
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
काठमाडौं, १७ पुस । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी परेका छन् । नेकपालाई फूटबाट बचाउनको लागि आफूहरुले धेरै पहल र जोड दिएको भएपनि उक्त प्रयास सफल हुन नसकेको उनको भनाई छ ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सिंहले नेकपा फूटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गरे । उनले भने,‘नेकपाको यो फूट अराजनीतिक प्रकारको छ, यसले देशलाई दीर्घकालिन असर पारेको छ, यसको पहिलो परीणाम संसद विघटन भयो । कोरोनाले मुलुकलाई दीर्घकालिन असर पारेको बेला र राष्ट्रियतामाथि गम्भीर संकट आएको बेला, नेकपा फुट्नु दुःखद् छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय राजावादीहरु प्नि सलबलाएको र उनीहरुको चलखेल सुरु भएकोले गणतन्त्र÷धर्मनिरपेक्षता र संघीयता पक्षधर शक्तिहरुबीच बलियो एकता आवश्यक रहेको औंल्याए । उनले नेकपा फूटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको पनि दाबी गरे । उनले ओलीले विधि र प्रक्रियालाई आत्मसात् नगरेको गुनासो पोखे । उनले पार्टीभित्र विधि र प्रक्रिया हुने र बहुमत र अल्पमतपनि ओलीले नअपनाएको आरोप लगाए ।
नेपालमा धेरै अन्तरकलह र राजनीतिक अस्थिरता सिर्जना गर्न विदेशी शक्तिहरु उद्धत रहेको पनि उनको भनाई छ । उनले भने,‘जसरी भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले नेपालमा रहस्यमयी भ्रमण गरे, यो आपत्तिजनक छ । भारत नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छ । राजसंस्था ल्याउच चाहन्छ् । अमेरिकाको पनि आफ्नै स्वार्थ छ । अमेरिकी सहयोग सम्झौता एमसीसी ईण्डो–प्यासिफिक स्ट्राटेजीअन्तर्गत नै हो । ओली सरकारले एमसीसी पारित गर्न पूरा प्रयत्न गरेको थियो । नेकपा फुटपछि चीनको पनि भूमिका बढेको छ । चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेर फर्किएको छ ।’
उनले नेपालमा अहिले भैरहेको राजावादीहरुको आन्दोलनमा बाहृय शक्तिको हात रहेको आरोप लगाए । उनले भने,‘राजावादीहरु आफ्नो शक्तिमा सडकमा आएका होईनन् । यसमा भारतको हात छ । भारतीय सत्तारूढ शक्ति नेपाललाई हिन्दूराष्ट्र बनाएर आफ्नो देशमा पनि प्रभाव पार्न चाहन्छ ।’ उनले नेपालमा जतिपनि संकट आएका छन्, ती सबै संकटलाई आफूहरुले पार लगाएको पनि विश्वास दिलाए । उनले भने,‘अहिलेको स्थितिलाई पनि हामीले सामना गरेर यो स्थितिबाट मुलुकलाई पार लगाउँछौं ।’
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको कारण आफ्नो पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको उनले स्पष्ट पारे । र, सरकारविरुद्ध आन्दोलनसमेत सुरु गरिएको उनले जनाए । उनले भने,‘हाम्रो शक्ति सानो छ, तर विचार र नीति भने स्पष्ट छ । सरकारविरुद्ध सुरु गरिएका आन्दोलनमा हाम्रो साथ र समर्थन छ । प्रचण्ड पक्ष, नागरिक समाजले सुरु गरेका आन्दोलनमा हाम्रो समर्थन हुन्छ ।’ उनले ओली सरकार जनताको शक्तिको अघि धेरै दिन नटिक्नेसमेत दाबी गरे । उनले भने,‘ओली सरकार जनताको शक्तिसामू पराजित हुनेछ । प्रतिगमनकारी शक्ति अवश्य पराजित हुन्छन् ।’ उनले नेकपालाई आफूहरुले कम्युनिष्ट पार्टी नै नमानेको पनि स्पष्ट पारे ।
उनले आफूलाई काम गर्न दिईएन भन्ने प्रधानमन्त्री ओलीको दाबीमा कुनै सत्यता नभएको पनि जिकिर गरे । उनले भने,‘ओलीको कदम असंवैधानिक छ । ओली सरकारले काम गर्न नसक्नुको कारण उसको नीति नै गलत छ । उसको कार्यनीति नै प्रष्ट छैन् ।’ मुलुकमा चलेको अहिलेको प्रतिगमनको हावाको पछाडि ओली नै मुख्य दोषी रहेको पनि उनको गम्भीर आरोप छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर