
१श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
२भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
५पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
६पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
७आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
८स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
११टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
७पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
इलाम । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारको प्रमुख दायित्व राष्ट्रियताको विषयमा खबरदारी गर्नु रहेको बताउनुभएको छ । पत्रकार महासङ्घ इलाम शाखाको १६औँ साधारणसभाको आज उद्घाटन सत्रमा अध्यक्ष आचार्यले पत्रकारको पहिलो दायित्व राष्ट्रियता, दोस्रो नागरिकको हित र तेस्रो आफ्नो पेशागत हकहितको लागि लड्ने विषय रहेको बताउनुभयो । उहाँले लडेर ल्याएको प्रेस स्वतन्त्रतामाथि कुण्ठित हुन नदिन पत्रकार आफँ लाग्नुपर्ने बताउनुभयो ।
प्रेसका लागि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले लोकतन्त्र बाहेक अन्य परिस्थितिमा प्रेस नरहने अध्यक्ष आचार्यको भनाइ थियो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले परिवर्तनका लागि निरन्तर खबरदारी गर्न प्रेसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पत्रकारिता स्वच्छ, निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेसले गल्ती गरेमा समाजमा दुर्घटना हुने भन्दै सजग र सक्षम भएर पत्रकारिता गर्न सुझाव दिनुभयो । विश्वका ठूला लडाइ र युद्धमा प्रेसले निष्पक्ष सञ्चार सम्प्रेषण नगरिदा विचार बाझिएको उदाहरण प्रस्तुत गर्नुभयो ।
महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले अझै पनि पत्रकारले श्रम अनुसारको ज्याला नपाउने गरेको बताउनुभयो । महासङ्घका अर्का उपाध्यक्ष दिलीप थापाले राज्यका महत्वपूर्ण आन्दोलनमा प्रेसको भूमिका मुख्य रहने गरेको अवगत गराउनुभयो । उहाँले विसं २०६२/६३ को जनआन्दोलनमा पनि प्रेसको सहयोग नभएको भए लोकतन्त्र ल्याउन सहज नभएको जिकिर गर्नुभयो ।
महासङ्घका केन्द्रीय कोषाध्यक्ष राजेश बस्नेतले आवाज विहिनको आवाज बाहिर ल्याउन प्रेस सधैँ जागी रहने विश्वास व्यक्त गर्नुभयो । पत्रकार महासङ्घ प्रेदश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकार सधैँ विधिको शासनको पक्षमा गरिनुपर्नेमा जोड दिनुभयो । कोरोनापछि प्रेस पनि बचाउन गाह्रो भएकाले तीनवटै तहका सरकारकले सहयोग आवश्यक परेको बताउनुभयो ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर