
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
७पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
काठमाडौं । कोभिड १९ को संक्रमणको अत्याधिक जोखिम बढेको भन्दै पुनः शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द भएका छन् । संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार सरकारले जोखिमको संभावना उच्च रहेका क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।
शैक्षिक संस्थाहरूले वैकल्पिक विधिबाट पठनपाठन गरेर निर्धारित समयमै परीक्षा भने सञ्चालन गर्नेछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्र र भारतीय सीमा जोडिएका सहरका शैक्षिक संस्था, विद्यालय, कलेजलगायतमा हुने भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीन जिल्लाका सबै र अन्य जिल्लामा उच्च जोखिम रहेका पालिकाका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । संक्रमणका आधारमा स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई उच्च जोखिममा राखी विद्यालयलगायतका क्षेत्रमा भिडभाड नगर्न आग्रह गरेको हो ।
काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई उच्च जोखिमको सूचीमा राखिएको छ । सरकारले विभिन्न जिल्लाका उच्च जोखिम भएका स्थानीय तह तोकेरै भौतिक कक्षा बन्द गरी भर्चुअल पठनपाठनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
काठमाडौं, भक्तपुर, ललितपुरका सबै स्थानीय तहका शैक्षिक संस्थामा भौतिक कक्षा बन्द गर्ने निर्णय भएको छ । त्यस्तै, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिकाका र इटहरी, धरान, जनकपुर, हेटौँडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगन्ज तथा धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्था पनि बन्द हुनेछन् ।
त्यस्तै, मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर र भीमदत्तनगर नगरपालिकामा रहेका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायतका शैक्षिक संस्थाहरूमा पनि वैकल्पिक विधिबाट सिकाइका गतिविधि गर्न सरकारले निर्देशन दिएको छ । सरकारले विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय पनि गरेको हो ।
शैक्षिक संस्थाहरु बन्द भएपनि पूर्व निर्धारित परीक्षा भने नरोकिने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले १३ जेठबाट लिने एसइई र २६ जेठदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । त्यसैगरी विश्वविद्यालयका परीक्षा सञ्चालन भइरहेका छन् ।
मन्त्रिपरिषद्का निर्णय
–सार्वजनिक स्थान र कार्यालयमा मास्क नलगाए १० रुपैयाँ जरिवाना
–एक ठाउँमा २५ जना बढी जम्मा हुन नपाइने
–होटेल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्रै खोल्न पाइने
–सार्वजनिक यातायातले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नपाउने
–आन्तरिक हवाई उडानमा मास्क र भाइजर अनिवार्य
–सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, क्लब, हेल्थ क्लब–जिमखाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार र दर्शकसहितको रंगशाला वैशाख मसान्तसम्मका लागि बन्द
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर