News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

त्रिवि परिसरमा आंशिक प्राध्यापकको शङ्खनाद  

'सम्झौंता कार्यान्वयन गर्नुपर्ने, विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्ने माग'

विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरु राखेर प्राध्यापकहरु आजबाट त्रिवि परिसरमा धर्नामा बसेका हुन् । तस्विर साभार: हरेकपलन्यूज डटकम

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको आंशिक प्राध्यापक सङ्घले प्रक्रिया पूरा गरी स्थायी गर्न माग गर्दै आज कीर्तिपुरस्थित विश्वविद्यालयको उपकुलपतिको कार्यालय परिसरमा आज शङ्खनाद गरेको छ ।

सङ्घको जारी आन्दोलनका क्रममा बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म त्यहाँ सहभागी करिब १०० आंशिक प्राध्यापकले शङ्ख बजाएर आवाज उठाएका थिए । सङ्घका प्रचार विभाग सदस्य सुरेश भट्टराईले आफूहरुले समान कामका लागि समान दामका लागि आन्दोलन गरेको बताउनुभयो । सो विश्वविद्यालयमा हाल करिब दुई हजार आंशिक कार्यरत छन् ।

आंशिक प्राध्यापकहरुले एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण प्राध्यापकहरुलाई करार गर्नुपर्ने माग राखेका छन् । विगत १५ वर्षदेखि आंशिक प्राध्यापकहरु आन्दोलनरत भएपनि सम्झौताहरु कार्यान्वयन हुन नसकेको आंशिक प्राध्यापक संघका प्रवक्ता मोहन घिमिरेले बताउनुभयो । आंशिक प्राध्यापक संघका प्रवक्ता घिमिरेले सम्झौंता कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने अडान व्यक्त गर्नुभयो ।

वार्ता टोलीका सदस्य एवं संघका महासचिव राजेन्द्र गिरीले लामो समयदेखि प्राध्यापकहरु आन्दोलनरत भए पनि समस्या समाधानका लागि त्रिविले चासो नदिएकोमा दुःख व्यक्त गर्नुभयो । अहिले ९० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकहरुले लिनुपर्ने बाध्यता भए पनि काम अनुसारको पारिश्रमिक नपाउनु श्रम तथा वौद्धिक शोषण भएको बताउनुभयो ।

त्रिवि परिसरमा धर्ना दिदैं प्राध्यापक संघले विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरु राखेको छ ।

प्रतिक्रिया