
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह)का नेता दीपक अधिकारीलगायतलाई स्वागत गर्दै उहाँले केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक भएको बताउनुभयो । शान्तिपूर्ण बाटोमा नेत्रविक्रम चन्द समूह पनि आएकामा प्रशन्नता व्यक्त गर्दै उहाँले भन्नुभयो, “मैले धेरै पहिल्यै भनेको थिएँ, उहाँहरू (चन्द समूह) शान्तिपूर्ण बाटोमा आउनुहुनेछ । उहाँहरू आउनुभएको छ । म उहाँहरूलाई यही पार्टीमा स्वागत गर्न आतुर छु ।”
पछिल्लोपटक प्रतिनिधिसभाको विघटनपछि देशभर आएको जनताको उभार, प्रतिगमनविरुद्ध जनताले देखाएको समर्थन तथा जनसभाले पनि आफूहरू नै वैधानिक र आधिकारिक रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालले खारेज गरेपछि नेपाली जनता विजयी भएको र त्यसले नयाँ आयाम थपेको स्पष्ट पार्नुभयो । पार्टीमा जोडिन आएका युवालाई उचित जिम्मेवारी दिने उल्लेख गर्दै उहाँले समाजवादी आन्दोलन अगाडि बढाउन ज्ञान र सीपले युक्त शक्ति नै जरुरी रहेको धारणा राख्नुभयो ।
“कम्युनिष्ट आन्दोलन वैज्ञानिक आन्दोलन हो र यसले विज्ञानसम्मत दृष्टिकोण र मान्यता राख्ने भएकाले गलत चिन्तनविरुद्ध सङ्घर्ष निरन्तर चल्छ”, उहाँले भन्नुभयो, “चन्द समूहबाट नेकपामा समाहित भएका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्दछु ।”
कार्यक्रममा नेकपाका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिलाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको बताउनुभयो । उहाँले पार्टीको नाम र चुनाव चिह्नको सङ्घर्ष जारी रहेको भए पनि आफूहरूले नै पाउने भएकाले त्यसमा कोही कसैले पनि कर्के नजर लगाउन जरुरी नभएको उल्लेख गर्नुभयो ।
चन्द समूह राजनीतिको मूलप्रवाहमा आए पनि कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा आउन बाँकी रहेकाले उहाँहरूलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो । आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम मौका दिएको भन्दै उहाँले राजीनामा दिएर नैतिकता देखाउन आग्रह गर्नुभयो । कार्यक्रममा चन्द समूहका नेता अधिकारीको नेतृत्वमा २५० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गरेका थिए ।