
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताउनुभयो । मन्त्री ढकालले भन्नुभयो, “निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईहरुले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ ।”
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोक्नुभएको थियो । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भए बमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकिएको छ ।
मन्त्री ढकालले राजनीतिभित्रको एउटा कित्तालाई जनभावनाको परीक्षण नगरी सत्ता बाडिचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको बताउनुभयो । “चुनावी प्रक्रियामा किन डराउने, पार्टीभित्र झगडा गर्ने बानी परेका ज्येष्ठ नेतालाई तनाव भएको छ, त्यसैले चुनावको सामना गर्न डराएका छन्,” उहाँले भन्नुभयो ।
उहाँले अघिल्लो निर्वाचनमा राजनीतिक स्थिरताका लागि मत मागेर फरक धारमा अघि बढेको शक्तिलाई समाहित गरेर लैजाने अठोटकासाथ लागिएको भएपनि स्थायित्व र स्थिरताको राजनीति नआएपछि अब स्थिरताको पक्षमा बहुमत प्राप्तिका लागि निर्वाचनमा जान लागिएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रका नेताले काम गर्न नदिएपछि प्रतिनिधिसभा भङ्ग गरेर बाध्यात्मक ढङ्गले निर्वाचनको विकल्पमा जानुपरेको उहाँको तर्क थियो ।
प्रधानमन्त्रीको निर्वाचनमा जाने कदमलाई तानाशायी र प्रतिगमनको सङ्ख्या दिएर प्रचार गर्नेतर्फ इङ्गित गर्दै उहाँले “जनतामा नजाने कुरो गरेर जसरी पनि नेतृत्वमा रहिरहन खोजियो भनेपो तानाशायी हुन्छ ? तर सार्वभौमसत्ता सम्पन्न जनताको जनमत लिन जान खोज्दा कसरी प्रतिगमन भयो ?” भनी प्रतिप्रश्न गर्नुभयो । नेकपाका अर्का कार्यकारी अध्यक्षको ध्यान नै जसरी पनि नेतृत्वमा जाने देखिएकाले पार्टी एकतालाईसमेत बचाउन कठिनाई भएको उहाँको भनाइ छ । उहाँले सरकारको खुट्टा तानेर पाइला सार्न नदिने अनि दुई तिहाइको सरकारले कामै गर्न सकेन भनेर गलत प्रचार गरी हिँड्ने नेताहरुको प्रवृत्तिले पनि अहिलेको अवस्था आएको दोहो¥याउनुभयो ।
स्वास्थ्य मन्त्रालयको बेथिति
मन्त्री ढकालले असहज अवस्थामा स्वास्थ्यमन्त्रीको आफ्नो पाँच महिने कार्यकाल सफल भएको दाबी गर्दै विधि र पद्धत्तिभन्दा पनि अतिरिक्त स्वार्थको रुपमा लामो समयदेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रुमलिएको अवस्थामा आफूले सुधारात्मक कार्य गरेको बताउनुभयो ।
मेसिनरी आंैजार खरिदमा कमिसनको चक्कर आदि कारणले स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रियामा पनि विकृति बढेको उल्लेख गर्दै उहाँले शुुद्धिकरणको यात्रा आरम्भ गरेको बताउनुभयो ।
मन्त्री ढाकालले मुलुक लकडाउनमा रहेका बेला सामग्री ढुवानी गर्न कठिनाई भइरहेको परिस्थितमा पनि आफ्नो पहल कदमीले कोभिड–१९ सँग सम्बन्धीत औषधिजन्य सामग्री ल्याएर विकसित मुलुकको भन्दा सहजरुपमा व्यवस्थापन गरिएको दाबी गर्नुभयो । सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दा पनि एकै पटक गाउँपालिकामा अस्पताल उद्घाटन गरेर स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याएको उल्लेख गर्दै उहाँले शक्तिशाली मुलुकलेसमेत स्वास्थ्य सामग्री नपाएको सन्दर्भमा सरकारले सहजरुपमा सामग्री ल्याएर दायित्व पूरा गरेको बताउनुभयो ।
सरकारले एक चिकित्सक एक स्वास्थ्य केन्द्र पाइलट परियोजनाको शुरुवात गर्नुका साथै मुलुकभरका गाउँपालिकामा पाँच, १० र १५ श्ययाका ३१५ वटा अस्पताल गत मङ्सिर १५ गते एकै दिन उद्घाटन गरेको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ