
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
इलाम । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारको प्रमुख दायित्व राष्ट्रियताको विषयमा खबरदारी गर्नु रहेको बताउनुभएको छ । पत्रकार महासङ्घ इलाम शाखाको १६औँ साधारणसभाको आज उद्घाटन सत्रमा अध्यक्ष आचार्यले पत्रकारको पहिलो दायित्व राष्ट्रियता, दोस्रो नागरिकको हित र तेस्रो आफ्नो पेशागत हकहितको लागि लड्ने विषय रहेको बताउनुभयो । उहाँले लडेर ल्याएको प्रेस स्वतन्त्रतामाथि कुण्ठित हुन नदिन पत्रकार आफँ लाग्नुपर्ने बताउनुभयो ।
प्रेसका लागि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले लोकतन्त्र बाहेक अन्य परिस्थितिमा प्रेस नरहने अध्यक्ष आचार्यको भनाइ थियो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले परिवर्तनका लागि निरन्तर खबरदारी गर्न प्रेसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पत्रकारिता स्वच्छ, निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेसले गल्ती गरेमा समाजमा दुर्घटना हुने भन्दै सजग र सक्षम भएर पत्रकारिता गर्न सुझाव दिनुभयो । विश्वका ठूला लडाइ र युद्धमा प्रेसले निष्पक्ष सञ्चार सम्प्रेषण नगरिदा विचार बाझिएको उदाहरण प्रस्तुत गर्नुभयो ।
महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले अझै पनि पत्रकारले श्रम अनुसारको ज्याला नपाउने गरेको बताउनुभयो । महासङ्घका अर्का उपाध्यक्ष दिलीप थापाले राज्यका महत्वपूर्ण आन्दोलनमा प्रेसको भूमिका मुख्य रहने गरेको अवगत गराउनुभयो । उहाँले विसं २०६२/६३ को जनआन्दोलनमा पनि प्रेसको सहयोग नभएको भए लोकतन्त्र ल्याउन सहज नभएको जिकिर गर्नुभयो ।
महासङ्घका केन्द्रीय कोषाध्यक्ष राजेश बस्नेतले आवाज विहिनको आवाज बाहिर ल्याउन प्रेस सधैँ जागी रहने विश्वास व्यक्त गर्नुभयो । पत्रकार महासङ्घ प्रेदश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकार सधैँ विधिको शासनको पक्षमा गरिनुपर्नेमा जोड दिनुभयो । कोरोनापछि प्रेस पनि बचाउन गाह्रो भएकाले तीनवटै तहका सरकारकले सहयोग आवश्यक परेको बताउनुभयो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’