
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न उद्देश्यअनुरुप यस वर्ष पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण हुने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा बाह्रखरी मिडिया हाउसले उक्त प्रतियोगिता माघ २३ देखि २५ गतेसम्म पोखरामा आयोजना गर्न लागेको आज पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले नियमितरूपमा सञ्चालन गर्दै आइरहेको गल्फ प्रतियोगिता आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पोखरामा आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटनलाई पोखराले विशेषरूपमा चिनाएको छ । अहिले कोभिड–१९ ले सुस्ताएको पर्यटनलाई चलायमानमा गराउन र सकारात्मक सन्देश दिन आमन्त्रण गल्फ प्रतियोगिता पोखरामा गर्न लागिएको हो”, उहाँले बाह्रखरी मिडिया हाउसले अघिल्लो वर्ष सगरमाथा क्षेत्रको विश्वकै सबैभन्दा उचाइमा (४२५० मिटर) गल्फ खेलको आयोजना गरेको र अन्तर्राष्ट्रिय जगत्मा निकै चर्चा पाएका उल्लेख गर्नुभयो ।
पोखरामा हुने प्रतियोगितामा काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिष्पर्धा गराउनुका अतिरिक्त उल्लेखित शहरबाट विशेष पाहुनालाई पनि निमन्त्रणा गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ । पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले माघ २३ गते शुक्रबार साइकल ¥याली आयोजना गर्नेछ ।
गोकर्ण गल्फका अध्यक्ष सुहृद घिमिरेले गल्फबाट अन्तर्राष्ट्रिय जगत्मा पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो । उहाँले नेपालको मौसम १२ महिना गल्फ खेलको लागि उत्कृष्ट रहेको उल्लेख गर्दै नेपाल गल्फको लागि उत्कृष्ट स्थान हो भन्ने सन्देश मात्र दिन सके आउने दिनमा नेपालमा गल्फ खेल्न उच्चकोटीका पाहुना भित्रिने विश्वास गर्नुभयो ।
गोकर्ण गल्फका निर्देशक दीपक आचार्यले नेपालमा गल्फबाट पर्यटन प्रवद्र्धन गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै गल्फ खेलका प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो । हिमालय गल्फ कोर्ष पोखराका निर्देशक किरण केसीले पोखरामा भएको हिमालय गल्फ कोर्षले अन्तर्राष्ट्रिय जगत्मा समेत चर्चा पाइरहेको उल्लेख गर्दै कोभिड– १९ का बीच हुने प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा ‘आइसब्रेक’ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले सुस्ताइरहेको पर्यटनमा गल्फ प्रतियोगिताले पर्यटन पुनरुत्थानका लागि सघाउ पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा फुटबल, क्रिकेटसँग अब गल्फले पनि पोखरालाई चिनाउन सहयोग गर्नेछ । गल्फबाट पनि नेपाललाई विश्वमा चिनाउन सकिन्छ ।” उहाँले यस्ता गतिविधिमा निजी क्षेत्र सँगसँगै राज्यको चासो र अग्रसरताको पनि उत्तिकै खाँचो रहेको बताउनुभयो । बाह्रखरीका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले अनुसार उक्त प्रतियोगितामा ७२ कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् भने अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ