
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुहुने प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
यस ऐतिहासिक अवसरमा राजनीतिक परिवर्तनका लागि भएका सम्पूर्ण शान्तिपूर्ण र सशस्त्र सङ्घर्षमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुख्यमन्त्री गुरुङले सङ्घर्षका क्रममा घाइते र बेपत्ता भएका योद्धा परिवारप्रति सम्मान प्रकट गर्नुभएको छ ।
नेपालको संविधानले व्यवस्था गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेर तीन तहका सरकारबीचको सहकार्य र सम्बन्धलाई घनीभूत बनाउन सक्दा मात्र आर्थिक समृद्धि प्राप्त हुने विश्वास व्यक्त गर्दै शुभकामना सन्देशमा उहाँले समावेशी, सन्तुलित र सामाजिक न्यायसहितको दिगो सामाजिक, आर्थिक र भौतिक विकासमा प्रदेश सरकार कटिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।
समृद्धिको लक्ष्य हासिल गर्न तय गरिएका दीर्घकालीन सोच, अन्तर्राष्ट्रिय प्रतिबद्धता र दिगो विकास आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रदेशका नागरिकको चाहना, जननिर्वाचित प्रतिनिधिमार्फत् मुखरित जनभावना, विज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझावलाई आत्मसात गरी उपलब्ध स्रोत र साधनको अधिकतम र दक्षतापूर्वक उपयोग गर्दै गण्डकी प्रदेश सरकार समृद्धिको पक्षमा निरन्तर लागिपरेको स्पष्ट पार्नुभएको छ ।
“भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त समाजमा सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्व कायम गर्ने दिशामा प्रदेश सरकारका नीति तथा कार्यक्रम परिलक्षित छन्”, मुख्यमन्त्री गुरुङले सन्देशमा भन्नुभएको छ, “सबै प्रकारका विभेद, उत्पीडन र वञ्चितीकरणले पारेका प्रभावहरुको समूल अन्त्य गर्ने अभियानमा सरकार सदैव प्रतिबद्ध छ ।”
प्रदेश सरकारको तीनवर्षे यात्राका क्रममा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी एवं आम नागरिकबाट प्राप्त साथ, समर्थन, सहयोग र रचनात्मक सुझावप्रति हार्दिक आभार प्रकट गर्दै सन्देशमा उहाँले भन्नुभएको छ, “रचनात्मक सुझावको निरन्तरताले मात्र प्रदेश सरकारलाई पूर्णरूपमा सफल बनाएरै छाड्ने हाम्रो निष्ठापूर्ण प्रतिबद्धताले सार्थकता प्राप्त गर्नेछ भन्ने विश्वास लिएको छु ।”
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रदेश राजधानी पोखरामा आजै स्थापना दिवसका अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा शुभकामना आदान–प्रदानसहित सरकारका विगतका समीक्षा एवं भावी कार्यक्रमका बारेमा जानकारी गराउने बताइएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा