
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
काठमाडौं, १७ चैत । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानबिनका क्रममा कुख्यात व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरिएको छ । अध्यागमन विभागले मंगलबारदेखि भट्टलाई कालोसूचीमा राख्दै पासपोर्ट रोक्का राख्ने निर्णय गरेको हो ।
विभागका अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत १५ गते एक लाइनको पत्र पठाएर भट्टको पासपोर्ट रोक्का गर्न निर्देशन दिएको थियो । सोही पत्रको आधारमा अध्यागमन विभागले तत्काल कारबाही अघि बढाएको छ । विभागले भट्टसँग जोडिएका व्यापारिक कारोबार र बैंकिङ गतिविधिमा गम्भीर शंका व्यक्त गरेको छ ।
शंकास्पद कारोबारको मुख्य आधार:
विभागले सुरुमा यो विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै राष्ट्र बैंकलाई नै फर्काएको थियो । तर, अब नयाँ राजनीतिक परिवेशमा पुनः अनुसन्धान अघि बढाइएको छ । विभागले भट्टका साथै उनको दाजु सुशील भट्ट (लगानी बोर्डका कार्यकारी अधिकृत) र जगदम्बा स्टिलसमेत जोडिएका अन्य व्यक्तिहरूको अनुसन्धान गर्न राष्ट्र बैंकलाई सिफारिस गरेको थियो ।
दीपक भट्ट को हुन् ?
दीपक भट्ट सुरक्षा निकायका बन्दोबस्ती सामग्री तथा हातहतियार आपूर्ति, जलस्रोत क्षेत्रमा विदेशी कम्पनी भित्र्याउने कन्सल्टेन्सी, ठेक्का व्यवसाय, पर्यटन, रियल इस्टेट र पुँजीबजारमा सक्रिय कुख्यात व्यवसायी हुन् । उनी राजनीतिक तथा प्रशासनिक उच्च पहुँचका कारण ठूला ठेक्कामा संलग्न रहेको बताइन्छ ।
भट्टले भने यी सबै कारोबार वैधानिक भएको र विभागलाई आवश्यक जानकारी दिइसकेको दाबी गरेका छन् । उनले यो विषयलाई नियोजित रूपमा उजागर गरिएको आरोप लगाएका छन् ।
विभागले छानबिन चाँडै टुंग्याएर मुद्दा दायर गर्ने तयारी गरेको छ । यो अनुसन्धानले भट्टको व्यापारिक साम्राज्य र राजनीतिक पहुँचमाथि नयाँ प्रश्न उठाएको छ । यदि मुद्दा दायर भएमा यो प्रकरणले नेपालका ठूला व्यवसायिक घराना र उच्च राजनीतिक वृत्तलाई समेत प्रभावित पार्न सक्ने देखिन्छ ।
दीपक भट्टका प्रमुख हर्कतहरू:
सुरक्षा र हातहतियार आपूर्ति : सुरक्षा निकायका बन्दोबस्ती सामग्री तथा हातहतियार आपूर्तिमा सक्रिय, ठूला ठेक्का हात पार्ने ।
जलस्रोत क्षेत्रमा विदेशी कम्पनी भित्र्याउने: चिनियाँ तथा भारतीय कम्पनी (चाइना गेजुवा, सेन्जेन क्लाओ, आईकम टेल आदि) लाई नेपाल विद्युत् प्राधिकरणसम्म जोड्ने कन्सल्ट्यान्टको भूमिका, बुढीगण्डकी, भेरी, त्रिशूली, काबेली करिडोर जस्ता आयोजनामा संलग्न ।
ठेक्का विवाद र अनियमितता: कम मूल्य कबोल गर्ने कम्पनीलाई ठेक्का नदिई बढी मूल्य कबोल गर्ने कम्पनीलाई ठेक्का दिलाउने उजुरी दर्ता गराएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गर्ने ।
मन्त्री बर्खास्तमा भूमिका : सोलु करिडोर प्रसारण लाइन ठेक्का विवादमा ऊर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गराउने परिस्थिति निर्माण (२०७२) ।
नयाँ स्टक एक्सचेन्ज स्थापना प्रयास : जनार्दन शर्मा अर्थमन्त्री हुँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावित पारेर नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स नीति अघि बढाउने प्रयास ।
पुनर्बीमा क्षेत्रमा प्रतिस्पर्धा : चन्द्रप्रसाद ढकाल–विशाल समूहसँग प्रतिस्पर्धा गर्दै हिमालय पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिलाउने (२०७८), शंकर समूहसँग मिलेर ६ प्रतिशत शेयर ।
इन्फिनिटी होल्डिङ्स मार्फत पुँजी वृद्धि : कम्पनीको चुक्ता पुँजी एक वर्षमा १६ गुणा बढाएर पुँजीबजार प्रवेश ।
राजनीतिक पहुँचको दुरुपयोग : एमाले अध्यक्ष केपी ओली र अर्थमन्त्री विष्णु पौडेलसँग निकट सम्बन्धलाई प्रयोग गरी ठेक्का र नीतिगत निर्णय प्रभावित पार्ने ।
भट्टको व्यापारिक विस्तार विवादित छ । उनले ल्याएका धेरै चिनियाँ तथा भारतीय कम्पनीको काममा ढिलासुस्ती, गुणस्तरहीनता र ठेक्का तोड्ने घटना बारम्बार देखिएका छन् । बुढीगण्डकी, माथिल्लो त्रिशूली ३ ‘ए’, हेटौंडा–भरतपुर प्रसारण लाइन जस्ता आयोजनामा उनी संलग्न भए पनि निर्माणमा समस्या आएको आरोप लाग्ने गरेको छ ।
सम्पत्ति शुद्धीकरण विभागको यो कारबाहीले भट्टको व्यापारिक साम्राज्य र राजनीतिक पहुँचमाथि नयाँ प्रश्न उठाएको छ । विभागले अनुसन्धान पूरा गरेर मुद्दा दायर गरेमा यो प्रकरणले नेपालको ठूलो व्यवसायिक घराना र उच्च राजनीतिक वृत्तलाई नै प्रभावित पार्ने देखिन्छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन