
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
काठमाडौं । कोभिड १९ को संक्रमणको अत्याधिक जोखिम बढेको भन्दै पुनः शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द भएका छन् । संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार सरकारले जोखिमको संभावना उच्च रहेका क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।
शैक्षिक संस्थाहरूले वैकल्पिक विधिबाट पठनपाठन गरेर निर्धारित समयमै परीक्षा भने सञ्चालन गर्नेछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्र र भारतीय सीमा जोडिएका सहरका शैक्षिक संस्था, विद्यालय, कलेजलगायतमा हुने भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीन जिल्लाका सबै र अन्य जिल्लामा उच्च जोखिम रहेका पालिकाका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । संक्रमणका आधारमा स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई उच्च जोखिममा राखी विद्यालयलगायतका क्षेत्रमा भिडभाड नगर्न आग्रह गरेको हो ।
काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई उच्च जोखिमको सूचीमा राखिएको छ । सरकारले विभिन्न जिल्लाका उच्च जोखिम भएका स्थानीय तह तोकेरै भौतिक कक्षा बन्द गरी भर्चुअल पठनपाठनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
काठमाडौं, भक्तपुर, ललितपुरका सबै स्थानीय तहका शैक्षिक संस्थामा भौतिक कक्षा बन्द गर्ने निर्णय भएको छ । त्यस्तै, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिकाका र इटहरी, धरान, जनकपुर, हेटौँडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगन्ज तथा धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्था पनि बन्द हुनेछन् ।
त्यस्तै, मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर र भीमदत्तनगर नगरपालिकामा रहेका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायतका शैक्षिक संस्थाहरूमा पनि वैकल्पिक विधिबाट सिकाइका गतिविधि गर्न सरकारले निर्देशन दिएको छ । सरकारले विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय पनि गरेको हो ।
शैक्षिक संस्थाहरु बन्द भएपनि पूर्व निर्धारित परीक्षा भने नरोकिने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले १३ जेठबाट लिने एसइई र २६ जेठदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । त्यसैगरी विश्वविद्यालयका परीक्षा सञ्चालन भइरहेका छन् ।
मन्त्रिपरिषद्का निर्णय
–सार्वजनिक स्थान र कार्यालयमा मास्क नलगाए १० रुपैयाँ जरिवाना
–एक ठाउँमा २५ जना बढी जम्मा हुन नपाइने
–होटेल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्रै खोल्न पाइने
–सार्वजनिक यातायातले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नपाउने
–आन्तरिक हवाई उडानमा मास्क र भाइजर अनिवार्य
–सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, क्लब, हेल्थ क्लब–जिमखाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार र दर्शकसहितको रंगशाला वैशाख मसान्तसम्मका लागि बन्द
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने