News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धर्म-सस्कृति प्रमुख समाचार

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी मोहिनीको निधन

'प्रमुख दादी हृदय मोहिनीको मुम्बईस्थित निजी अस्पतालमा ९३ वर्षको उमेरमा निधन, अन्त्येष्टि यही मार्च १३ तारिखमा'

जयपुर । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ ।

मुम्बईस्थित निजी अस्पतालमा ९३ वर्षको उमेरमा उहाँको बिहीबार निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पछिल्लो झण्डै १५ दिनदेखि मुम्बईमा उहाँको उपचार भइरहेको थियो ।

ईश्वरीय विश्वविद्यालयकी यसअघिकी प्रमुख दादी जानकीको झण्डै एक बर्ष अगाडि निधन भएपछि मोहिनीले प्रमुखको जिम्मेबारी सम्हाल्दै आउनु भएको थियो ।

उहाँको शव शुक्रबार माउन्ट आबु रोडमा रहेको ईश्वरीय विश्वविद्यालयको मुख्यालयमा राखिने भएको छ । त्यहाँ उहाँलाई अन्तिम श्रद्धाञ्जली दिइने अधिकारीहरूले जनाएका छन् ।

उहाँको अन्त्येष्टि भने श्रद्धाञ्जली दिएको भोलिपल्ट यही मार्च १३ तारिखमा मात्रै गरिने योजना बनाइएको छ ।  रासस/पीटीआई

प्रतिक्रिया