
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा । पोखरा उद्योग वाणिज्य संघको यही पुस २४ र २५ गते हुने ३३ औं महाधिवेशनका लागि अध्यक्ष पदमा नारायण कोइराला र विन्दु कोइराला सुवेदीले उमेद्वारीको घोषणा गर्नुभएको छ । उमेद्वारी घोषणासँगै यतिबेला उमेद्वारहरु व्यवसायीहरु माझ घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।
अध्यक्ष पदका लागि नारायण कोइरालाले आफूसहित प्यानलको घोषणा गर्नुभएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, वाणिज्य अन्तरगत उपाध्यक्षतर्फ अर्जुन पोखरेल र उद्योगतर्फ चिनुकुमारी गुरुङ रहनु भएको छ । वरिष्ठ उपाध्यक्षमा प्रजापति निर्विरोध घोषित भईसक्नु भएको छ ।
त्यसैगरी महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री रहनु भएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा कुमारी मुना बाँस्तोला, दिनेशचन्द्र बाँस्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिवल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला रहनु भएको छ । कर्पोरेट सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज)को उमेदवारी परेको छ ।
अर्का अध्यक्षका प्रत्यासी विन्दु कोइराला सुवेदीले स्वतन्त्र प्यानलबाट आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो । सो प्यानलले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी भने दिएको छैन । उक्त पदमा कोइराला प्यानलका प्रजापतिलाई नै समर्थन गरिएको छ । त्यस्तै, उद्योगतर्फका उपाध्यक्षमा यसअघि नै २ जनाको उम्मेदवारी परेकाले यसमा पनि उम्मेदवारी दिईएको छैन ।
वाणिज्यतर्फका उपाध्यक्षमा सोभित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्ष तारानाथ ढुंगाना र उपमहासचिवमा धर्मराज बाँस्तोलाले उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तमसेवक कार्कीले उम्मेदवारी घोषण गर्नुभएको छ ।
पोखरा उद्योग वाणिज्य संघको चुनावमा यसपटक राजनीतिक दलको चलखेल शुन्य देखिएको छ । सत्तारुढ नेकपामा देखिएको विभाजनका कारण अघिल्ला वर्षमा जस्तो कडा प्रतिस्पर्धा यसपटक भने देखिदैंन । तर नेपाली काँग्रेस निकट मानिएका दुवै अध्यक्षका दावेदार नारायण कोइराला र विन्दु कोइराला सुवेदी चुनावी मैदानमा भिड्दैछन् ।
तर यसपटक चुनिने अध्यक्षलाई व्यवसायीहरुको मात्र होइन, आफ्नै लथालिङ्ग भएको संघको आन्तरिक व्यवस्थापन नै प्रमुख चूनौतीका रुपमा खडा भएको छ । केही वर्ष यतादेखि पोखरा उद्योग वाणिज्य संघ आर्थिकरुपमा चरम संकटमा गुज्रिरहेको छ । साथै विभिन्न विवादहरुमा मुछिएको संघ र धुमिल भएको यस संस्थाको छविलाई जोगाउनु नै अब निर्वाचित हुने कार्यसमितिको प्रमुख चूनौंती हो ।
उत्तममान बुद्धाचार्य कार्यसमिति सदस्य पदमा स्वतन्त्र रुपमा भिड्दै
त्यसैगरी स्वतन्त्र रुपमा कार्यसमिति पदमा उत्तममान बुद्धाचार्यले पनि उमेद्वारी दर्ता गराउनु भएको छ । एलिगेन्स ट्रेड सेन्टर र पोखरा एफएमका सञ्चालक बुद्धाचार्यले स्वतन्त्र रुपमा उमेदवारी घोषणा गर्नुभएको हो । विश्व शान्ति स्तुप समितिका अध्यक्ष, युवा वौद्ध संघका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ लेकसिटीका पूर्वअध्यक्ष, धर्मोदय सभा कास्कीका उपाध्यक्ष, क्षेत्रीय रक्त सञ्चार केन्द्रका पूर्व सदस्य एवम् दर्जनौं सामाजिक संघसंस्थामा बुद्धचार्य आवद्ध हुनुहुन्छ । आध्यात्मिक, वौद्धिक र सञ्चारउद्यमीको रुपमा चिनिनु भएका बुद्धाचार्यले व्यवसायीको हक, हित र संरक्षणमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !