
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
पोखरा । छोरेपाटन माध्यमिक विद्यालय पोखरा–१७ का एकजना शिक्षकलाई आज विद्यार्थीले कालोमोसो दलेका छन् । कक्षा ११ का विद्यार्थीलाई परीक्षाका नाममा रकम असुल्ने र झुक्याउने काम गरेपछि आक्रोशित विद्यार्थीले शिक्षक उपेन्द्रराज पोखरेललाई कालोमोसो लगाएका हुन् ।
विज्ञान संकायतर्फका गणित विषयमा आंशिक परीक्षा दिने विद्यार्थीलाई पास गरिदिने भन्दै रकम लिएर ट्युसन र परीक्षा लिएका शिक्षक पोखरेललाई नेपाल विद्यार्थी संघ कास्की र अखिल क्रान्तिकारी कास्की लगायतको उपस्थितिमा विद्यार्थीले कालोमोसो लगाएका हुन् । ती शिक्षकले ६ दिन पढाएको पाँच हजारका दरले पैसा लिएका थिए । ती शिक्षकले लिएको परीक्षाका विषयमा विद्यालय प्रशासनलाई केही थाहा नभएको र रकम लिएर झुक्याउने काम शिक्षकले गरेको भन्दै विद्यार्थीहरु आक्रोशित भएर कक्षा ११ का गणित विषयका शिक्षक पोखरेललाई कालोमोसो लगाएका हुन् ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसालले भन्नुभयो–‘शिक्षकले लिएको परीक्षा हो, शिक्षक र विद्यार्थी विचमा के-के भयो त्यो हामीलाई पनि थाहा भएन । पछि एकैचोटी मिडियासहित बाहिरका विद्यार्थी पनि आएर के-के हल्ला गरेका छन् थाहा छैन । हामी अन्यौंलमा नै छौं ।’
छोरेपाटन माविमा उपस्थित अखिल क्रान्तिकारीका नेता प्रकाश बास्तोला ‘मार्शल’ले शिक्षाका नाममा गलत धन्दा र कामहरु गर्ने जो कोहीलाई पनि बाँकी नराख्ने चेतावनी दिनुभयो । अखिल क्रान्तिकारीका नेता मार्शलले भन्नुभयो–‘शैक्षिक क्षेत्रमा देखिएका यस्ता धेरै विकृतिहरुलाई निमिट्यान्न पार्न आवश्यक परेमा जनकारवाहीसम्मको तहमा हामी उत्रिन पछि पर्दैनौं ।’
नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका उपसभापति निर्दोष विक्रम पौडेलले परीक्षाका नाममा हुने गलत कार्यहरुका लागि सम्बन्धित विद्यालयका केन्द्राध्यक्षले समेत नैतिक जिम्मेवारी लिनु पर्ने र यस्ता घटनाहरुमा संलग्नलाई राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखराले तत्कालै कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।
छोरेपाटनमा भएको यस घटनाका विषयमा विद्यालयमा नैं छलफल गर्दै नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका उपसभापति निर्दोष विक्रम पौडेल, नेविसंघका नेताहरु गौरव बराल र सुशान्त पौडेल, नेविसंघ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सभापति शिवम् शाही ठकुरी लगायतले शिक्षक पोखरेलले विद्यार्थीबाट असुलेको रकम फिर्ता गर्नुपर्ने र विद्यालय प्रशासनले वैधानिक रुपमा कक्षा ११ को आंशिक परीक्षा लिनु पर्नेमा जोड दिनुभएको थियो ।
विद्यालयमा हङ्गामा हुँदासँगै भएको छोरेपाटन चौकी वेखबर !
छोरेपाटन माध्यमिक विद्यालयमा विहान १० बजेदेखि नै विद्यार्थीहरुले हल्लाखल्ला गर्दै शिक्षक उपेन्द्रराज पोखरेललाई कारवाही गर्नुपर्ने माग गरिरहेका थिए । सो विरोध कार्यक्रममा अखिल क्रान्तिकारीका नेता प्रकाश बाँस्तोला र नेपाल विद्यार्थी संघका निर्दोषविक्रम पौडेल लगायतका आधा दर्जन विद्यार्थी नेताहरु पनि सहभागी थिए ।
सयौं विद्यार्थीको माझमा मिडियामा ती विद्यार्थी नेताहरुले शैक्षिक क्षेत्रमा गलत कार्य गर्नेलाई जनकारवाही गर्नेसम्मको चेतावनी दिदाँ नजिकैको छोरेपाटन प्रहरी चौकी भने वेखबर थियो । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका आधा दर्जन भन्दा बढि नेताहरु आएर कार्यक्रममा बोलिरहँदा यसको सुईकोसम्म १०० मिटर पर रहेको प्रहरी चौकीले पाउन सकेन । घण्टौंसम्म विद्यालय भित्र बसेर छलफल गरी मुख्यगेटबाट नै ती विद्यार्थी नेताहरु बाहिरिएका थिए ।

अखिल क्रान्तिकारीका नेता प्रकाश बाँस्तोला : छोरेपाटन माध्यमिक विद्यालयमा आज विहान १० बजेदेखि विद्यार्थीहरुले विरोध गरेपछि प्रतिबन्धित अखिल क्रान्तिकारीका नेता प्रकाश बास्तोला लगायतका आधा दर्जन विद्यार्थी नेताहरु छलफलका लागि उपस्थित भएका थिए ।
छलफलमा यसरी शिक्षकले परीक्षामा पास गरिदिन्छु भन्दै रकम असुलेर ट्युशनका नाममा परीक्षामा सोधिने प्रश्नपत्र नै पढाउने, विद्यालय प्रशासनलाई खबरै नगरी परीक्षा लिने लगायतका घटनाले शैक्षिक क्षेत्रमा विकृति झनै मौलाउँदै गएकोले यसको अन्त्यका लागि लडिरहने विद्यार्थी नेताहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप