
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
कालिका खड्का
काठमाडौँ । पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूले अदालतको अवहेलना नगरी संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ ।
पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की अदालतको अवहेलना सम्बन्धि मुद्दामा आज आफै उपस्थित भएर पेश गरेको लिखित जवाफमा उक्त कुरा उल्लेख भएका हुन् । चार पूर्वप्रधानन्यायाधीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको उल्लेख गर्दै गत पुस २४ गते विज्ञप्ति सार्वजनिक गरेको विषयलाई लिएर सर्वोच्च अदालतमा छुट्टछुटै अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक सात दिनभित्र लिखितजवाफ पेश गर्न आदेश जारी गरेको थियो । उहाँहरुसँगै प्रधानमन्त्री र पूर्वसभामुख दमनाथ ढुङ्गानालाई लिखित जवाफ माग गरेको थियो । लिखित जवाफ सबैभन्दा पहिला चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतमा पेश गर्नुभएको हो ।
पूर्वप्रधानन्यायाधीशहरु रायमाझी, श्रेष्ठ र कार्कीले एउटै लिखित जवाफ पेस गर्नुभएको छ भने पूर्वप्रधानन्यायाधीश शर्माले छुट्टै जवाफ पेश गर्नुभएको छ । चार पूर्वप्रधानन्यायाधीशको लिखित जवाफको सार उस्तै छ । जवाफमा उहाँहरुले अभिव्यक्तिको स्वतन्त्रताको विषयलाई बढी जोड दिइएको छ ।
पूर्वप्रधानन्यायाधीशहरू रायमाझी, श्रेष्ठ र कार्कीले संयुक्त रुपमा बुझाएको जवाफमा भनिएको छ, “हामीले कुनै कालखण्डमा न्यायपालिकाको नेतृत्व गर्न पाउनु एउटा महत्वपूर्ण अवसर थियो, जसका लागि हामीमा गर्वको अनुभूति छ । कानूनी राज्यको हिमायतीको हिसाबले सेवा गरेको आफ्नो अनुभव र पृष्ठभूमिले गर्दा हामीले संविधानको संरक्षण, संविधानावाद र कानूनी राज्यको संरक्षणको पक्षमा आफ्नो आस्थालाई अविचलित र अविकलित रुपमा प्रस्तुत गर्न चाहन्छौँ ।”
हामीले जारी गरेको विज्ञप्तिबाट न्याय सम्पादनको कार्यमा कसरी अवरोध भयो भन्ने कुरा निवेदनमा उल्लेख छैन । मुद्दामा सुनुवाइ हुनुअघि नै दबाब दिएको भन्ने भनाइ हो भने को कसलाई कसरी दबाब दिइयो स्पष्ट गर्न सक्नुपर्दछ, लिखित जवाफमा भनिएको छ । “मुद्दा सुनुवाइ हुनुअघि कसलाई कहाँ कसरी लक्षित गरी के कस्तो दबाब दिइयो भन्ने नखुलाई दबाब दिइयो भनिन्छ भने अदालतको निर्णय गर्ने प्रक्रियाप्रति अविश्वास पैदा गर्ने चेष्टा निवेदक स्वयंले गरेको मान्नुपर्ने हुन्छ”, उहाँहरुको लिखित जवाफमा भनिएको छ ।
मनगढन्ते आरोप बोकेर अदालतमा प्रवेश गराउनु न्यायको लागि सहयोग हुन नसक्ने उल्लेख गर्दै लिखित जवाफमा भनिएको छ, “सामाजिक क्षेत्रमा छलफलका निम्ति जारी हुने व्यक्तव्य र अदालती फैसलाको अन्तर छुट्याउन सक्नु पर्ने हो, त्यसको विपरीत विज्ञप्तिबाट आफैँले फैसला गरेको जस्तो हल्ला फिजाएको भनेको द्वेषपूर्ण छ ।”
“विचाराधीन मुद्दा, सो सुनुवाई गर्ने इजलास, त्यसमा संलग्न न्यायाधीशको योग्यता, क्षमता र निष्ठामा कसरी प्रश्न उठाइएको छ ? अथवा अमुक तरिकाले अमुक निर्णय गराउन कुनै धम्की, दबाब वा अवरोध कसरी सिर्जना गरेको छ ?”, लिखित जवाफमा भनिएको छ, “विज्ञप्तिमा कुन भ्रामक र असत्य कुरा उल्लेख गरी गुमराहमा पार्ने चेष्टा गरेको छ ? संविधान र कानूनको प्रावधान वा तिनको गलत उल्लेखन वा व्याख्या के गरेको छ ? आदि प्रश्नहरुमा कहीँकतै कुनै प्रवेश नै नगरी कपोलकल्पित आरोप लगाइएको देखिन्छ ।”
वाक तथा अभिव्यक्ति स्वतन्त्रता तथा लोकतन्त्र एवं संविधानवादको हिमायतीहरु उपर समग्रमा आकर्षित हुन नसक्ने अवहेलनाको कारवाहीको भयको अस्त्र देखाएर नियन्त्रित समाजको नियति भोग्न बाध्य बनाउन नमिल्ने लिखित जवाफमा छ । “अभिव्यक्ति स्वतन्त्रतालाई भयको माध्यमद्वारा तह लगाउने स्थिति रहँदैन, अहिलेको समाजको बौद्धिक चेतना त्यसरी तह लगाउन सकिने स्थितिमा छैन”, लिखित जवाफमा भनिएको छ, “हामीलाई के लाग्दछ भने संविधान, संविधानवाद, कानूनी राज्य र न्यायका सौदा गर्न नमिल्ने मूल्य र मान्यताको खिलापमा उत्खडा हुने जुनसुकै परिस्थितिको विरुद्ध उभिन जनसाधारणको मनोवल गिर्न नदिन सबैको जिम्मेवारी र जवाफदेहिता रहन्छ ।”
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा