
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
वासुदेव पौडेल
गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारालगायतका संरचनाका कारण यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको छ । कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेलिरहेका माछाले जस्तासुकै तनावमा रहेको मानिसको पनि मन शान्त तथा आनन्दित बनाउनु यहाँको विशिष्टता हो । मनले चिताएको पुग्ने जनविश्वासका कारण यसको गरिमा र महत्व अझै बढ्दै गएको आँबुखैरेनी गाउँपालिका–१ का वडा अध्यक्ष किसन थापाले बताउनुभयो ।
पछिल्ला वर्षमा पर्यटकको बढ्दो आकर्षणसँगै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ आफूहरू सक्रियताका साथ लागेको उहाँले बताउनुभयो । पर्यटक लक्षित गरी स्थानीय युवाले पनि होटेल व्यवसायमा लगानी बढाउन शुरु गरेका छन् । “आँधिमूल पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ, हामीले ओझेलमा पर्दै गएका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार गर्दै यसको विकासका लागि काम अघि बढाएका छौँ”, वडाध्यक्ष थापाले भन्नुभयो । पछिल्ला वर्षमा स्थानीय तहका साथै गण्डकी प्रदेशले पनि यसको विकासलाई चासो दिएको छ ।
आँधिमूलमा तनहँु, कास्की, गोरखा, लमजुङलगायत आसपासका जिल्लाका साथै देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको मन्दिरका पुजारी युवराज मास्के मगरले जानकारी दिनुभयो । यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पनि दर्शनार्थीको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ । मन्दिरको उत्पत्ति सम्बन्धमा विभिन्न रोचक तथ्य रहेको बताउँदै उहाँले एक किंवदन्तीअनुसार परापूर्व कालमा एक जना बज्यै र उहाँकी नातिनी गाई चराउन यस ठाउँमा आएछन् । नातिनीलाई प्यास लागेछ । पानी खोज्दै जाँदा यहाँ छिपछिप पानी भेटिएछ र प्यास मेटिछन् । मगर भाषामा आँ भनेको प्यासअर्थात् तिर्खा र डि भनेको पानी भनिने भएको भएकाले तिर्खा मेटाउने पानी रहेको स्थानका कारण यसको नाम आँडिमूल भएको र पछि अपभ्रंस भई आँधिमूल भन्ने गरिएको तर्क छ ।
यसको वास्तविक पहिचान आँडिमूल भएकाले आगामी दिनमा ठाउँको नाम आँडिमूल नै भन्नुपर्ने स्थानीयवासी बताउँछन् । त्यस्तै अर्को किंवदन्तीअनुसार परापूर्वकालमा मावली भेट्न आउदै गरेकी चेलीबीच बाटोमा पर्ने जङ्गलको बिचमा आइपुग्दा ठूलो आँधिबेहरी आएछ । आँधिबाट जोगिन यस स्थानमा रहेको चापको रुखको फेदमा रहेको ओडारमा ओत लाग्न पुग्दा त्यही अलप भइछन् । पछि सपनामा आफन्तलाई रुखको फेदमा आँधिमूल बाराही रहेको र त्यहाँ नित्य नसके पनि पूर्णिमाको दिन धुप दीप गरी पूजाअर्चना गर्नु भन्ने आदेश भएछ । सो स्थानमा उत्खनन गर्दा शिला (बाराही) उत्पन्न भएपछि सोही रुखको फेदबाट निस्किएको पानीको मूललाई पोखरीको रुपमा परिणत गरियो । सोही समयबाट आँधिमूल बाराही र पोखरीमा उत्पन्न भएका माछा (मत्स्य अवतार)लाई यहाँका बासिन्दाले पुज्दै आएको जनविश्वास छ । पोखरी नजिकैको वनलाई संरक्षित वनको रुपमा संरक्षण गर्नुपर्ने, पोखरी रहेको माछालाई हुचिल र सर्पबाट जोगाउनु पर्ने, केटाकेटी र वस्तुभाउबाट जोगाउनु पर्ने, माछालाई चाराको व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने तथा मन्दिर क्षेत्रमा बढ्दै गएको फोहोरमैला उचित व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
दर्शनार्थीले विभिन्न कामना गर्दै यहाँ आएर परेवा उडाउने, बोका तथा कुखुराको बलि दिने गर्दछन् । पछिल्ला दिनमा आँधिमूल बाराही देवीको पूजा तथा दर्शन गर्न आउँछन् भने कतिपय अवलोकन भ्रमणका लागि आउने गरेका छन् । स्थानीय तहका साथै प्रदेशबाट पनि आँधिमूलको प्रवद्र्धन र विकासमा चासो दिएसँगै आगामी दिनमा यहाँको थप विकास हुने आशा जगाएको स्थानीवासीले बताए । नेपाल सरकारले देशभरबाट १०० पर्यटकीय गन्तव्य सार्वजनिक गरेपछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको थियो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाबाट प्रत्येक जिल्लाका १०÷१० पर्यटकीय गन्तव्यको पहिचान गर्दै पर्यटन प्रवद्र्धन हुने गरी पर्यटनको पूर्वाधार विकासमा बजेटसमेत विनियोजन गर्दै आएको छ । प्रदेश सरकारले तनहुँ जिल्लामा आँधिमूल बाराहीसहित बन्दीपुर, देवघाटधाम, ढोरबाराही, छाब्दी बराही, व्यास गुफा, घाँसी कुवा, तनहुँसुर कालिका तथा दरवार क्षेत्र, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर, बूढी देवता मन्दिर र र्मिलुङकोटलाई पर्यटकीय गन्तव्य घोषणा गरेको छ ।
यस क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश एवं स्थानीय तहको सहकार्यमा रु १५ लाख विनियोजन गरी तारबारलगायतका काम गरिएको आँबुखैरेनी गाउँपालिकाका उपप्रमुख पुष्पादेवी श्रेष्ठले जानकारी दिनुभयो । यस क्षेत्रको संरक्षण र विकासका लागि आँधिमूल युवा क्लबका साथै यहाँको आँधिमूल महिला समूहले पनि उत्तिकै चासो दिएको छ । आँधिमूल महिला समूहले विसं २०५४ मा यहाँस्थित पानीको कुण्डभित्र शिवलिङ्ग स्थापना गरेको समूहकी संस्थापकसमेत रहनुभएकी उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
पृथ्वी राजमार्गको सत्रसयदेखि आँधिमूलसम्मको मार्गलाई कालोपत्रे गर्ने तयारीका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरिएको छ । जङ्गलको खोचमा अवस्थित यस तीर्थस्थलमा पर्यटक सवारी साधनबाट सहजै पुग्न सक्दछन् । हिँड्न रुचि राख्ने पर्यटक आधा घण्टाको पैदलमार्ग हुँदै पुग्न सक्ने स्थानीयवासी गाउँकार्यपालिका सदस्य सरस्वती अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्ला वर्षमा विशेषतः सार्वजनिक बिदाको दिनमा मानिस यस स्थानमा घुम्न र वनभोजका लागि पर्यटक आउने गरेका छन् । यहाँको मनोरम दृश्यले आन्तरिक एवं बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ ।
प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधिमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।
प्राकृतिक एवं सांस्कृतिक रुपमा आँधिमूल र आसपासको क्षेत्रको महत्व रहेको पर्यटनविद् हरिसिंह गुरुङले बताउनुभयो । “यहाँको प्रकृति र संस्कृतिलाई जोड्दै आँधिमूललाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने धेरै सम्भावना छ”, उहाँले भन्नुभयो । आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले यस क्षेत्रको विकासलाई गाउँपालिकाले महत्व दिएको बताउँदै यसका लागि सबैको साथ र सहयोग अपरिहार्य हुने बताउनुभयो । आँधिमूलको पर्यटकीय सम्भावनालाई उजागर गर्न विभिन्न सङ्घ संस्थाले पनि चासो दिँदै आएका छन् ।
यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फेनिज) गण्डकी प्रदेशले हालै आँबुखैरेनी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम आँधिमूलमा नै सम्पन्न गरेको फोनिज गण्डकीका अध्यक्ष एमवि आस्थाले बताउनुभयो । “आँधिमूलको पर्यटकीय सम्भावनालाई उजागर गर्न पनि हामीले यसै ठाउँमा अन्तक्र्रिया गरेका हौँ”, उहाँले भन्नुभयो, “यस्ता पर्यटकीय सम्भावनायुक्त स्थानको प्रवद्र्धनमा फोनिजको सधैँ साथ र सहयोग रहने छ ।”
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन