
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
नारायण न्यौपाने
नुुवाकोट । राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट मुलुुकको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोरदोहोर गरेका बाटामा गत वर्षदेखि नेपाली सेनाले पदयात्रा गर्दै आएको छ ।
ककनीकी रेनुका लामा रुम्बा भन्नुहुन्छ, “नेपालको गौरवपूर्ण इतिहास जोडिएको एकीकरण मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी आर्थिक समृद्धिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।” एकीकरण मार्गमा सेनाले पदयात्रा सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो, “विगतमा सुनेको विषय अहिले सेनाका कारण प्रत्यक्ष देख्न पाइयो, पृथ्वीनारायणले नेपाललाई एकीकरण गर्नुभएको हो, उहाँ एकीकरणका नायक हुनुहुन्छ, हामीले इतिहासलाई संरक्षण गर्नुपर्छ, ऐतिहासिक चिज वस्तुलाई जोगाउनुपर्छ । शालिक तोडफोड गर्नु गल्ती हो ।”
ककनी गाउँपालिका–५ आज बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणका गणपति प्रमुख सेनानी उमेश श्रेष्ठलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति हस्तान्तरण गरेको थियो । सो अवसरमा दुवै गणका टोलीले सो अवसरमा बाजागाजासहित नाचगान गरी गरेको हर्ष बढाइँमा स्थानीयवासीले साथ दिएका थिए । सो अवसरमा गणपति श्रेष्ठले भन्नुुभयो, “हाम्रा पुर्खाको योगदानलाई जीवन्त तुल्याउन एकता दिवसका अवसरमा एकीकरण मार्गमा पदयात्रा सञ्चालन गरिएकामा स्थानीयवासीबाट कोरोनाको महामारीका बीचमा पनि अत्यन्तै उत्साह र हौसला प्रदान भएको छ ।”
स्थानीयवासी जीवनलाल तामाङले पृथ्वीनारायणले जसरी ससाना राज्यलाई एकीकरण गरेर गरी सबल र बलियो राष्ट्र बनाउनुभएको थियो, त्यसरी नै आज राजनीतिक दलले एकताबद्ध भएर मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ भन्नुभयो ।
उक्त सैनिक पदयात्रा टोलीलाई काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेगढीमा जनप्रतिनिधि र स्थानीयवासीले अक्षता, माला र खादालगाएर स्वागत अभिवादन गरेका थिए । सो अवसरमा त्यहाँका महिलाको नेतृत्वमा रहेको लोकसंस्कृति नौमती बाजा समूहले हर्षाेल्लासका साथ टोलीलाई स्वागत अभिवादन महिला गर्नाका साथै टोलीसँग निकै खुुशीयालीका साथ लोकनृत्य प्रस्तुत गरेको थियो । उक्त बाजा टोलीका सदस्य गीता क्षेत्रीले भन्नुभयो, “शुभ कार्य र पाहुनालाई बाजा बजाएर स्वागत गर्ने पहिलेदेखि रही आएको परम्परा र चालचलनअनुसार हामीले खुशी भएर स्वागत गरेका हौँ, पृथ्वीनारायणको योगदानकै कारण हामीले नेपाली भएर गौरव गर्न पाएका छौँ ।”
उहाँको योगदानको प्रचारप्रसार गर्नाको साटो शालिक तोडफोड गर्ने र पितापुर्खालाई होच्याउने ढङ्गबाट हामीले प्रस्तुत हुन नहुने बताउँदै उहाँले भन्नुभयो, “सबै देशभक्तले राष्ट्रनिर्माताको योगदानलाई सम्मान गरौँ ।” स्थानीयवासी रुद्रप्रसाद घिमिरेले पृथ्वीनारायणले नेपाललाई एक सूत्रमा बाँधेकाले उहाँ हामी सबैका पूजनीय हुनुहुन्छ भन्नुभयो । स्थानीयवासी उत्तम गजुरेलले राष्ट्रिय एकता दिवसमा उहाँको योगदानको स्मरण गर्नाका साथै त्यस बखत नेपाल एकीकरणका सन्दर्भमा प्रयोग भएको बाटालाई पर्यटन पदमार्गका रुपमा विकास गर्नेतर्फ राज्यले सोच बनाउनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “इतिहासलाई मेटाउने काम कसैले गर्नुहुन्न । आन्दोलनका क्रममा कैयौँ युवाले नबुझेर शालिक तोडफोड गरेका हुन सक्छन्, त्यो गल्ती हो ।”
दुई सय ९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आज साँझ हनुमानढोका दरबार आइपुग्दैछ । सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको उक्त टोली गोरखा, धादिङ र नुवाकोटका विभिन्न स्थानमा स्थानीयवासीसँग लोकनृत्य, छलफल र अन्तरक्रिया गर्दै काठमाडौँ उपत्यका प्रवेश गरेको हो ।
हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायतले स्वागत गर्ने र त्यसपछि त्यहाँ तैनाथ शार्दुलजंङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ । राष्ट्रनिर्माता पृथ्वीनारायण नेपालको परिचय र पहिचान भएको र उहाँले त्यसबेला राज्य सञ्चालनका क्रममा भन्नुभएको विषय अहिले पनि उत्तिकै सान्दर्भिक छन् । विसं ११७९ पुुस २७ गते गोरखामा जन्मनुभएका पृथ्वीनारायणको योगदानलाई कदर गर्न उहाँको तस्वीराङ्कित मुद्रा निकाल्न र राष्ट्रिय एकता दिवसका दिन राष्ट्रिय बिदाको घोषणा गर्न आवाज उठ्दै आएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर