
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
पोखरा । ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै उहाँले जनताको लामो समयदेखिको संघर्षको उपलब्धिलाई रक्षा गर्नका लागि प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको उल्लेख गर्नुभयो । ओली नेतृत्वको सरकारले देशका विभिन्न समस्या समाधान गर्दै अघि बढेको बताउँदै उहाँले कोरोना रोकथाम र नियन्त्रणमा पनि सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासको गति बढेको देख्न नचाहनेले सरकार र पार्टीलाई विभिन्न तबरबाट दुःख दिएको उल्लेख गर्नुभयो । जनप्रतिनिधिलाई पार्टीमा सङ्गठित भएर लाग्न निर्देशन दिँदै उहाँले उपलब्धिको रक्षा र समृद्धिको यात्रालाई निरन्तरता दिन नयाँ जनादेशमा जानुपरेको बताउनुभयो ।
पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले ओली नेतृत्वको सरकारले गरेका विकास निर्माण लगायतका कामबाट अत्तालिएर पार्टी तथा सरकार भित्र किचलो पारिएको सुनाउनुभयो । पूर्वमन्त्री खगराज अधिकारीले राष्ट्रियताको पहरेदार एवं समृद्धिको अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नभएको भनेर संसद् विघटन गरेको बताउनुभयो ।
विघटित प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले नेकपालाई जनताले विश्वास र भरोसा गरेको बताउँदै सरकारलाई पार्टीभित्रैबाट असहयोग गरेको बताउनुभयो । पार्टी केन्द्रीय सदस्य एवं कास्कीका अध्यक्ष कृष्ण थापालगायतले निर्वाचनका लागि आ-आफ्नो क्षेत्रमा सङ्गठित भएर लाग्न अनुरोध गर्नुभयो । रुपा गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई टिका र खादालगायर स्वागत गरिएको थियो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’