
१सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
२आजदेखि एसईई परीक्षा सुरु
३एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
४इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
५डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
६ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
७व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
१०सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
११नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
१२अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
कृष्ण न्यौपाने
दमौली । चिटिक्क परेका घर । घर अगाडि ढुङ्गा छापिएको सडक । प्रत्येक घर अगाडि मकैको सुली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–३ मा रहेको रामकोट गाउँको चिनारी हो यो । मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासीले घरवास सञ्चालन गरेका छन् ।
विसं २०७५ मा १४ घर दर्ता गरेर रामकोट घरवास व्यवस्थापन समिति दर्ता गरिएको थियो । कोभिड–१९ को प्रभावका कारण पर्यटक आगमन ठप्प रहेको रामकोटमा पुनः पर्यटक आगमन हुन थालेको घरवास व्यवस्थापन समितिका अध्यक्ष बिहीसरा आलेले जानकारी दिनुभयो । चौध घरले तालिम लिएर शुरु भएको रामकोट घरवासमा अहिले ४० घरमा पर्यटक राख्न मिल्नेछ ।
“कोभिड अगाडि अलि–अलि आन्तरिक पर्यटक आउने क्रम थियो तर कोभिडले रोकियो”, उहाँले भन्नुभयो, “कोभिडको प्रभाव कम हुँदै गएपछि अहिले फेरि पर्यटक आउन थाल्नुभएको छ ।” रामकोट आउने पाहुनालाई स्थानीय युवा क्लबले सांस्कृतिक कार्यक्रम देखाउने गरेको छ । “स्थानीय संस्कृति र अग्र्यानिक खानेकुरालाई जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “यहाँ आएका आन्तरिक पर्यटक सन्तुष्ट नै भएको पाएका छौँ ।”
यहाँका स्थानीयवासीलाई घरवास आर्थिक उपार्जनको माध्यमसमेत बनेको छ । पृथ्वी राजमार्गको व्यास नगरपालिका–१२ छिर्कने हुँदै र बन्दीपुर बजारबाट रामकोट पुग्न सकिन्छ । बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारबाट रामकोट पुग्न साइकल लेनसमेत निर्माण गरेको छ । बन्दीपुर आएका विदेशी पर्यटक पनि साइकल लेनको बाटो पैदल हिँडेरै रामकोटसम्म पुग्ने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।
“रामकोटको घरवासलाई जोड्ने उद्देश्यसहित गाउँपालिकाले ४.८ किलोमिटर साइकल लेन निर्माण गरेको छ”, थापाले भन्नुभयो, “यसले समग्र गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउँछ ।” घरवास सञ्चालनले ग्रामीण भेगका जनतालाई स्वरोजगार बन्न सहयोग पुर्याएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । रामकोट सामुदायिक घरवासलाई यस वर्ष गण्डकी प्रदेश सरकारको तर्फबाट रु १० लाख अनुदानको व्यवस्था भएको छ ।
रामकोटमा कायमै छ कटुवाल प्रथा
सञ्चारको सुविधा विकसित भए पनि तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा अझै पनि कटुवाल प्रथा कायमै छ । स्थानीयवासी नरसिं थापाले विगत छ वर्षदेखि गाउँमा कटुवालको रूपमा काम गर्दै आउनुभएको छ ।
गाउँमा हुने बैठक, कार्यक्रम, पूजाआजालगायतका बेला थापाले घोक हालेर सूचना प्रवाह गर्दै आउनुभएको छ । कटुवालको कामलाई घोक फिराउने भनेर बुझिन्छ । उहाँका बाबुले पनि रामकोटमा कटुवालको काम गर्दै आउनुभएको थियो । बाबुको निधनपछि गाउँलेले आफूलाई कटुवालमा नियुक्त गरेको उहाँले बताउनुभयो । “गाउँमा केही कार्यक्रम, पूजाआजा भयो भने मैले सबैलाई घोक हालेर सूचना दिने गरेको छु”, उहाँले भन्नुभयो, “त्यसबापत गाउँलेले वार्षिकरूपमा धान, मकैलगायतका अन्न दिने गरेका छन् ।”
स्थानीय महिला बिहिसरा आलेले गाउँमा सूचना प्रवाह गर्नुपर्दा थापाले घोक हाल्ने गरेको बताउनुभयो । उहाँका अनुसार घरघरमा मोबाइल, रेडियो भए पनि थापाले घोक हालेपछि मात्रै सबै गाउँले जम्मा हुने गरेका छन् । “यहाँ वर्षाैँदेखि चलिआएको चलन हो”, उहाँले भन्नुभयो ।
बिजुली पुगेपछि स्थानीयवासी खुशी
वर्षौँसम्म अन्धकारमा जीवन बिताउँदै आउनुभएकी तनहँुको घिरिङ गाउँपालिका–१ निवासी पार्वती शाहीको मुहार आजभोलि उज्ज्यालो छ । टुकी र मैनबत्तीको सहारामा जीवनयापन गर्र्दै आउनुभएकी उहाँको घरमा अहिले बत्ती बल्न थालेको छ । “बिजुली बत्तीको आसमा बसेको थुपै्र वर्ष भयो, बत्ती बाल्ने चाहना लामो समयपछि पूरा भएको छ”, शाहीले भन्नुभयो, “बत्ती बलेपछि सहज हुने भयो ।”
घिरिङ गाउँपालिका–४ गलकोटकी श्रीमाया थापाले ‘बत्ती बाल्न पाइएला र ?’ जस्तो लाग्ने गरे पनि अहिले बत्ती बलेको देख्दा खुशीको सीमा नै नरहेको बताउनुभयो । “यत्तिका वर्षसम्म बत्ती नआउँदा अब बत्ती बाल्न पाइँदैन होलाजस्तो लाग्थ्यो तर अहिले त घर नै उज्यालो भएको छ”, उहाँले भन्नुभयो ।
स्थानीयवासी दीपक थापाले विगत लामो समयदेखि बिजुलीको आसमा बसेका स्थानीयवासीको मुहारमा खुशी छाएको बताउनुभयो । “बत्ती कहिले बल्ला भनेर लामो समय कुर्यौँ तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै गाउँपालिकामा विद्युतीकरण अभियानले तीव्रता पायो”, उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचनपश्चात् गाउँपालिकामा आएका जनप्रतिनिधिको प्रयासबाट घिरिङका सबै घरधुरीमा विद्युत् सेवा पुगेको छ । सबै घरधुरीमा विद्युत् सुविधा पुगेपछि घिरिङ गाउँपालिका अँध्यारोमुक्त बन्न सफल भएको छ ।
घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले लामो समयको प्रयासपछि सबै घरधुरीमा बत्ती बाल्न सकिएको जानकारी दिनुभयो । “बत्ती नपुगेका घरहरुमा बत्ती पुर्याउन निरन्तर काम गर्यौँ, कोभिडको महामारीका बीचमा पनि कतिपय गाउँहरुमा बत्ती बाल्न सफल भयौँ”, थापाले भन्नुभयो, “हालसम्म अँध्यारोमा बस्दै आएका स्थानीयवासीको मुहारमा खुशी ल्याउन सफल भएका छौँ ।”
गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाले विभिन्न वडामा विद्युत् सेवा विस्तारलाई तीव्रता दिएको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्यालो घिरिङ’ अभियान सम्पन्न भएको बताउनुभयो । जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आएपछि करिब एक हजार ५०० भन्दा बढी घरमा विद्युत् सेवा विस्तार भएको उहाँले जानकारी दिनुभयो ।
“गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पुर्याउने प्रतिबद्धता पूरा भएको छ”, उहाँले भन्नुभयो, “विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत् आयोजना, नेपाल विद्युत् प्राधिकरणले पनि सहयोग पुर्यायो ।” अध्यक्ष रानाका अनुसार गाउँपालिकामा जनप्रतिनिधि आउनु अगाडि १० प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको थियो । “हालसम्म टुकी, मैनबत्तीको भरमा बस्दै आएका स्थानीयवासीलाई अँध्यारोबाट मुक्त पार्छौँ भनेर प्रतिबद्धता जनाएका थियौँ, उक्त प्रतिबद्धता पूरा गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशतभन्दा बढी घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी छ ।
वितरण केन्द्रले गत आर्थिक वर्षमा आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सबस्टेशन निर्माण गरिएको छ । उक्त सबस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्याइनेछ । साथै सोही सबस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पुर्याइनेछ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने