काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बीचको भेटवार्ता सकिएको छ । मेरियट होटल काठमाडौंमा भएको भेटवार्ताका विषयमा केही पनि खुलाईएको छैन ।
एमाले भित्र देशव्यापी रुपमा नै समानान्तर कमिटी गठन गर्दै अध्यक्ष ओलीका निर्णयहरुको चर्को विरोध र चूनौंती दिने काम वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले गर्दै आईरहेका छन् । यस्तो आवस्थामा कारवाहीको धम्की दिदैं स्पष्टिकरण समेत मागेका अध्यक्ष ओलीसँग आज भएको भेटवार्तालाई विशेष रुपमा हेरिएको छ ।
प्रधानमन्त्री ओलीसँग करिब २ घण्टा वार्ता गरी होटलबाट नेता नेपाल पौने ७ बजे बाहिरिएका थिए ।