
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
गलकोट । भूकम्प गएको पाँच वर्षपछि बागलुङमा एकीकृत बस्ती निर्माण शुरु भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई सापकोटा चोकमा एकीकृत बस्ती निर्माण शुरु गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ ।
एकाइ (भवन)का प्रमुख उमेशकुमार चौधरीका अनुसार ढिलै भए पनि एकीकृत बस्ती निर्माण शुरु गरिएको छ । अहिले एकीकृत बस्तीको भुइँतलाको डिपिसी सम्पन्न भएको छ । विसं २०७५ वैशाखमा भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपुर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार रु दुई लाख दिइएको थियो ।
एकीकृत बस्ती निर्माण गर्न प्रतिपरिवार रु तीन लाख र पूर्वाधार निर्माणका लागि प्रतिपरिवार रु चार लाख गरी एकीकृत बस्ती निर्माण सम्पन्न गर्नका लागि प्राधिकरणले जम्मा ९० लाख खर्च गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिनुभयो । पाण्डेका अनुसार पछिल्लो समय बागलुङमा पुनर्निर्माण प्राधिकरणले गति लिएको छ । अहिलेसम्म ६६ प्रतिशतभन्दा बढी निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको छ ।
भूकम्पपीडितको घर धमाधम निर्माण भइरहेको र केही महिनाभित्रै अरु पूर्वाधार निर्माणको कामसमेत शुरु गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का इञ्जिनीयर विक्रम सापकोटा बताउनुहुन्छ । “अहिले डिपिसीको काम भइरहेको छ, आगामी वैशाखभित्रै काम सक्ने लक्ष्य रहेको छ”, सापकोटाले भन्नुभयो, “सँगै बस्तीमा अरु पूर्वाधारको कामसमेत शुरु गरिनेछ ।”
भूकम्पले क्षति पुर्याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले जमिन भासिएपछि स्थानीय १० घरधुरीका बासिन्दा विस्थापित भएका थिए । विस्थापित परिवारलाई लालपुर्जा वितरण गरेको एक वर्षपछि घर निर्माण थालिएको र घर सम्पन्न भइसकेपछि सम्बन्धित परिवारको नाममा लालपुर्जा कित्ताकाट गरिनेछ । आगामी वैशाखभित्रै निजी आवास र पूर्वाधारको निर्माण सकेर हस्तान्तरण गर्ने प्राधिकरणको योजना छ ।
एकीकृत बस्तीमा घरसँगै सडक, विद्युत, खानेपानी, सार्वजनिक शौचालय, सार्वजनिक भवनलगायतका पूर्वाधारसमेत निर्माण गरिनेछ । बस्ती निर्माण स्थलमा सडक नपुगेका कारण निर्माण सामाग्री बोक्न समस्या भएको छ । भूकम्पमा चिरा परेको स्थान छोडेर अन्यत्रै स्थानीयवासीको घरमा आश्रय लिएर बसेका १० दलित परिवारले वैशाखभित्रै नयाँ घर पाउने भएका छन् । “भूकम्प गएको पाँच वर्षसम्म अरुकै घरमा आश्रित लिएर बस्न बाध्य भएका छौँ”, पीडित चिन्ते दमैले भन्नुभयो, “लालपुर्जा हातमा आएर घर निर्माण शुरु हुँदा ढिलै भए पनि नयाँ घर पाउने भएपछि खुसी छौँ ।”
जग्गा खरिद गर्न प्रतिपरिवार रु दुई लाख, पूर्वाधार निर्माणका लागि रु चार लाख तथा नमूना बस्ती निर्माणका लागि रु तीन लाख गरी प्रतिपरिवार रु नौ लाख खर्च लाग्ने छ । बस्ती तल र माथिबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण भएको र भूकम्पले जमिन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूगर्भ विभागको ठहरपश्चात अन्यत्रै एकीकृत बस्ती निर्माण गर्ने सुझावअनुसार प्राधिकरणले बस्ती निर्माण थालेको हो । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार