• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तर्राष्ट्रिय क्राईम–न्यूज समाचार

    बन्दुकधारीद्वारा पाकिस्तानमा ११ मजदुरको हत्या

    'कोइलाखानीका मजदुरहरुलाई अपरिचित लडाकूहरुबाट गोली प्रहार'

    इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ ।

    कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् ।

    बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताउनुभयो ।

    घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन ।

    घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन् । सिन्ह्वा