गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालले तन्किएर गुन्डा नाईके दिपक मनाङेलाई मन्त्री भएपछि सलाम ठोकिरहेको त्यो तस्विर हेरिरहेका नयाँ पुस्ताका मनमा के खेल्दो हो ? के लाग्दो हो ?”
यतिबेला गण्डकी प्रदेश एक अपराधिक पृष्ठभूमिका पात्रलाई मन्त्री बनाईएपछि चर्चामा छ । तर यो दुःखद घटना हो । तर नेपाली राजनीतिमा यतिबेला यो घटना सामान्य हुन थालेको छ । गुन्डाहरु प्रहरीदेखि डराउने, प्रहरी नेतादेखि डराउने स्थितिलाई राम्रोसँग बुझेकाहरुले राजनीतिलाई सुरक्षित थलो बनाईरहेका छन् । देशका कुख्यात गुन्डाहरुको नामावलीमा समावेश भईरहने नाम राजीव गुरुङ उर्फ दीपक मनाङे पनि एक हो । जसरी दिनेश अधिकारी ‘चरी’ र घैंटे इन्काउन्टरमा मारिए । त्यसरी नै यस्ता केही गुन्डाहरु छन् जसलाई इन्काउन्टर नगर्ने हो भने कारागारदेखि देशका सबै शहरहरुसम्म यिनीहरुको सञ्जाल यसरी नै चलि नै रहनेछ । हुन त, गुन्डा भन्दा पनि बढि डरलाग्दा नेताहरु देखिए । जसले गर्दा जनतामा वितृष्णा बढेको छ । बरु गुन्डा नै भनेर चिनिएको पात्र राजीव गुरुङ उर्फ दिपक मनाङे मन्त्री हुँदा समेत जनतालाई नौंलो र आश्चर्य लागेको छैन । कारण, नेताहरु गुन्डाहरु भन्दा पनि बढि खराब र गलत भएका कारण यो स्थिति आउन पुगेको हो ।
तर एउटा तथ्य बुझ्नु पर्छ, यिनीहरु अपराधजन्य गतिविधिका नाईकेहरु हुन् । आफूभन्दा जुनियर केटाहरुलाई प्रयोग गर्ने, उनीहरुलाई संरक्षण गर्ने र उनीहरुको जीवनयापनको लागि व्यवस्था मिलाई दिने काम यी नाईकेहरुले गर्दछन् । त्यसैले यदि अपराध र गुन्डागर्दीको सामूल अन्त्य वा सञ्जाल ध्वस्त बनाउनु छ भने नेपालका आधादर्जन गुन्डा नाईकेहरुलाई इन्काउन्टर गर्नैपर्छ ।
पोखरा कैं सन्दर्भमा भन्नुपर्दा यहाँका पुराना टोले गुन्डाहरु शिवजी गुरुङ उर्फ महेन्द्र भोटे नेकपा एमालेको युवा संगठनमा क्रियाशिल छन् त ललित गुरुङ काँग्रेसमा । गुन्डाहरुले राम्रोसँग बुझेको तथ्य के हो भने यदि राजनीतिक संरक्षण प्राप्त नहुने हो भने प्रहरीको इन्काउन्टरमा जति बेला पनि पर्न सकिन्छ । त्यसकारण गुन्डाहरुले नेताहरुलाई प्रयोग गर्ने प्रवृत्ति पछिल्लो समय बढिरहेको छ । चुनावका बेलामा नेताहरुलाई गुन्डा र चुल्ठेमुन्द्रे धेरै चाहिन्छ । कसैलाई थर्काउन होस् वा तर्साउन, बेला–बेलामा सबै राजनीतिक दलहरुले गुन्डाहरुको प्रयोग गरिरहेका हुन्छन् । त्यसकारण गुन्डाहरु र नेताहरुको सम्बन्ध यतिबेला नजिक देखिन्छ । हामीले देख्ने नेता र गुन्डाका नाईकेहरुले कसैलाई काटमार गरेको नदेख्न सकिन्छ प्रत्यक्ष रुपमा । तर एउटा तथ्य बुझ्नु पर्छ, यिनीहरु अपराधजन्य गतिविधिका नाईकेहरु हुन् । आफूभन्दा जुनियर केटाहरुलाई प्रयोग गर्ने, उनीहरुलाई संरक्षण गर्ने र उनीहरुको जीवनयापनको लागि व्यवस्था मिलाई दिने काम यी नाईकेहरुले गर्दछन् । त्यसैले यदि अपराध र गुन्डागर्दीको सामूल अन्त्य वा सञ्जाल ध्वस्त बनाउनु छ भने नेपालका आधादर्जन गुन्डा नाईकेहरुलाई इन्काउन्टर गर्नैपर्छ ।
पोखरामा पछिल्लो समय राजनीतिमा उदय भएका पात्रहरुको पृष्ठभूमि पनि डरलाग्दै देखिन्छ । विभिन्न व्यवसायको आडमा गुन्डा परिचालन गर्ने, तस्करी गर्ने र अकुत सम्पत्ति कमाएपछि राजनीतिमा छिर्नेहरुको लस्करै देख्न सकिन्छ । अकुत पैसा लुटिसकेपछि सुरक्षित हुने भनेकैं राजनीतिमा प्रवेश गरेर हो । यदि राजनीतिमा प्रवेश नगर्ने हो भने प्रहरीले जतिबेला चाह्यो उतिबेला इन्काउन्टर गर्न सक्छ । त्यसकारण केन्द्रमा शीर्ष नेताहरुलाई करोडौं बुझाएर दलको झण्डामूनी सुरक्षित भएर लुक्ने पछिल्लो प्रवृत्तिले प्रहरी पनि अलमलमा परिरहेको छ । एकातिर प्रहरीको पनि गुन्डाहरुसँग सम्बन्ध देखिन्छ । हरेक जिल्लाका प्रहरी प्रमुखहरु स्तर अनुसारका तस्कर, दलाल र गुन्डाहरुको आतिथ्यता स्वीकार गरेर मस्ती गरिरहेका घटनाहरु हाम्रा लागि सामान्य नै हुन् । एउटा सामान्य ईलाका, वडा, जिल्ला र प्रदेशका प्रहरी प्रमुखहरु पनि गुन्डाहरुको नजिक रमाईरहेका हामीले देखिरहेका छौं । प्रहरीका विरुद्धमा बोल्न जनताले नसकेका मात्र हुन् । यदि विरोध गर्ने हो भने झुटो वाहनामा फसाउने, गुन्डाहरु नै परिचालित गरेर आतंकित बनाउन सक्ने भएपछि जनता मौंन छन् । तर यस्ता प्रवृत्तिले समाजमा गुन्डाराजको जरा बलियो हुँदै गईरहेको छ । नयाँ पुस्ताले गुन्डागर्दीलाई कसरी बुझिरहेको छ वा नियालीरहेको छ यो विषयमा गम्भिरताका साथ सोच्नैपर्छ । गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालले तन्किएर गुन्डा नाईके दिपक मनाङेलाई मन्त्री भएपछि सलाम ठोकिरहेको त्यो तस्विर हेरिरहेका नयाँ पुस्ताका मनमा के खेल्दो हो ? के लाग्दो हो ? त्यसैले गुन्डाहरुले सुरक्षित ठानिरहेको राजनीतिबाट उनीहरुलाई समयमा नै अलग्याउन सकिएन भने मन्त्री, मुख्यमन्त्री हुँदै प्रधानमन्त्रीका रुपमा हामीले एकदिन यस्तै गुन्डाहरु वा अपराधिक पृष्ठभूमिका पात्रहरुलाई देख्न पर्नेछ ।