News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कार्यकर्ता लडाउने भिडाउने काम हुन सक्छ भन्दै तयार रहन निर्देशन

'ओलीले भ्रम सिर्जना गरिरहेको भन्दै ओली प्रवृत्तिको देशैभर भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले कार्यकर्ता लडाउने भिडाउने काम हुन सक्छ भन्दै सबै कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन् । बुधबार आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले भने–‘ कार्यकर्ता लडाउन भिडाउने काम हुन सक्छ त्यसैले सबै तयार रहनुहोला ।’

पार्टीमा ओलीले भ्रम सिर्जना गरिरहेको आरोप लगाउँदै नेता नेपालले ओली प्रवृत्तिको देशैभर भण्डाफोर गर्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । नेता नेपालले भने–‘हामी पार्टीका सबै कमिटीमा बहुमतमा छौँ । त्यसैले ओलीले कमिटीको सामना गर्ने आँट गर्ने छैनन् । ओली प्रवृत्तिको देशैभर भण्डाफोर गर्नुस् ।’

प्रतिक्रिया