News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

श्रीमानविरुद्व उजुरी दिन आएकी महिला होटेलमा मृत फेला

'प्रहरीमा उजुरी दिएर दुई दिनदेखि होटलमा नै बसेकी ३५ वर्षीय समीक्षा झुण्डिएको अवस्थामा भेटिएकी हुन्'

जनकपुरधाम । श्रीमानविरुद्ध उजुरी दिन आएकी ३५ वर्षीय महिला होटलमा मृत फेला परेकी छिन् । ती महिला दुई दिन अघि आफ्ना श्रीमानविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेकी थिईन् । प्रहरीमा उजुरी दिएर दुई दिनदेखि होटलमा नै बसेकी जलेश्वर नगरपालिका वडा नं. २ बस्ने समीक्षा पोखरेल पाण्डे झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित नमस्कार होटलमा मृत भेटिएकी समीक्षाको मृत्युका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।