News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्वार्ता

‘सूचनाको तागत अनुपम र भयानक दुवै हुन्छ’-विप्लव

सुघेर, कोट्याएर थाहा पाउनु पर्ने वार्ता अपिल ! कस्तो अपिल ! : महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर दलाल पूँजीवादी सत्ता फाल्ने र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने भन्दै क्रान्तिमा होमिएको नेपाल कम्युनिष्ट पार्टीलाई वर्तमान सरकारले प्रतिबन्ध नै लगाएको छ । त्यहीँ प्रतिबन्धित पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग वर्तमान सरकारका गतिविधिहरुप्रति पार्टीको धारणा, प्रधानमन्त्रीद्वारा वार्ताका लागि गरिएको घुमाउरो आह्वान, जनक्रान्तिको हालको अवस्था र प्रहरी थुना/कारागारमा रहेको कार्यकर्ताहरुको अवस्थाका विषयमा केन्द्रीत रहेर डन न्यूजका लागि प्रधान सम्पादक राजेन्द्र अधिकारीले गर्नुभएको कुराकानीको सार संक्षेपः

डन न्यूज : नेपाली जनताको सुख, समृद्धि, स्वाधीनताको लागि क्रान्तिको पूर्णता र वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ भन्ने तपाईंहरूको दृष्टिकोणमा आजको परिवेशमा जनता पनि सहमत बन्दै गएको देखिन्छ तर क्रान्ति कै लागि वातावरण नबनिसकेको हो कि, कस्तो विश्लेषण गर्नु भएको छ ?
विप्लव : सही हो, क्रान्ति र राज्य व्यवस्थाको सवाल जनता कै विषय हो । जनताले के सही छ र के छैन भन्ने विषय ढिलोचाँडो बुझिनै हाल्छन् । पार्टीले त केवल जनतालाई सुख, संमृद्धि र स्वाधीनताको मार्ग देखाउने मात्र हो । जब जनताले आफ्नो मुक्तिका लागि क्रान्तिको आवश्यकता महसुस गर्छ तब क्रान्ति अगाडि आइ छोड्छ । आजको परिस्थिति हामीले भने कै दिशातिर बढ्दै छ । ज्वालामुखी विष्फोटको प्रतीक्षाम जनता छन् ।

डन न्यूज : तपाईले सबै अग्रगामी, प्रगतिशील, वामपन्थी, देशभक्त, लोकतान्त्रिक शक्तिसँग नयाँ आधारमा नयाँ पहल गर्नुपर्ने विचार राख्नु भएको थियो यसको अन्तर्य के हो ?
विप्लव : हो, देशमा देखापरिरहेका आर्थिक, राजनीतिक, शैक्षिक, स्वास्थ्य, जातीय, लिङ्गीय, राष्ट्रियताका समस्यालाई आधार बनाएर नयाँ निकासमा पुग्न नयाँ सहकार्यको आवश्यकता छ । यस्तो सहकार्य विगतका मान्यतामा खुम्चिएर हुँदैन, नयाँ राजनीतिक, आर्थिक मान्यताहरू विकास गरेर जानसक्नु पर्छ । यस्तो सम्भावना देखा परिरहेका छ । हामीले यसैलाई उठाउन खोजेका हौं ।

डन न्यूज : के सयुक्त मोर्चा र सहकार्यबारे कुनै नयाँ उपलब्धि हुँदै गएका छन् त ? तपार्इंहरूले कम्युनिस्टहरूलाई क्रान्तिमा एकतावद्ध गर्न खोज्दै हुनुहुन्छ भन्ने सुनिन्छ के त्यस्तो सम्भावना छ ?
विप्लव : पक्कै पनि वास्तविक कम्युनिस्ट आदर्शमा हिडेका क्रान्तिकारीहरू वामपन्थी शक्ति, कम्युनिस्ट व्यक्तित्वहरू नयाँ आधारमा एकतावद्ध र धु्रवीकृत हुनु पर्छ भन्ने वस्तुगत माग छ । कैयौं मित्र र कमरेडहरूसँग छलफल चलिरहेको छ । विभिन्न खालका सहकार्यहरू भइरहेका छन् । नयाँ आधारहरू पनि बन्दै गएका छन् । हामी एकदमै आशावादी र उत्साहित छौं ।

हाम्रो विचारलाई जेलका भित्ता र नेलका साङ्लाले रोक्नछेक्न सक्दैन् । अझै पनि कमरेड सुदर्शन, अनील, वीरजङ्ग, ओम पुन, रणवीर, माइला लामा, आदर्श, दीपेश लगायत सयौं जना नेता कार्यकर्ताहरूले कठोर जेल जीवन बिताइरहनु भएको छ । तर कमरेडहरूले जेलको मोर्चाबाट क्रान्ति हाँकी रहनु भएको छ । कमरेड वीरजङ्ग, लालबहादुर वीसी, कमरेड ङ्ंगमलगायतलाई कोरोना महामारीले समात्यो तै पनि उहाँहरू अविचल लडिरहनु भएको छ । हामी क्रान्तिका सबै जोदाहा कमरेडहरूलाई सलाम र सम्मान गर्न चाहन्छौं । हामी जहाँ भएपनि कम्युनिस्टहरूको महान् आदर्श वैज्ञानिक समाजवाद–साम्यवादमा दृढ रहनुपर्छ । क्रान्तिले नै सबै किसिमका दमन र अबरोधहरूबाट मुक्त गर्छ ।

डन न्यूज : यसअघिका थुप्रै क्रान्तिमा धोका खाएका जनताले के फेरि क्रान्तिलाई साथ देलान ?
विप्लव : जनतालाई पटकपटक धोका दिएर शोषणकारी व्यवस्था चलाउनु पुँजीवादी वर्गको चरित्र हो भने हरेक धोका वेइमानीलाई क्रान्तिद्वारा समाधान गर्नु जनताको चरित्र हो । धोकाले केही समय जनतामा वेचैनी, असन्तुष्टि देखिने भएपनि क्रान्तिकारीहरूको अगुवाईमा जनताले त्यसमाथि विजय हाँसिल गरिहाल्छन् । जस्तो कि हाम्रो पार्टी जनताकै बीचमा बसेर कठोर मेहनत र सङ्घर्ष गरिरहेको छ र जनताको न्यानो माया निरन्तर पाइरहेको छ ।

डन न्यूज : पार्टीका हजारौं कार्यकर्ता समातिए, अहिले पनि सयौंको सङ्ख्यामा नेता कार्यकर्ता जेलनेल झेलिरहेका छन्, उनीहरूलाई के सन्देश दिनुहुन्छ ?
विप्लव : हाम्रो विचारलाई जेलका भित्ता र नेलका साङ्लाले रोक्नछेक्न सक्दैन् । अझै पनि कमरेड सुदर्शन, अनील, वीरजङ्ग, ओम पुन, रणवीर, माइला लामा, आदर्श, दीपेश लगायत सयौं जना नेता कार्यकर्ताहरूले कठोर जेल जीवन बिताइरहनु भएको छ । तर कमरेडहरूले जेलको मोर्चाबाट क्रान्ति हाँकी रहनु भएको छ । कमरेड वीरजङ्ग, लालबहादुर वीसी, कमरेड ङ्ंगमलगायतलाई कोरोना महामारीले समात्यो तै पनि उहाँहरू अविचल लडिरहनु भएको छ । हामी क्रान्तिका सबै जोदाहा कमरेडहरूलाई सलाम र सम्मान गर्न चाहन्छौं । हामी जहाँ भएपनि कम्युनिस्टहरूको महान् आदर्श वैज्ञानिक समाजवाद–साम्यवादमा दृढ रहनुपर्छ । क्रान्तिले नै सबै किसिमका दमन र अबरोधहरूबाट मुक्त गर्छ ।

हो मानवधिकारका सन्दर्भमा प्रधानमन्त्रीले पहिचान नखुलेको वार्ताको चर्चा गरेको सुनियो । रातोपाटी लगायतले छेउबाट खुलाइदिन खोजेको पनि पाइयो तर सुघेर, कोट्याएर थाहा पाउनु पर्ने वार्ता अपिल ! कस्तो अपिल !

डन न्यूज : माओवादी आन्दोलनमा धोका भएपछि युवाहरूमा निराशा र पलायनता छायो, अहिले नयाँ जागरण देखिदै छ, क्रान्तिबारे युवाहरूलाई कसरी विश्वस्त पार्नु हुन्छ ?
विप्लव : सारा युवाहरूले सोच्नुपर्छ हामीे केवल अरूका लागि मात्र श्रम गर्न जन्मिएका होइनौं, श्रमिकमात्र बनाएर चुस्ने पुँजीवादी दुनियाँ बदलेर साथै श्रमलाई आप्mनै लागि प्रयोग गरेर श्रमिकहरूको सुन्दर संसार निर्माण गर्न सक्छौं । केबल क्रान्तिमात्र त्यो सभ्य समाजवादी संसारमा पुग्ने बाटो हो । गन्तव्यमा पुग्न युवाहरू थाक्नु हुँदैन् । थाकेका पैतालाहरू फेरि एकपटक जुर्मुराउनेछन् ।

डन न्यूज : एकीकृत जनक्रान्तिमा युवा विद्यार्थी, मजदुर, किसान, मध्यमवर्गलाई जोड दिने गर्नुभएको छ, यसको महत्व क्रान्तिमा किन छ ?
विप्लव : स्कुल, कलेज, विश्वविद्यालय, कलकारखाना, माटोमा श्रम गर्ने मान्छे, मध्यमवर्ग सबैको क्रान्तिमा महत्व छ । दलाल पुँजीवादलाई मिल्काउन, आमूल परिवर्तनको आन्दोलनमा सहभागि बन्न अपरीहार्य भएको छ । नेपालको सन्दर्भमा यो शक्तिले काँध नथापेसम्म देश र जनताले निकास, परिवर्तन र शान्ति पाउँदैन । क्रमशः यो वातावरण बन्दै गएको छ ।

डन न्यूज : बाहिर सरकार र नेकपाबीचमा छलफल चलेको छ, वार्ता हुँदैछ भन्ने पनि सुनिन्छ के हो ?
विप्लव : हामीले स्पष्ट रूपले भनेका छौं, वार्ताको सवाल हाम्रो मात्र विषय होइन आमजनतासँग जोडिएको विषय हो । यो कुनै गुपचुप, रहस्यमय तरिकाले गर्ने मामिला पनि होइन । देशको राजनीतिक परिस्थितिबारे विभिन्न व्यक्तित्व, नेता, बुद्धिजीवीहरूसँग अनौपचारिक ढङ्गले परोक्ष, अपरोक्ष छलफल हुने विषय स्वभाविक हुन्छ । तर औपचारिक रूपले अगाडि नआएसम्म गरिने प्रचार केवलप्रचार मात्र हुन् ।

डन न्यूज : प्रधानमन्त्रीले असोज १६ गते तपाईहरूको नामै नलिएर वार्ताको लागि अपिल गरेको जस्तो देखियो, सञ्चार माध्यममा प्रचार पनि भयो यसबारे केही बताइदिनुस न ?
विप्लव : हो मानवधिकारका सन्दर्भमा प्रधानमन्त्रीले पहिचान नखुलेको वार्ताको चर्चा गरेको सुनियो । रातोपाटी लगायतले छेउबाट खुलाइदिन खोजेको पनि पाइयो तर सुघेर, कोट्याएर थाहा पाउनु पर्ने वार्ता अपिल ! कस्तो अपिल !

डन न्यूज : पार्टीमा शुद्धीकरण चलाउनु भएको छ, कैयौं कार्यकर्ताहरू केही कमिकमजोरीका बावजुद पार्टीमा फर्किने र काममा जोडिने गरेको देखियो यसबारे केही राखिदिनुस न ?
विप्लव :वास्तवमा पार्टी भनेको रूपान्तरणको साधन हो । कम्युनिस्ट नभएकालाई कम्युनिस्टमा रूपान्तरण गर्नु र कम्युनिस्ट बनेकालाई असल कम्युनिस्टमा रूपान्तरण गर्नु पार्टीको जिम्मेदारी हो । हाम्रो पार्टीमा रूपान्तरणको प्रक्रिया चलिरहेको छ । गल्ती गर्ने कमरेडहरूले गल्ती महसुस गर्दै आफूलाई एकीकृत जनक्रान्तिमा समाहित गरिरहनु भएको छ । पार्टी आफैँ पनि शुद्धीकृत र सुदृढीकृत हुँदै बढिरहेको छ ।

डन न्यूज : सरकारी नेकपा फुटको संघारमा पुगेर मिल्यो फेरि विवाद चलिरहेको सन्दर्भलाई कसरी लिनु भएको छ ?
विप्लव : डबल या सरकारी नेकपा मिल्नु या फुट्नुको खासै अर्थ छैन । उसले आफ्नो औचित्य जनतामा गुमाइ सकेको छ । करिब तीन बर्षसम्म उनीहरू नाङ्गो भुतुङ्गो भएर लड्ने र जनताले तमासा हेर्ने भन्दा अरू के भएको छ र ! जनताले त उनीहरूलाई बुझ्दै गएका छन् । त्यहाँभित्रका इमान्दार नेता कार्यकर्ताले दलाल पुँजीवादी संसदीय गोलचक्करबाट आफूलाई मुक्ति गर्दै क्रान्तिकारी आन्दोलनमा समाहित गर्नुपर्दछ ।

जहाँसम्म भ्रष्ट, बलात्कारी, जातिवादी अत्याचारी, कालाबजारीहरूलाई कार्यवाही बढाउने कुरा छ जनभावनाअनुरुप पार्टीले कदमहरू चाल्दै जाने छ । यसको अभिलेख र हिसाबकिताव हामीसँग छ । समयले भुक्तानी माग्नेछ ।

डन न्यूज : बाढीपहिरोले देशमा ठूलो क्षति ग¥यो, सरकारले कुनै प्रभावकारी काम गर्न सकिरहेको छैन, तपाईहरूको सोच के छ ?
विप्लव :सरकार प्रतिक्रियामा मात्रै सीमित छ । जनताले बाढी पहिरोको खतरा देखेर सुरक्षा गरिपाउँ भनेर निवेदन दिँदासमेत सुरक्षादिन सकिरहेको छैन । जव गाउँहरू सखाप हुन्छन् तव हेली लिएर गोहीका आँसु झार्न कुद्नुबाहेक केही गर्दैन । कैयौं ठाउँमा बाढिपहिरोमा समेत भ्रष्टाचार भएको छ । हाम्रो पार्टीले पीडित जनताका गासबासका समस्यालाई यथाशीघ्र समाधान गर्न गर्न आग्रह गरेको छ । साथै पार्टीले पीडित जनतालाई आफ्नो तर्फबाट गर्ने सहयोग गरिरहेको छ ।

डन न्यूज : भ्रष्टाचार बढेको छ, बलात्कार र महिला हिंसा बढेको छ, दलितमाथि चरम दमन भएको छ, महङ्गगीले आकाश छोएको छ तर तपाईंको पार्टीले भ्रष्ट र ठगहरूलाई व्यापक कार्यवाही गरिरहेको छैन नि ?
विप्लव : यहाँको प्रश्न सही हो, कोरोना फैलिएपछि हामीले जनभावनालाई आत्मसाथ गर्दै आक्रमक कार्यवाहीहरू बन्द गरेका हौं । जब सरकारले दमन बढायो प्रतिरोध कार्यवाहीलाई खोलेका हौं । जहासम्म भ्रष्ट, बलात्कारी, जातिवादी अत्याचारी, कालाबजारीहरूलाई कार्यवाही बढाउने कुरा छ जनभावनाअनुरुप पार्टीले कदमहरू चाल्दै जाने छ । यसको अभिलेख र हिसाबकिताव हामीसँग छ । समयले भुक्तानी माग्नेछ ।

सूचनाहरूलाई सत्य तथ्यमा आधारित भएर सम्प्रेषण गर्न अरू मेहनत गरौं किनकि सूचनाको तागत अनुपम र भयानक दुवै हुन्छ । यसका सामु कुनै पनि हतियार भुत्ते र फिक्का हुन्छन् । पत्रकार मित्रहरूलाई हाम्रो यही आग्रह छ, आवाजविहीनको आवाज मूलधारमा ल्याएर नागरिकलाई स्पातिलो र चेतनशील बनाउनुहोस् ।

डन न्यूज : नेपालमा भारतको हस्तक्षेपबारे जगजाहेर नै छ । केहीदिन पहिले चीनले पनि हुम्लाको हिल्सा क्षेत्रमा सीमामिचेर घर बनाएको प्रचार आयो, यसबारेमा तपाईहरूको धारणा के छ ?
विप्लव : दशकौंपछि चीनले सीमामिचेको प्रचार आयो । तर चीन र नेपाल सरकार दुवैले चीनले सीमा मिचेर घर बनाएको होइन उसकै भूभागमा बनाएको हो भनेका छन् । हाम्रो स्पष्ट दृष्टिकोण छ, नेपालको भूभागलाई जोसुकैले मिचे पनि स्वीकार्य छैन । यदि चीनले मिचेको छ भने पनि स्वीकार्य हुँदैन । तर भारतले ठूलो भूभाग अतिक्रमण गरिरहेको र त्यसका विरुद्ध जनता एकताबद्ध भइरहेको परिवेशमा चीनलाई मिसाएर विषयान्तरण गर्न खोजिएको छ । यसप्रति सर्तक हुनुपर्छ । अर्को विश्व राजनीतिक मामिलामा नेपालको रणनीतिक महत्व अगाडि आएको बुझ्न सकिन्छ । पुँजीवादी विश्वमा नेपालको सार्वभौमिकता पहिलो हो भन्नेलाई हामीले पकड्नुपर्छ ।

डन न्यूज : राष्ट्र र जनताको पक्षमा पत्रकारिता क्षेत्रले पु¥याएको योगदान वा यस क्षेत्रमा देखिएका कमीकमजोरीहरूलाई तपाईले कसरी मूल्याङ्कन गर्नुभएको छ ? आम पत्रकारिता जगतलाई के आह्वान गर्न चाहनु हुन्छ ?
विप्लव : नेपालका सञ्चारमाध्यमले जनताका आवाजहरू जीवन्त रूपले उठाइरहेका छन् । जनताको चिन्तन क्षमता विकासमा यसले महत्वपूर्ण योगदान गरेको छ । पत्रकार मित्रहरूलाई धन्यवाद दिनुपर्छ । सूचनाहरूलाई सत्य तथ्यमा आधारित भएर सम्प्रेषण गर्न अरू मेहनत गरौं किनकि सूचनाको तागत अनुपम र भयानक दुवै हुन्छ । यसका सामु कुनै पनि हतियार भुत्ते र फिक्का हुन्छन् । पत्रकार मित्रहरूलाई हाम्रो यही आग्रह छ, आवाजविहीनको आवाज मूलधारमा ल्याएर नागरिकलाई स्पातिलो र चेतनशील बनाउनुहोस् ।