
१टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
३स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
६गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
७कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
८२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
९गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
१०पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
११३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
१२वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
११रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
नारायण न्यौपाने
नुुवाकोट । राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट मुलुुकको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोरदोहोर गरेका बाटामा गत वर्षदेखि नेपाली सेनाले पदयात्रा गर्दै आएको छ ।
ककनीकी रेनुका लामा रुम्बा भन्नुहुन्छ, “नेपालको गौरवपूर्ण इतिहास जोडिएको एकीकरण मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी आर्थिक समृद्धिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।” एकीकरण मार्गमा सेनाले पदयात्रा सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो, “विगतमा सुनेको विषय अहिले सेनाका कारण प्रत्यक्ष देख्न पाइयो, पृथ्वीनारायणले नेपाललाई एकीकरण गर्नुभएको हो, उहाँ एकीकरणका नायक हुनुहुन्छ, हामीले इतिहासलाई संरक्षण गर्नुपर्छ, ऐतिहासिक चिज वस्तुलाई जोगाउनुपर्छ । शालिक तोडफोड गर्नु गल्ती हो ।”
ककनी गाउँपालिका–५ आज बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणका गणपति प्रमुख सेनानी उमेश श्रेष्ठलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति हस्तान्तरण गरेको थियो । सो अवसरमा दुवै गणका टोलीले सो अवसरमा बाजागाजासहित नाचगान गरी गरेको हर्ष बढाइँमा स्थानीयवासीले साथ दिएका थिए । सो अवसरमा गणपति श्रेष्ठले भन्नुुभयो, “हाम्रा पुर्खाको योगदानलाई जीवन्त तुल्याउन एकता दिवसका अवसरमा एकीकरण मार्गमा पदयात्रा सञ्चालन गरिएकामा स्थानीयवासीबाट कोरोनाको महामारीका बीचमा पनि अत्यन्तै उत्साह र हौसला प्रदान भएको छ ।”
स्थानीयवासी जीवनलाल तामाङले पृथ्वीनारायणले जसरी ससाना राज्यलाई एकीकरण गरेर गरी सबल र बलियो राष्ट्र बनाउनुभएको थियो, त्यसरी नै आज राजनीतिक दलले एकताबद्ध भएर मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ भन्नुभयो ।
उक्त सैनिक पदयात्रा टोलीलाई काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेगढीमा जनप्रतिनिधि र स्थानीयवासीले अक्षता, माला र खादालगाएर स्वागत अभिवादन गरेका थिए । सो अवसरमा त्यहाँका महिलाको नेतृत्वमा रहेको लोकसंस्कृति नौमती बाजा समूहले हर्षाेल्लासका साथ टोलीलाई स्वागत अभिवादन महिला गर्नाका साथै टोलीसँग निकै खुुशीयालीका साथ लोकनृत्य प्रस्तुत गरेको थियो । उक्त बाजा टोलीका सदस्य गीता क्षेत्रीले भन्नुभयो, “शुभ कार्य र पाहुनालाई बाजा बजाएर स्वागत गर्ने पहिलेदेखि रही आएको परम्परा र चालचलनअनुसार हामीले खुशी भएर स्वागत गरेका हौँ, पृथ्वीनारायणको योगदानकै कारण हामीले नेपाली भएर गौरव गर्न पाएका छौँ ।”
उहाँको योगदानको प्रचारप्रसार गर्नाको साटो शालिक तोडफोड गर्ने र पितापुर्खालाई होच्याउने ढङ्गबाट हामीले प्रस्तुत हुन नहुने बताउँदै उहाँले भन्नुभयो, “सबै देशभक्तले राष्ट्रनिर्माताको योगदानलाई सम्मान गरौँ ।” स्थानीयवासी रुद्रप्रसाद घिमिरेले पृथ्वीनारायणले नेपाललाई एक सूत्रमा बाँधेकाले उहाँ हामी सबैका पूजनीय हुनुहुन्छ भन्नुभयो । स्थानीयवासी उत्तम गजुरेलले राष्ट्रिय एकता दिवसमा उहाँको योगदानको स्मरण गर्नाका साथै त्यस बखत नेपाल एकीकरणका सन्दर्भमा प्रयोग भएको बाटालाई पर्यटन पदमार्गका रुपमा विकास गर्नेतर्फ राज्यले सोच बनाउनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “इतिहासलाई मेटाउने काम कसैले गर्नुहुन्न । आन्दोलनका क्रममा कैयौँ युवाले नबुझेर शालिक तोडफोड गरेका हुन सक्छन्, त्यो गल्ती हो ।”
दुई सय ९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आज साँझ हनुमानढोका दरबार आइपुग्दैछ । सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको उक्त टोली गोरखा, धादिङ र नुवाकोटका विभिन्न स्थानमा स्थानीयवासीसँग लोकनृत्य, छलफल र अन्तरक्रिया गर्दै काठमाडौँ उपत्यका प्रवेश गरेको हो ।
हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायतले स्वागत गर्ने र त्यसपछि त्यहाँ तैनाथ शार्दुलजंङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ । राष्ट्रनिर्माता पृथ्वीनारायण नेपालको परिचय र पहिचान भएको र उहाँले त्यसबेला राज्य सञ्चालनका क्रममा भन्नुभएको विषय अहिले पनि उत्तिकै सान्दर्भिक छन् । विसं ११७९ पुुस २७ गते गोरखामा जन्मनुभएका पृथ्वीनारायणको योगदानलाई कदर गर्न उहाँको तस्वीराङ्कित मुद्रा निकाल्न र राष्ट्रिय एकता दिवसका दिन राष्ट्रिय बिदाको घोषणा गर्न आवाज उठ्दै आएको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?