
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताउनुभएको छ । थकाली समुदायको नयाँ वर्ष २१४८ ल्हाङ ल्हो (गाई वर्ग)को अवसरमा तीन गाउँले थकाली सेवा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशमा विकसित पछिल्लो घटनाक्रमले राष्ट्रिय एकताको आवश्यकता अझ बढेर गएको बताउनुभयो ।
राष्ट्र र राष्ट्रिय अखण्डताको रक्षाका लागि आफूले कैयन यातना सहेको उल्लखे गर्दै प्रदेश प्रमुख शेरचनले भन्नुभयो, “यो बेला धमिलो पानीमा माछा मार्न सकिन्छ भनेर कसैले सपना देखेको छ भने त्यसलाई आम नेपालीको एकताले पराजित गर्नुपर्छ ।”
नेपालका सबै जातजाति र समुदायको एकताले मात्र राष्ट्रियता बलियो हुने बताउँदै उहाँले कुनै पनि किसिमको विदेशी हस्तक्षेप सार्वभौम देशका लागि सह्य नहुने उल्लेख गर्नुभयो । आदिवासी जनजातिका भाषा, धर्म, संस्कार र संस्कृतिको विकासमा राज्यले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले असमानता र विभेदका विरुद्ध धेरै आन्दोलन भएको बताउनुभयो ।
प्रतिनिधिसभाका निवर्तमान सदस्य प्रेमप्रसाद तुलाचनले तीन गाउँले थकाली समुदायको थातथलो रहेको मुस्ताङको विकासका लागि आफूले उच्च महत्वका साथ पहल गर्दै आएको जानकारी दिनुभयो । संविधानसभा सदस्य श्रीमाया थकाली, गण्डकी प्रदेशसभाको विधायन समितिका सभापति मोहन रेग्मी, प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष गणेशलाल थकाली, गण्डकी प्रदेश अध्यक्ष खेम पुन, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तीन गाउँले थकाली सेवा समाजका पूर्वअध्यक्ष वसन्त थकाली, नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखे, सञ्जोग भर्ती थकाली र संस्कृतिकर्मी श्यामप्रसाद भर्ती थकालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन