
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
बडा दशैंको पहिलो दिन आज घटस्थापनाबाट पुनः निर्भीक पत्रकारिताको यात्रा शुरु गरिएको छ । हाम्रो समाजमा रहेका रावण र महिषासुर रुपी दैत्यहरुको अन्त्यका लागि शस्त्र पुजन याने कि “डन न्यूज”को शुभारम्भ आजबाट हामीले गर्दैछौं । प्राचीन कालमा यसै दिन विजयको प्रार्थना गरेर रण–यात्राको लागि प्रस्थान गरिन्थ्यो । कलमरुपी यस शस्त्र र अस्त्रलाई बोकेर समाजमा देखिएका विकृति, विसंगति, भ्रष्टाचार, अनियमिता, अन्याय, अत्याचार, दमन र शोषणका विरुद्धमा कडा भन्दा कडा रुपमा हामी प्रस्तुत हुने प्रण गर्दछौं ।
२०६८ साल फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर सञ्चालनमा ल्याईएको ‘डन न्यूज डेली’ले जसरी कलमरुपी शस्त्र निर्भीकताका साथ चलायो, पुनः त्यही यात्रालाई हामीले आज घटस्थापनाका दिनबाट निरन्तरता दिदैंछौं । हरेक क्षेत्रमा वेथिति व्याप्त छ । ‘डन न्यूज’ एक्लैले मात्र सबै वेथिति र समस्या समाधान गर्न सम्भव छैन । तर जति सकिन्छ त्यो ईमान्दारिताका साथ गर्ने प्रण गर्दछौं । विभिन्न आवरणमा हाम्रो समाजभित्र लुकेका भ्रष्ट, दलाल, माफिया, गुण्डा, अपराधी, पतित र व्यभिचारीमाथि हाम्रो निर्मम प्रहार हुनेछ । पत्रकारिताको आचारसंहिता र प्रचलित कानुनको परिधिभित्र रहेर गलत यस्ता पात्रहरुको हरेक धन्दामाथि हामी निगरानी र चिरफार गर्नेछौं । यस्ता खराब पात्र र प्रवृत्तिहरुको विषयमा डन न्यूजमा तपाईहरुले खुलेर विश्वासका साथ सूचना तथा जानकारी दिन सक्नुहुनेछ । हामी गोपनियताको पूर्ण रक्षा गर्नेछौं ।
अन्त्यमा, विविध प्राविधिक कारणवश हामीले डन न्यूज डेलीलाई छापा माध्यमका रुपमा अघि बढाउन नसके पनि डिजिटल पत्रिकाकैं रुपमा ‘डन न्यूज’लाई फेरि तपाईहरु माझ ल्याउन पाउँदा हामीलाई धेरै खुशी लागेको छ । हामीले समाजलाई दिने भनेको सही सूचना र जानकारी नैं हो । जसका कारण एक ईमान्दार, कर्मठ र मेहनती नागरिकले यो समाजमा शिर उठाएर हिड्न सकोस् र गलत प्रवृत्तिका पात्रहरुले शिर झुकाएर हिड्न परोस् । हामी सर्वसाधारण जनताको पक्षमा सदा उभिनेछौं । जनपक्षीय पत्रकारिता नै हाम्रो मूल धर्म र मर्म हो । दवाव, प्रभाव र प्रलोभनमा हामी कहिल्यै फस्ने छैनौं । यो हाम्रो प्रतिवद्धता पनि हो । चूनौंती र कठिनाईसँग पौठेजोरी खेल्न रुचाउने यस ‘डन न्यूज’ले आगामी दिनमा अझै सशक्त, दमदार र शानदार रुपमा आफ्नो यात्रालाई अगाडि बढाउने छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति