
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको बीचमा सम्पन्न सहमति र हस्ताक्षर समारोहमा उपस्थित वार्ता टोलीका कमरेडहरु, यहाँ उपस्थित सम्माननिय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष, सम्माननिय उपप्रधानमन्त्री तथा मन्त्रीहरु, माननीयहरु जीहरु ।
हाम्रो जनप्रिय पार्टीका केन्द्रीय समितिका सहयोद्धा कमरेडहरु । यो हस्ताक्षर समारोहलाई नजिकबाट स्पर्श गर्नका लागि, यो समारोहमा आफ्नो उत्साहपूर्ण सहमति दिनका लागि उपस्थित पत्रकार बन्धुहरु, सुरक्षा निकायलगायत, यो हलबाट बाहिर उपस्थित सबै मित्र र जनसमुदायमा हाम्रो पार्टीको तर्फबाट न्यानो लालसलाम व्यक्त गर्न चाहन्छु ।
आदरणीय र यहाँ सहभागी मित्रहरु १ यो एउटा नयाँ दिन, नेपाली राजनीतिको, नेपाली राजनीतिक आन्दोलनको यो एउटा नयाँ दिन, जो हाम्रो अगाडि उपस्थित छ । यसलाई सफल पार्नका लागि यो ३ बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र यो सहमतिपत्र तयार पार्न सफल वार्ता टोलीका मित्रहरु र कमरेडहरुलाई म हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु ।
सँगसँगै यो पहल गर्ने हाम्रो पार्टी र नेपाल सरकार, साथसाथै जिम्मेवार नेतृत्वगण र, यसलाई सफलतातर्फ अग्रसर गराउनका लागि धेरै क्षेत्रबाट भूमिका पूरा गर्ने कानूनविद्, राजनीतिकर्मीहरु, पत्रकार बन्धुहरु, साहित्यकार, बुद्धिजीवि, कलाकारहरु, सुरक्षा निकाय सेना प्रहरीका मित्रहरु । विभिन्न क्षेत्रमा भूमिका पूरा गर्ने हाम्रा कम्युनिष्ट पार्टीका कमरेडहरु, विभिन्न तरिकाले हामीसँग आबद्ध भएर नजिकबाट सुझाव दिने मित्रहरु सबैलाई म यो अवसरमा सम्मान गर्न चाहन्छु ।
किनकी, यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्रै कुरा होइन । यो सहमति केवल पार्टीको मात्रै र केही नेताहरुको मात्रै कुरा होइन । यो सहमतिभित्र हाम्रो लुकेको एउटा महान् आकांक्षा छ– नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधिन र सुन्दर देश बनाउने हाम्रो सपना यो भित्र छ ।
यो भित्र देशमा दीर्घ शान्ति, स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको सपना र नेपालका युवाहरुमा हुर्किएको एउटा समृद्ध जीवनको चाहना रहेको छ । यसलाई पूरा गर्नका लागि हामीले जसरी सम्पूर्ण क्षेत्रबाट सकारात्मक सहयोग पायौं, त्यसमा खुसी छौं र धन्यवाद् दिन चाहन्छौं ।
अध्याँरो परिवेशमा उज्यालोको सपना देखेर झापाको सुखानीको जंगलमा हाम्रा पाँचजना अग्रजहरुले रगत दिएका थिए । उनीहरुले आफ्नो जीवनलाई नेपाली जनता र नेपालका लागि सहर्ष समर्पित गरेका थिए । उहाँहरुले नेपाली जनताको सुखद् भविष्यका निम्ति आफ्नो जीवन दिनुभएको थियो । त्योसँग जोडिएको यो दिन, जसलाई हामी सहिद सप्ताह भनेर मनाउने गर्छौं । जनयुद्धमा फागुन १४ मा बलिदानी गर्ने दिलबहादुर रम्तेल र झापाको जंगलमा झुन्डिन र गोली खान तयार पाँचजना अग्रजहरुको सहित जोडेर नेपाली परिवर्तनकारी सहिदहरुको स्मृतिमा हामी सहिद सप्ताह मनाउने गर्छौं ।
एउटा संयोग पनि आजै प¥यो– हामी एउटा गाउँमा बस्दै गर्दा हामीलाई सहिदकी आमाले टीका लगाइदिनुभयो र उहाँले भन्नुभयो, आजसम्म धेरैका सपना पूरा भए तर, सहिदको चाहना पूरा भइसकेको छैन । नेपालका जनताको चाहना पूरा भएको छैन । हामी दुःखगरी खाने नेपालीहरुको चाहना पूरा भएको छैन । त्यसैले तपाईहरु त्यहाँ हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला ।
हामीलाई उहाँको कुरा सुन्दा हामीले भन्नुपर्ने हुन्छ, हामीभित्र एउटा भावना उम्लिने गर्छ, जुन उद्देश्य लिएर हामी कम्युनिष्ट आन्दोलनमा होमियौं, हाम्रा अग्रजहरु होमिनुभयो । दुःख, नपाउने कम्युनिष्ट नेता छैन । मृत्युको नजिक नपुगेर फर्केको नेता पनि छैन । सबैभन्दा कठिन परिस्थिति र कठिन समय नझेलेको हामीसँग एउटा पनि नेता छैन ।
त्यसैले यो अवसरमा हामी सबै आदरणीय सहिदहरुलाई सम्मान गरौं । सहिद परिवारहरुलाई जानकारी गराऔं कि हामी जे सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं, हाम्रो जीवनलाई बलिदान गर्छौं, तर सहिदका सपना मर्न दिदैंनौं ।
हाम्रो त्योे एउटा प्रतिवद्धता छ मित्र, त्यो लिएर म तपाईहरुको बीचमा उभिएको छु । बेपत्ता र घाइतेको कुरा गर्नुस्, परिवर्तनको आन्दोलनमा घाइते भएर बसेका योद्धाहरुको कुरा गर्नुस् । हामीले सबैलाई सम्झनुपर्छ र सम्मान गर्नुपर्छ र, उनीहरुका चाहनालाई पूरा गर्ने प्रतिवद्धता गर्नुपर्छ ।
अहिले पनि हाम्रा डेढ सयभन्दा धेरै कमरेडहरु जेलमा हुनुहुन्छ । छुट्नु पनि भएको छ । कमरेड ओम चन्द छुटेर अहिले यहाँ आउनु भएको छ । उहाँलाई म यहीँबाट स्वागत गर्न चाहन्छु । हाम्रा धेरै साथीहरु छुट्नुहुनेछ भन्ने मलाई विश्वास छ, यो वातावरण बनेको छ । यसका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी हामी दुवैले एउटा जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ ।
समाजमा चारथरी मानिसहरु देखिन्छन् । एकथरी शोषक र उत्पीडक छन् । अर्कोथरी, श्रमिक र उत्पीडित भए पनि बोल्न सक्दैनन् । तेस्रोथरी अलि अलि गुनगुन त गर्छन्, गुनासो त राख्छन् तर उठ्न र जाग्न सक्दैनन् । तर हामी कम्युनिष्ट जतिबेला आफ्ना मान्यताहरुमा घात भएको, आफ्नो देशमाथि अतिक्रमण वा हस्तक्षेप भएको महसुस हुन्छ, हाम्रो देशमाथि कसैले अलिकति गिद्धे दृष्टि लगाउँदा हामी विद्रोह गर्छौं ।
हामी विद्रोह गर्ने मान्छेहरु हौं र विद्रोह गर्दै अहिले यहाँसम्म आएका छौं । तर कम्युनिष्टहरु विद्रोहमात्रै गर्दैनन् । जब परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको अवस्था कम्युनिष्टहरु भनेका शान्तिका दूत पनि हुन् । विद्रोहका योद्धामात्रै होइनन्, शान्तिका दूत पनि हुन्, यो संसारमा कोही छ भने कम्युनिष्ट नै छन् ।
सम्पूर्ण उत्पीडितलाई मिल्काएर न्यायपूर्ण समाज स्थापना गर्ने विचार, दृष्टिकोण र आकांक्षा कम्युनिष्ट आन्दोलनसँग छ । त्यसैले त्यो आकांक्षासहित हामीले संघर्ष गरेका छौं र आजको परिवेश बदलिएपछि हामीले ३ बुँदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ भनेका छौं । यसलाई हामी पालना गर्छौं । यहाँ कसैले कहीँबाट पनि आशंका र विभिन्न ढंगले यसलाई उत्तेजनक वा अर्को ढंगले कुतर्क गर्न जरुरी छैन ।
हामी प्रतिवद्ध छौं । हामी यसलाई पालना गर्छौं । हामीलाई के लागेको छ भने नेपाली समाज रुपान्तरणको प्रक्रियामा अघि बढिरहेको छ । लामो यो प्रक्रियामा आउँदा हामीले देखेका छौं कि राज्यको रुपान्तरण, सामाजिक रुपान्तरण र जीवनको रुपान्तरण पुगेको छैन ।
हामी यसबारे पहिलो पनि कुरा गथ्र्यौं । कर्णालीतिर एउटा गीत गाइन्छ – योे कस्तो प्रेम भयो, जुनको र घामको जस्तो, कहिले भेट नहुने’ भनेजस्तो ।
जुन र घामको भेट हुँदैन भनेर देउडामा गाइन्थ्यो । हामी त्यस्तै हुन लागेकोजस्तो पनि मानिसहरुले अनुमान गर्थे, तर जुन र घामको पनि भेट हुन्छ ।
यो अगाडि पनि हाम्रो कुरा भएको थियो । मैले इमानदारीपूर्वक प्रधानमन्त्रीसँग आफ्ना कुरा राखेको थिएँ । तपाईहरुले नेतृत्व गर्नुस्, हामी कसैलाई पीडा दिएर होइन, कसैको भाग खोसेर होइन, कसैमाथि हमला गरेर होइन, हामी नेपाली जनताको श्रममाथि उभिएर आफ्नो देश बनाउन चाहन्छौं । हामी बनाउँछौं । त्यो बनाउने नेतृत्व हामी गरौं ।
हाम्रो छलफल चलेको थियो । आज हामी नयाँ परिवेशबाट आएका छौं । नेपाली समाजको रुपान्तरण हुँदै आएको छ, हामी मान्छौं । ०७ सालदेखि अहिलेसम्म खण्ड खण्डमा नेपाली समाजको रुपान्तरण भइरहेको छ । तर त्यो पूर्ण भएको छैन ।
आज पनि नेपालका मजदूरहरुको स्थान कमजोर छ, आज पनि किसानहरुको स्थिति बेहाल छ, आज पनि दलित, महिला, जनजाति, मधेसी अथवा उत्पीडित समुदायहरु सन्तुष्ट छैन । हामी त्यो देख्छौं । त्यो परिवेशमा हाम्रो भनाइ, जनताको प्रतिनिधि अथवा श्रमजीवी वर्गको प्रतिनिधि हुनुको आधारले जहाँ जहाँ हाम्रो असहमति रह्यो, त्यो हामीले दृढतापूर्वक राख्यौं ।
संविधान बन्दाको प्रक्रिया भन्नुस् वा नेपालमा ब्याख्या गरिएको संसदीय व्यवस्था वा पुँजीवादी बहुदलीय व्यवस्थाको व्याख्या भयो, त्यसमा हामी सहमत छैनौं । अहिलेको सरकारसँगको कुरा होइन यो । हामी यो पूर्ण नेपालको रुपान्तरणको प्रक्रियामा जे–जति छलफल र बहसहरु भए, त्यसमा हामी सहमत हुन सकेनौं, भएनौं र हामीले आफ्नो तर्फबाट एउटा विद्रोह ग¥यौं ।
हामी अगाडि बढ्यौं । हाम्रो भनाइ छ, नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने अवस्था छैन । सबै नेताहरुलाई, सबै पार्टीहरुलाई, सबै जनतालाई आफ्नो जीवनमाथि आफैं हावी भएको, आफैंले नेतृत्व गरेजस्तो अनूभूति भइरहेको छैन । अहिलेकै भन्नुस् वा जहिलेकै हरेक घटनाक्रममा एउटा ठूलो तरंग नेपाली जनताको बीचमा छ, सायद तपाईहरु सबैले बुझिसक्नु भएको छ, हामी त एउटा झुपडीभित्र बसेर आयौं । झुपडीमा पनि त्यो छ, शहरमा पनि छ, गाउँमा पनि छ । मेरो विचारमा अन्तर्राष्ट्रमा पनि छ । नेपालको युवा जहाँ जहाँ बेचिएको छ, वा फालिएको छ । सडकमा पुगेको छ वा मजदूरमा परिणत भएको छ, त्यहाँ पनि नेपालीको अनूभूति छ । एकचोटी देश फर्केपछि फेरि आउन नपरोस् भन्ने चाहना हामी त्यहाँ पाउछौं । यसको अर्थ हामी के चाहन्छौं भने एकचोटी जसरी हामी प्रयोग गर्दै आएका छौं, यो प्रयोग ठिक होला । तर, नयाँ प्रयोग नेपाली इतिहासमा आवश्यक बन्दै गएको छ । हामीले भनेका छौं, जनमत, सार्वभौम सम्पन्न जनता, जनतालाई एकचोटी नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ ।
के चाहन्छन् जनताले रु के यो दलाल पुँजीवादीहरुको चक्रमा सधैं घुम्नुपर्ने नेपाली जनताको नियति हो । के नेपाली जनताले कहिले पनि स्वतन्त्रतापूर्वक स्टेप चाल्न नपाउने रु कहिलेकाँही राज्यले चाल्दाखेरी पनि नहुने परिस्थिति छ, बन्यो नि रु यो त हामीले छर्लङ्ग देखेका छौं । जनताले त सोच्न पाउने ठाँउ नै छैन, कसैले पनि नेपालको बारेमा नजिकबाट अपनत्व ठानेर निर्णय गर्छु भन्दा नपाउने स्थिति जो नेपालमा बनेको छ, यो स्थितिलाई अन्त्य गर्न नेपाली जनतालाई एकचोटी त्यो अधिकार प्रयोग गर्न दिनुपर्छ । अहिले पनि हाम्रो त्यो दृष्टिकोण छ । नेता, दल सबैलाई हामीले चुन्यौं, आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यको बारेमा जनमत दिने, फैसला दिने अधिकार जनताले पाउनुपर्छ ।
हामी यहाँबाट हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छौं, हामी तयार छौं । युद्धको अन्त्य विश्वमा कसैले गर्छ भने कम्युनिष्टले मात्रै गर्छ । कम्युनिष्ट जुन दिन विजयी हुनेछ संसारमा, हतियार र युद्धको अन्त्य हुनेछ । हाम्रो त्यो विश्वास छ ।
हामीले एकचोटी नेपाली जनतामा त्यो आँट गर्नुपर्छ । यसको अर्थ हामी उत्ताउलो तरिकाले जाउँ भन्ने पनि होइन । तर यसबारे गम्भीरपूर्वक छलफल गर्नैपर्ने हुन्छ । घुम्दै फिर्दै रुम्झाटार पु¥याउने र रुम्जाटार पु¥याएर घोडामा चढ्ने जो खाले परिस्थिति नेपाली राजनीतिमा देखिन खोज्यो, यसलाई हामीले बदल्न अग्रगामी हुनुपर्छ ।
हामी खुला हुनुपर्छ । हामी खुला भएका छौं । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी हामी हातेमालो गरेर अघि बढ्न तयार छौं, तर हामी यहीँ पनि भन्छौं– कसैले हामीलाई हमला ग¥यो भने, कोही विदेशीले हामीलाई हेप्न खोज्यो भने हाम्रो जीवन यो धर्तीमा गाडिन्छ, तर हामी झुक्ने वा सम्झौता गर्नेछैनौं । हाम्रो यो प्रतिवद्धता छ । त्यसैले आदरणीय कमरेडहरु, मान्यजनहरु, मित्रहरु सबैलाई विनम्रतापूवर्क आग्रह गर्न चाहन्छु, जुन अवसर आज हामीलाई प्राप्त भएको छ यसलाई नेपाली जनता, नेपाल राष्ट्रको हितमा सार्थक पारौं । उहाँहरुको स्वर्णिम भविष्यका निम्ति सफल पारौं, अवश्य पनि हामी सफल हुनेछौं । हाम्रो पार्टीका तर्फबाट त्यसलाई पालना गर्ने कुरा सबैलाई आश्वस्त पार्दै आफ्ना कुरा टुंग्याउँछु ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार