छ ।

यतिबेला कास्की, स्याङ्जा, गोरखा, बागलुङ, कपिलवस्त, पाल्पा, गुल्मी, रुपन्देही, चितवन लगायतका जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएका अन्य जिल्लाहरुमा कञ्चनपुर, दाङ, कैलाली, पर्सा, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकम पश्चिम, डडेल्धुरा, मोरङ, झापा, प्युठान, काभ्रेपलाञ्चोक, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, बाँके, सुर्खेत, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् ।

डनन्यूज ट्रेन्डिङ