पोखरा । लेखनाथ नेपाल क्योकुशिन कान कराँते डोजोको १२ औँ स्थापना दिवस तथा वार्षिकोत्सव आइतबार विविध कार्यक्रमका साथ मनाईएको छ ।
वार्षिकोत्सव कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले खेलाडी राष्ट्रको गहना र अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउने एउटा सशक्त माध्यम भएको हुँदा खेलाडीहरुको उचित सम्मान र संरक्षणमा राज्यले विशेष ख्याल गर्नुपर्नेमा जोड दिए ।
आज भन्दा १२ वर्ष अघि लेखनाथ पावरहाउसमा नेपाल सिडो कराँतेको डोजोको रुपमा स्थापना भएको थियो । विभिन्न समयमा परिमार्जन हँुदै २०७५ सालबाट नेपाल नेपाल क्योकुशिन कान कराँतेको रुपमा लेखनाथमा हाल २ वटा डोजो सञ्चालनमा रहेका छन् ।
विभिन्न क्षेत्रीय र राष्ट्रिय पदक जितेका खेलाडीहरु लेखनाथबाट उत्पादन हुन सकेकोमा प्रशिक्षक सुवास खड्काले खुशी व्यक्त गरे । हाल लेखनथामा एकसय भन्दा बढि खेलाडी रहेका छन् । ती खेलाडीहरुले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट स्थान हासिल गर्न पनि सफल भईरहेका छन् ।