News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

दक्षिण एसियालीहरूमध्ये नेपालीहरू सबैभन्दा बढी खुशी

'विश्व खुशीयाली प्रतिवेदन–२०२१ मा नेपाल खुशी हुने देशको ८७ औं स्थानमा पर्न सफल'

काठमाडौं । दक्षिण एसियालीहरु मध्ये नेपालीहरु सबैभन्दा बढी खुशी देखिएका छन् । विश्व खुशीयाली प्रतिवेदन–२०२१ मा समेटिएका एकसय ४९ देशमध्ये नेपाल खुशी हुने देशको ८७ औं स्थानमा पर्न सफल भएको हो । गत वर्ष भन्दा नेपाल यस वर्ष पाँचस्थान माथि उक्लिएको छ ।|

शुक्रबार सार्वजनिक भएको प्रतिवेदन अनुसार माल्दिभ्स ८९, बंगलादेश १०१, पाकिस्तान १०५, श्रीलंका १२९ र भारत १३९औं स्थानमा छन् ।

अफगानिस्तान विश्वकै बेखुशी देशमा परेको छ । प्रतिवेदन अनुसार अफगानिस्तान सूचीको पुछार अर्थात् १४९औं नम्बरमा छ । फिनल्यान्ड विश्वमै सबैभन्दा खुशी हुने देशको पहिलो नम्बरमा छ ।

प्रतिक्रिया