
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
काठमाडौँ । योगी नरहरिनाथले अनेकौँ सङ्घर्ष गरेर नेपालको धर्म, संस्कृति, शिक्षा तथा राजनीतिमा मौलिकता प्रवद्र्धनका लागि पहल गर्नुभएकाले उहाँको योगदान भावी पुस्तासम्म लगिनुपर्नेमा जोड दिइएको छ ।
जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा १०७औँ योगी नरहरिनाथ जयन्तीका अवसरमा युगनिर्माण महिला समाजले आज गरेको कार्यक्रममा नेपालको पुनःजागरणका संवाहक योगी नरहरिनाथले पु¥याउनु भएको योगदानका बारेमा स्मरण गरिएको थियो ।
जरो किलो महाअभियानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले कालीकोट जिल्लामा जन्मनु भएका योगी नरहरिनाथलगायत नेपालको पुनर्जागरणको चेतना भएका अग्रजले शुरु गर्नुभएको परिकल्पनालाई निष्कर्षमा पु¥याउन जरो किलो महाअभियानको स्थापना भएको बताउनुभयो ।
योगी नरहरिनाथसहित पृथ्वीनारायण शाह, मोतीराम भट्ट, शुक्रराज शास्त्री, लक्ष्मीप्रसाद देवकोटा, स्वामी विशुद्धदेव, नयराज पन्त, सिद्धिचरण श्रेष्ठलगायतका अन्य धेरै महान् आत्माको चिन्तनको जगमा रहेर गरिएको अनुसन्धान, अनुष्ठान र साधनाको फल स्वरुप सहृदयता दर्शन, आधारशिला चतुष्टय, राज्यराष्ट्र सिद्धान्त र स्थितिगत्यात्मक प्रगतिवादको निर्माण भएको जरो किलो महाअभियानले जनाएको छ ।
सहृदयता समाज नेपालका अध्यक्ष बलराम प्रजापति, सनातन धर्म महासङ्घका महासचिव अभिषेक जोशी, प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीरामप्रसाद पोखरेलले नेपालमा शिक्षा प्रणालीमा खोट रहेको कारण विदेशी विचारक तथा अभियन्तालाई मात्र मान्ने र पुज्ने तर आफ्ना महान् गुरुहरुलाई उपेक्षा गर्ने नागरिक तयार भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
मातृभाषामा शिक्षा दिएर नेपालको मौलिक विविधताको संरक्षण र प्रवद्र्धनमा योगीजीले जोड दिनुभएको उहाँहरुको भनाइ थियो । महिला समाज सदस्य सुनिता डाँगीले मौलिक ज्ञान परम्पराको उजागर गरी लैङ्गिक समानताको लागि योगी नरहरिनाथले दिनुभएको मार्गदर्शन मननीय भएको बताउनुभयो ।
मौलिक जरो किलो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलले योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दिव्यउपदेश प्रकाशन गरेर जनजनमा राष्ट्रिय एकताको सन्देश पु¥याउनुभएको स्मरण गर्नुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो