
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
नागरिक समाज भनेको के हो ? नागरिक समाजले जनताको पक्षबाट आवाज उठाएर मध्यस्थता गर्ने हो कि राज्यको प्रहरी प्रशासनको आडमा जनतामाथि नैं शक्ति प्रदर्शन गर्ने हो ? अब यो विषय बुझ्न र बुझाउन जरुरी भईसकेको छ । यदि नागरिक समाजको अगुवा वा नागरिक समाज भनिन्छ भने त्यस्तो संस्थाले नागरिकको मानव अधिकार हनन भएको विषयमा, जनतामाथि राज्यले गरेको दमनका विषयमा बोल्ने र आन्दोलन हाँक्ने हो । कुनै पनि नगरपालिकाका कारिन्दा वा नगरप्रहरीका झैं डोजर बोकेर लुख्रुलुख्रु जनताको लालपुर्जा भएको जमिन, घर, गेट र पिल्लरमा डोजर हान्न लगाउने होइन । यो सबै नागरिकले बुझ्न जरुरी छ । पोखरामा नागरिक समाज नामको कुनै पनि संस्था जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएकै छैन । अरुको आधिकारिकता खोज्ने नागरिक समाजका अभियन्ताहरु आफैं नै गलत कार्यमा संलग्न छन् । जुन संस्था दर्ता नै भएको छैन, त्यस्तो संस्थाको परिचयपत्र र लोगो बनाएर यिनीहरुले नागरिक समाजको नाममा गलत धन्दा गरिरहेका छन् । कसले घोषणा गर्यो यिनीहरुलाई नागरिक समाजको अगुवा भनेर ? के हो मापदण्ड ? कसरी चल्छ यिनीहरुको समूह ? अब यो विषय हरेक नागरिकले उठाउनु पर्ने समय आएको छ ? के हो यिनीहरुको आर्थिक श्रोत ? कुन दल, गिरोह र पात्रबाट परिचालित छन् यिनीहरु ? कसको ईशारामा काम गर्छन् यिनीहरुले ? यिनीहरुको काम गर्ने विधान र विधि के हो ? के यिनीहरुले कानुन पालना गर्न पर्दैन ? राज्यको नियम पालना गर्न पर्दैन ? संस्था दर्ता गर्न पर्दैन ? जे मन लाग्यो, त्यहीँ गर्दै हिड्ने छुट यिनीहरुलाई कसले दिएको छ ? अति नै भईसक्यो । अब नागरिक चुप लागेर बस्न हुँदैन । कहीँ पनि दर्ता नभएको, मनपरी अध्यक्ष र संयोजक तोक्दै हिड्ने ? कुनै पनि विधि र विधान नभएको यस्ता संस्थाका व्यक्तिले कसैका घरआँगन र जग्गामा गएर चर्को स्वरमा बोल्न पनि पाउँदैनन् । मध्यस्थता गर्न वा आवश्यक ठानिएका सन्दर्भमा कथित नागरिक समाजका अगुवा मात्र होइन जो कोही पनि छलफलमा सहभागी हुन सक्छ, नत्र त्यो बाहेक अरु हर्कत कानुनतः बर्जित छन् । यो सबै नागरिकहरुले बुझ्न जरुरी छ । जो आफूलाई नागरिक समाजको अगुवा भनेर नागरिकको विषयमा नभई प्रहरी प्रशासनको आडमा राज्यको प्रशासन हाँक्ने प्रशासकको रुपमा दम्भ देखाउँछ त्यस्तो प्रवृत्तिलाई ठाडै बहिष्कार गर्नुपर्दछ ।
फेवाताल अतिक्रमण गर्नेहरु जो शक्ति र पहुँचमा छन् तिनीहरुलाई न कानुनले केही गर्छ, न त कथित नागरिक समाजका अगुवा नै अघि सरेर बोल्न सक्छन् । पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको फेवाताल किनारको होटल वाटर फ्रन्टले सार्वजनिक जमिन मिचेर बनाएको संरचना हटाउनु भनेर सर्वोच्च अदालतले समेत फैसला गरेको धेरै भयो । न त पोखरा महानगरपालिका केही गर्न सक्छ, न त कथित नागरिक समाजका अगुवाको बोल्ने हिम्मत नै छ । फेवातालको किनारमा लालपुर्जा भएका जग्गाधनिका विषयमा अझै टुंगो लागेको छैन । उनीहरुको समस्या अझै जस्ताको तस्तै छ । ती नागरिकका पक्षमा आवाज उठाउनु पर्ने कथित नागरिक समाज, जहिले पनि शक्ति र प्रहरी प्रशासनको आडमा केही व्यक्तिहरुले सधैं जस्तो दादागिरी देखाउँदै आईरहेका छन् । कथित नागरिक समाजको दायित्व भनेको डोजर तेर्साएर प्रहरी प्रशासन बोकेर अरुको जग्गामा बनाईएको पर्खाल र गेट भत्काउँदै हिड्ने होइन । यो आमजनताले नबुझ्दा केही पात्रहरु सधैं जस्तो यस्तै विवादास्पद खेल खेलेर आनन्द लिइरहेका छन् ।

कथित नागरिक समाजका नाममा जहिले पनि डोजर र प्रहरी प्रशासन बोकेर उल्टै जनतामाथि नैं आतंक मच्चाउने काम गरेपछि स्थानीय जनताहरु विरोध गर्दै । कानुन अनुसार कोही कसैले पनि यस्तो हर्कत र दम्भ देखाउन पाउँदैन । यस्तो गलत प्रवृत्तिका विरुद्धमा पोखरामा विरोधको आवाज उठ्न थालिसकेको छ । तस्विर साभार
नागरिक समाजका अगुवा भनिनेहरुले मापदण्ड मिचेर संरचना बनाउँदा दिईएको उजुरीमा छलफल गर्न नमानेका उदाहरण हाम्रा सामु छन् । उनीहरुले मापदण्ड मिचेको उजुरी परेपछि नापजाँच गरौं भन्दा पटक्कै नमान्नेहरुलाई कुन नैतिकबलले यसरी अरुको निजी सम्पत्तिमाथि गैरकानुनी रुपमा धावा बोल्ने अधिकार छ ? अब यदि कोही नागरिक समाजको अगुवा भनेर आउँछ भने उमाथि परेको उजुरी र घटनाको छानबिन गर्न माग सबैले गर्नुपर्छ । अरु काम नपाएर खाली यस्तै विवादमा राज्यले गर्नुपर्ने काममा आफैं प्रशासक वा राज्यको अनुमति प्राप्त गरेको व्यक्ति झैं गरेर ठोकिन आउनेलाई अब जनताले सबक सिकाउन जरुरी छ । आफुले मापदण्ड मिच्दा हो कि होइन भनेर नापजाँच गर्न समेत नमान्ने, एक इञ्च जमिन पनि छोड्न नचाहनेहरु अरुको करोडौं मूल्य पर्ने जमिनमाथि डोजर चलाउने अधिकार कसले दियो ? अब जनता चुप लागेर यस्ता हर्कत सहनु हुँदैन । कथित नागरिक समाजका नाममा वितण्डा मच्चाएर आनन्द लिनेहरुलाई अब खेद्नैपर्छ, निरुत्साहित बनाउनै पर्छ । फेवातालको किनारमा व्यक्तिका नाममा रहेका जग्गाहरुका विषयमा अझै राज्यले टुंगो लगाईसकेको छैन । यस्तो विषयमा नागरिक समाजका नाममा डोजर र प्रहरी प्रशासन बोकेर दादागिरी देखाउनु गलत कार्य हो । बरु सक्छौं भने सर्वोच्च अदालतले नै फैसला गरेका विषयहरुमा जनप्रतिनिधि, प्रहरी प्रशासनलाई नागरिक समाजले खबरदारी गरोस् । तर आफैं कथित नागरिक समाजको अगुवा हुँ भन्दै अघि तम्सिएर दादागिरी देखाउने कामको भने अब अन्त्य हुन जरुरी छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति