
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
तारानाथ आचार्य
बलेवा । सडकले खरबारी मासेको छ । सम्म ठाउँका खरबारीमा खोजीखोजी मूल सडक निकालिएका छन् । भीरपहरामा लहलह देखिने खर काट्नै कठिन छ । अप्ठेरा भीरपहरामा पुगेर खर काट्न अहिलेका युवा पुस्ता मान्दैनन्, वृद्धवृद्धाले सक्दैनन् ।
वर्षायाममा राम्रो वर्षा हुने र हिउँदमा खर काट्ने कामदार भेटिए मात्रै घरको छानो फेर्न पाइन्थ्यो । अझै पछिल्लो पुस्ताले त खर वा परालको छानो बनाउने सीप नै सिकेका छैनन् । सीपको अभावमा छाएको खरले के पानी छेकोस् रु
हिउँदका महिना जसोतसो कटे पनि वर्षामा चुहिने पानीले चुलोमा पोखरी बनाउँथ्यो । खरले छाएको लामो गोठ बनाएर त्यहीँ भान्छाको प्रबन्ध गर्नुपर्ने बाध्यता छ । पानीको ओत लाग्नेसम्म हो । गोठ होस् वा घर, कठिन दिनरात कटेकै थिए ।
यस्तै समस्या जैमिनी नगरपालिका–३ का डिलबहादुर विकलाई थियो । आफैँले छानो फेर्न आर्थिक अवस्था कमजोर छ । खर, अर्थ र सीपका अभावमा वर्षाका कठिन दिन कटाइरहेका उहाँ जस्तै जैमिनीका खरको छानो भएका कसैलाई अब भने चुलामा पोखरी देख्नुपर्दैन ।
डिलबहादुरले अहिले १८ हात लामो घर बनाउनुभएको छ । गोठमा बस्ने उहाँ अहिले जस्तापाताले छाएका घरमा बस्नुहुन्छ । सङ्घीय सरकारले ल्याएको घर तथा फुसका छाना विस्थापन गर्ने कार्यक्रमअन्तर्गत नगरपालिकाले धमाधम खरका छाना फेरेर जस्तापाता वितरण गरिरहेको छ । “सरकारले जस्ता दिने भनेपछि गोठमा बस्नेले पनि घर बनाएका छन्, घरमा खुशी छाएको देखियो”, नगरपालिका राजश्व परामर्श समितिका सदस्य विष्णु आचार्यले भन्नुभयो, “सानो तर मानव जीवनमा घरको छाना महत्वपूर्ण रहेको अनुगमनमा पायौँ ।”
दमेकका खगी विक, चन्द्रकला विक, नन्दकली श्रीषलगायतले यस वर्ष घरको छानो जस्ताले मात्रै बनाएनन्, नगरले जस्तापाता दिँदा आफैँले मेहनत गरेर बलियो गाह्रो पनि लगाए । नगरपालिकाका खरका छाना विस्थापन कार्यक्रमअन्तर्गत सूचीकृत कूल घरधुरी ९८७ छ । तीमध्ये चालू आर्थिक वर्षमा ७० प्रतिशत घरमा जस्ताको छानो बनाउने योजना नगरपालिकाले बनाएको थियो ।
यस वर्ष बनिसक्नुपर्ने ६९१ घरधुरीमा हालसम्म २४० घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको नगर प्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । नगरपालिकाबाट जस्तापाता पाएका जैमिनीवासीले घरको मर्मतसमेत गरेका छन् । वडा कार्यालयको सिफारिशमा लाभग्राहीलाई घरको आकारअनुसार प्रतिघर १८ देखि बढीमा ६६ पातासम्म जस्तापाता उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
गत वर्षदेयिख शुरु भएको कार्यक्रम आगामी आवमा सबै घरमा जस्तापाता लगाएर सकिने नगरपालिकाले जनाएको छ । “नागरिकको सुरक्षित आवास हाम्रो दायित्व हो”, नगरप्रमुख पौडेलले भन्नुभयो, “हामीले सुकुम्बासीका लागि घर बनाउने रकमसमेत दिएका छाँैं ।” जस्ताको नापअनुसार रु ५० हजारदेखि ८० हजारसम्मका जस्तापाता उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !