
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
८ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
वासुदेव पौडेल र कृष्ण दवाडी
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताउनुभयो ।
विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, जनतालाई सेवासुविधा सहज र सुलभ ढङ्गले अत्यधिकमात्रामा पु¥याउँदै जनताका मौलिक हकको कार्यान्वयनको उद्देश्य लिइएको उहाँले बताउनुभयो । “तीनवर्षे समयावधिमा विकासनिर्माणका धेरै कामले गति लिएको छ, यस अवधिमा परिवर्तित संरचनानुसार पूर्वाधार विकास एवं कानून निर्माणका काम अघि बढेको तथा शक्तिको बाँडफाँट समुचितरुपमा गर्दै संविधानसँग बाझिएका कानूनलाई संशोधन गरी नयाँ संविधान एवं कानूनअनुसार समयानुकूल बनाइएको छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले ‘म खाऊँ मै लाऊँ’ भन्ने भावना त्याग्दै दृढताका साथ राष्ट्र निर्माणका अभियानमा जुट्न सबैमा आग्रह गर्नुभयो । सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्नका लागि सुशासन र विकासको बाटालाई अघि बढाइएको तथा शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा विकास बढेको बताउनुभयो ।
दुई छिमेकी मुलुक भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशले पर्यटनसहित कृषिका धेरै सम्भावना बोकेको बताउँदै प्रधानमन्त्रीले यहाँका कास्कीसहित तनहुँ, स्याङ्जालगायत जिल्ला कृषिको आधुनिकीकरणमा नमूनाउन्मुख बनेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “ फेवातालमा माछापुच्छ«े प्रतिविम्बित हुने मात्र हैन, यहाँ धेरै कुरा प्रतिविम्बित हुन्छन्, हाम्रा भविष्यका सपना प्रतिविम्बित हुन्छन् ।”
सरकारले सबै नागरिकलाई पुग्ने गरी खोप ल्याउन लागेको तथा त्यसलाई सबैमा पु¥याइने विश्वास व्यक्त गर्नुभयो । “हामी गरीब छौँ तर मनका धनी छौँ, कोभिडविरुद्ध सफलता प्राप्त गर्ने विश्वका एक प्रतिशत देशभित्र हामी पनि परेका छौँ”, उहाँले भन्नुभयो, “हामीले आराम कम, थकाइ कम र काम बढी गरेका छौँ ।”
संयुक्त राष्ट्र सङ्घले नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा सिफारिश गरेको बताउँदै उहाँले अन्य सूचकाङ्कमा पनि नेपाल अघि रहेको र सन् २०३० अघि नै दिगो विकासको लक्ष्य हासिल गरिने दृढता व्यक्त गर्नुभयो ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार समग्र प्रदेशको समृद्धि र विकासको लक्ष्यका साथ अघि बढिरहेको बताउनुभयो भने भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले तीनवर्षे अवधिमा विकासका जग निर्माण भएको तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने सन्दर्भमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना गरिएको जानकारी दिनुभयो । प्रतिष्ठानको रु ३३ करोड २१ लाख ५५ हजार लागतमा चार हजार ९६४ वर्गमिटर क्षेत्रफलमा सुविधासम्पन्न र अत्याधुनिक चारतले भवन निर्माण गर्न लागिएको हो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’