
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा शहीद चन्द्र सार्कीको शालिक निर्माण शुरु गरिएको छ । शहीद छात्रावासको प्राङ्गणमा शहीद सार्कीको शालिकको सोमबार गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।
विसं २००७ माघ १ गते बन्दीपुरको अड्डा कब्जा गर्ने क्रममा सार्कीले सहादत प्राप्त गरेका थिए । नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनमा सार्कीसहित छ जनाले सहादत प्राप्त गरेको जानकारी दिनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य विकले नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहीद सार्कीजस्ता दलित परिवारको ठूलो योगदान रहेको स्मरण गर्दै देशमा जुनसुकै आन्दोलनमा पनि दलितको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो ।
उहाँले शहीद सार्कीको स्मरणमा विसं २०५८ मा छात्रावास निर्माण गर्ने निर्णयअनुरुप १७ वर्षपछि भवन निर्माण सम्पन्न गरिएको बताउनुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग छात्रावासको तला थप गर्न बजेट माग गरेको भए पनि वास्ता नगरेकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले शहीदलाई सम्मान गर्नुपर्छ भनेर प्रदेश सरकारसँग बजेट माग गरिए पनि अपेक्षा गरिएअनुरुप बजेट प्राप्त नभएको बताउनुभयो ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु पाँच लाख लागतमा शालिक निर्माण गर्न लागिएको छात्रावास प्रमुख कल्पना लम्सालले बताउनुभयो । शहीद चन्द्र नेपाली छात्रावासमा बसेर हाल ३० छात्राले सुविधा लिँदै आएका छन् । छात्रावासले अध्ययनमा सहजता ल्याएकाले तला थप गरेर क्षमता बढाउन आवश्यक देखिएको उहाँले जानकारी दिनुभयो ।
बजेट अभावका कारण काम अघि बढाउन नसकिएको छात्रावास व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर सुनारले बताउनुभयो । छात्रवासमा बसेर अध्ययन गर्नका लागि गरिब तथा विपन्न परिवारले चासो देखाए पनि भौतिक संरचना थप गर्न नसकिएकाले चाहेर पनि सुविधा प्रदान गर्न कठिनाइ भएको उहाँको भनाइ थियो । व्यास–१ स्थित निर्मल माध्यामिक विद्यालयले प्रदान गरेको दुई रोपनी चार आना जग्गामा शहीद छात्रावास निर्माण गरिएको हो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’