
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा । छोरेपाटन माध्यमिक विद्यालय पोखरा–१७ का एकजना शिक्षकलाई आज विद्यार्थीले कालोमोसो दलेका छन् । कक्षा ११ का विद्यार्थीलाई परीक्षाका नाममा रकम असुल्ने र झुक्याउने काम गरेपछि आक्रोशित विद्यार्थीले शिक्षक उपेन्द्रराज पोखरेललाई कालोमोसो लगाएका हुन् ।
विज्ञान संकायतर्फका गणित विषयमा आंशिक परीक्षा दिने विद्यार्थीलाई पास गरिदिने भन्दै रकम लिएर ट्युसन र परीक्षा लिएका शिक्षक पोखरेललाई नेपाल विद्यार्थी संघ कास्की र अखिल क्रान्तिकारी कास्की लगायतको उपस्थितिमा विद्यार्थीले कालोमोसो लगाएका हुन् । ती शिक्षकले ६ दिन पढाएको पाँच हजारका दरले पैसा लिएका थिए । ती शिक्षकले लिएको परीक्षाका विषयमा विद्यालय प्रशासनलाई केही थाहा नभएको र रकम लिएर झुक्याउने काम शिक्षकले गरेको भन्दै विद्यार्थीहरु आक्रोशित भएर कक्षा ११ का गणित विषयका शिक्षक पोखरेललाई कालोमोसो लगाएका हुन् ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसालले भन्नुभयो–‘शिक्षकले लिएको परीक्षा हो, शिक्षक र विद्यार्थी विचमा के-के भयो त्यो हामीलाई पनि थाहा भएन । पछि एकैचोटी मिडियासहित बाहिरका विद्यार्थी पनि आएर के-के हल्ला गरेका छन् थाहा छैन । हामी अन्यौंलमा नै छौं ।’
छोरेपाटन माविमा उपस्थित अखिल क्रान्तिकारीका नेता प्रकाश बास्तोला ‘मार्शल’ले शिक्षाका नाममा गलत धन्दा र कामहरु गर्ने जो कोहीलाई पनि बाँकी नराख्ने चेतावनी दिनुभयो । अखिल क्रान्तिकारीका नेता मार्शलले भन्नुभयो–‘शैक्षिक क्षेत्रमा देखिएका यस्ता धेरै विकृतिहरुलाई निमिट्यान्न पार्न आवश्यक परेमा जनकारवाहीसम्मको तहमा हामी उत्रिन पछि पर्दैनौं ।’
नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका उपसभापति निर्दोष विक्रम पौडेलले परीक्षाका नाममा हुने गलत कार्यहरुका लागि सम्बन्धित विद्यालयका केन्द्राध्यक्षले समेत नैतिक जिम्मेवारी लिनु पर्ने र यस्ता घटनाहरुमा संलग्नलाई राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखराले तत्कालै कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।
छोरेपाटनमा भएको यस घटनाका विषयमा विद्यालयमा नैं छलफल गर्दै नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका उपसभापति निर्दोष विक्रम पौडेल, नेविसंघका नेताहरु गौरव बराल र सुशान्त पौडेल, नेविसंघ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सभापति शिवम् शाही ठकुरी लगायतले शिक्षक पोखरेलले विद्यार्थीबाट असुलेको रकम फिर्ता गर्नुपर्ने र विद्यालय प्रशासनले वैधानिक रुपमा कक्षा ११ को आंशिक परीक्षा लिनु पर्नेमा जोड दिनुभएको थियो ।
विद्यालयमा हङ्गामा हुँदासँगै भएको छोरेपाटन चौकी वेखबर !
छोरेपाटन माध्यमिक विद्यालयमा विहान १० बजेदेखि नै विद्यार्थीहरुले हल्लाखल्ला गर्दै शिक्षक उपेन्द्रराज पोखरेललाई कारवाही गर्नुपर्ने माग गरिरहेका थिए । सो विरोध कार्यक्रममा अखिल क्रान्तिकारीका नेता प्रकाश बाँस्तोला र नेपाल विद्यार्थी संघका निर्दोषविक्रम पौडेल लगायतका आधा दर्जन विद्यार्थी नेताहरु पनि सहभागी थिए ।
सयौं विद्यार्थीको माझमा मिडियामा ती विद्यार्थी नेताहरुले शैक्षिक क्षेत्रमा गलत कार्य गर्नेलाई जनकारवाही गर्नेसम्मको चेतावनी दिदाँ नजिकैको छोरेपाटन प्रहरी चौकी भने वेखबर थियो । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका आधा दर्जन भन्दा बढि नेताहरु आएर कार्यक्रममा बोलिरहँदा यसको सुईकोसम्म १०० मिटर पर रहेको प्रहरी चौकीले पाउन सकेन । घण्टौंसम्म विद्यालय भित्र बसेर छलफल गरी मुख्यगेटबाट नै ती विद्यार्थी नेताहरु बाहिरिएका थिए ।

अखिल क्रान्तिकारीका नेता प्रकाश बाँस्तोला : छोरेपाटन माध्यमिक विद्यालयमा आज विहान १० बजेदेखि विद्यार्थीहरुले विरोध गरेपछि प्रतिबन्धित अखिल क्रान्तिकारीका नेता प्रकाश बास्तोला लगायतका आधा दर्जन विद्यार्थी नेताहरु छलफलका लागि उपस्थित भएका थिए ।
छलफलमा यसरी शिक्षकले परीक्षामा पास गरिदिन्छु भन्दै रकम असुलेर ट्युशनका नाममा परीक्षामा सोधिने प्रश्नपत्र नै पढाउने, विद्यालय प्रशासनलाई खबरै नगरी परीक्षा लिने लगायतका घटनाले शैक्षिक क्षेत्रमा विकृति झनै मौलाउँदै गएकोले यसको अन्त्यका लागि लडिरहने विद्यार्थी नेताहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !