
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
खोटाङ । भारी वर्षाका कारण घर भत्किएपछि विचल्नीमा परेका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७३ वर्षीय मानबहादुर खत्री र उहाँकी ७१ वर्षीया श्रीमती छलिमायाँ खत्रीका लागि स्थानीय बासिन्दाले चन्दा उठाएरै नयाँ घर निर्माण गरिदिएका छन् । गत असार ३२ गते राति परेको भारी वर्षाका कारण घर भत्किएपछि विचल्लीमा परेका खत्री दम्पत्तीको घर पुनःनिर्माणका लागि आफन्त तथा शुभेच्छुकले चन्दा सङ्कलन गरेर दुईतले नयाँ घर निर्माण गरिदिएका हुन् ।
स्थानीय अभियानकर्मी थिरेन्द्र भट्टराई, बमबहादुर खत्री र सन्तोष केसीको पहलमा चन्दा सङ्कलन अभियान सञ्चालन गरेर प्राकृतिक प्रकोप पीडित खत्री दम्पतीलाई भूकम्प प्रतिरोधक नयाँ घर निर्माण गरिदिएको जनाइएको छ । अभियानका क्रममा खत्री दम्पतीको घर पुनः नर्माणका लागि स्वदेश तथा विदेशबाट रु तीन लाख ६० हजार ८६२ सङ्कलन भएको थियो ।
घर निर्माणका लागि सङ्कलन भएकामध्ये रु तीन लाख २१ हजार ७०८ मै खत्री दम्पतीको नयाँ घर ठडिएको अभियानकर्मी भट्टराईले बताउनुभएको छ । घर भत्किएपछि आवासविहीन बनेर अरुको घरमा बस्दै आएका खत्री दम्पती स्थानीय बासिन्दाले बनाइदिएका नयाँ घरमा हिन्दू परम्पराअनुसार भित्रिएका छन् ।
स्थानीय बासिन्दाले वर्षा याममा पहिरोले बस्नै नमिल्ने अवस्थामा पुगेको खत्री दम्पतीको घरको सट्टा भूकम्प पुनःनिर्माण प्राधिकरणको शैलीमा नयाँ घर निर्माण गरिदिएका छन् । एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पती मात्र बसिरहेका छन् ।
खत्री दम्पतीको दयनीय अवस्था देखेर आफन्तले घर पुनःनिर्माणका लागि स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेका थिए । पहिरो पीडित दम्पतीको घर पुनःनिर्माणका लागि साकेला गाउँपालिकाले पनि रु १५ हजार आर्थिक सहयोग गरेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो ।
अभियानमा हाल यूकेमा रहनुभएकी समाजसेवी ईशा गुरुङले तीज मनाउने खर्च कटाएर वृद्धवृद्धाको घर बनाउन रु २० हजार, दाहाल बन्धुले सञ्चालन गरेको अभियानबाट रु २० हजार, संयुक्त आवाज परिवर्तन समाज नेपालले रु १७ हजार १५५, दाहाल प्रतिष्ठान शाखा खोटाङले रु १० हजार र दाहाल प्रतिष्ठान प्रारम्भिक समिति निर्मलीडाँडाले रु आठ हजार सहयोग गरेको थियो । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर नयाँ घर निर्माण गरिदिएपछि खत्री दम्पती हर्षित बनेका छन् ।
खत्री दम्पतीको घर निर्माण गरेपछि बाँकी रहेको रकम साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँकै ब्रेनहेमरेज पीडित जीतेन्द्रप्रसाद खत्रीलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । घर पुनः निर्माणका क्रममा बाँकी रहेको रु ३९ हजार १५४ मा अन्य रकम थप गरेर ब्रेनहेमरेज पीडित खत्रीलाई उपचार सहयोगस्वरुप प्रदान गर्ने तयारी गरिएको अभियानकर्मी भट्टराईले बताउनुभयो ।
ब्रेनहेमरेज पीडित खत्रीको विगत पाँच महिना अगाडिदेखि काठमाडौँस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । कमजोर आर्थिक अवस्थाका पीडित खत्रीको उपचारमा आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको आफन्तले बताएका छन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान