News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘प्रधानमन्त्रीविरुद्ध छिट्टै अविश्वासको प्रस्ताव दर्ता गछौं’

'अब कांग्रेसको नेतृत्वमा, माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्नेछ' : कांग्रेस महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सरकारका विरुद्ध छिट्टै अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् । महामन्त्री कोइरालाले भने–‘अब हप्ता दशदिन भित्रमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँछौं । केपी ओलीको विकल्प खोज्नैपर्छ ।’

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री कोइरालाले अब कांग्रेसको नेतृत्वमा, माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने पनि खुलासा गरे । महामन्त्री कोइरालाले भने–‘केपी ओली अवैधानिक, असंवैधानिक हुन्, किनभने उनले प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरता तिर धकेल्ने काम गरिसके ।’

प्रतिक्रिया