News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

सरकार र प्रतिबन्धित नेकपाबीच वार्ता

'प्रतिबन्ध फुकुवा, जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने लगायत सर्त'

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटी बीचको पहिलो चरणको वार्ता आज सकिएको छ । आजको बसेको वार्तामा आगामी बिहीबार बस्ने वार्ताको ढाँचाका बारेमा छलफल भएको थियो ।

सरकारी पक्षका वार्ता टोली सदस्य डा.राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन् । आज भएको वार्तामा गृहमन्त्री रामबहादुर थापा, डा. राजन भट्टराई र प्रतिबन्धित नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदय चलाउने वार्तामा बसेका थिए ।

नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका प्रतिबन्धित नेकपाका नेता/कार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिने भएको छ । प्रतिबन्धित नेकपाले पार्टीमाथि लगाईएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने लगायत सर्त अघि सारेको छ ।

यता, सरकारले अघि सारेको वैधानिक तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्ने विषयमा भने दुई पक्षबीच सहमति हुन सकेको छैन । यस विषयमा वैधानिकभन्दा पुरानै संसद, यो संविधानलाई मान्नुपर्ने हुँदा वैधानिक शब्द हटाएर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्नेमा सहमति भएको तर यस विषयमा औपचारिक जानकारी बाहिर भने आएको छैन ।

डनन्यूज ट्रेन्डिङ