News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार स्वास्थ्य

पहिलोपटक ११ महिने बालकको कलेजो प्रत्यारोपण

'महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको हो'

काठमाडौं । शिक्षण अस्पतालमा पहिलोपटक ११ महिने बालकको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको थियो ।

शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जजन प्रा.डा.रमेश सिंह भण्डारीको नेतृत्वमा अस्पतालमा कलेजो प्रत्यारोपण शुरु गरिएको थियो । डा.भण्डारीका अनुसार अस्पतालमा यति सानो उमेरमा गरिएको प्रत्यारोपण पहिलो हो । ती बालकलाई आफ्नै ३५ वर्षका बुबाले कलेजो प्रदान गरेका थिए ।

काभ्रे घर भएका ती बालकको डेढ महिनादेखि प्रत्यारोपणको तयारी गरिएको थियो । प्रत्यारोपणमा सघाउनका लागि फोर्टिस अस्पताल भारतका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोली पनि आएको थियो । डा.भण्डारीका अनुसार उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको हो ।

त्रिवि शिक्षण अस्पतालमा मृगौंला र कलेजो प्रत्यारोपण हुने भएपछि कोरोना महामारीपछि झण्डै एकवर्षदेखि यी दुवै सेवा रोकिएको थियो । अहिले सेवा शुरु भए लगत्तै अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको यो पाँचौं घटना हो ।

डनन्यूज ट्रेन्डिङ