
१मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
३तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
७फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
८रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
११पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
सुघेर, कोट्याएर थाहा पाउनु पर्ने वार्ता अपिल ! कस्तो अपिल ! : महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’
एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर दलाल पूँजीवादी सत्ता फाल्ने र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने भन्दै क्रान्तिमा होमिएको नेपाल कम्युनिष्ट पार्टीलाई वर्तमान सरकारले प्रतिबन्ध नै लगाएको छ । त्यहीँ प्रतिबन्धित पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग वर्तमान सरकारका गतिविधिहरुप्रति पार्टीको धारणा, प्रधानमन्त्रीद्वारा वार्ताका लागि गरिएको घुमाउरो आह्वान, जनक्रान्तिको हालको अवस्था र प्रहरी थुना/कारागारमा रहेको कार्यकर्ताहरुको अवस्थाका विषयमा केन्द्रीत रहेर डन न्यूजका लागि प्रधान सम्पादक राजेन्द्र अधिकारीले गर्नुभएको कुराकानीको सार संक्षेपः
डन न्यूज : नेपाली जनताको सुख, समृद्धि, स्वाधीनताको लागि क्रान्तिको पूर्णता र वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ भन्ने तपाईंहरूको दृष्टिकोणमा आजको परिवेशमा जनता पनि सहमत बन्दै गएको देखिन्छ तर क्रान्ति कै लागि वातावरण नबनिसकेको हो कि, कस्तो विश्लेषण गर्नु भएको छ ?
विप्लव : सही हो, क्रान्ति र राज्य व्यवस्थाको सवाल जनता कै विषय हो । जनताले के सही छ र के छैन भन्ने विषय ढिलोचाँडो बुझिनै हाल्छन् । पार्टीले त केवल जनतालाई सुख, संमृद्धि र स्वाधीनताको मार्ग देखाउने मात्र हो । जब जनताले आफ्नो मुक्तिका लागि क्रान्तिको आवश्यकता महसुस गर्छ तब क्रान्ति अगाडि आइ छोड्छ । आजको परिस्थिति हामीले भने कै दिशातिर बढ्दै छ । ज्वालामुखी विष्फोटको प्रतीक्षाम जनता छन् ।
डन न्यूज : तपाईले सबै अग्रगामी, प्रगतिशील, वामपन्थी, देशभक्त, लोकतान्त्रिक शक्तिसँग नयाँ आधारमा नयाँ पहल गर्नुपर्ने विचार राख्नु भएको थियो यसको अन्तर्य के हो ?
विप्लव : हो, देशमा देखापरिरहेका आर्थिक, राजनीतिक, शैक्षिक, स्वास्थ्य, जातीय, लिङ्गीय, राष्ट्रियताका समस्यालाई आधार बनाएर नयाँ निकासमा पुग्न नयाँ सहकार्यको आवश्यकता छ । यस्तो सहकार्य विगतका मान्यतामा खुम्चिएर हुँदैन, नयाँ राजनीतिक, आर्थिक मान्यताहरू विकास गरेर जानसक्नु पर्छ । यस्तो सम्भावना देखा परिरहेका छ । हामीले यसैलाई उठाउन खोजेका हौं ।
डन न्यूज : के सयुक्त मोर्चा र सहकार्यबारे कुनै नयाँ उपलब्धि हुँदै गएका छन् त ? तपार्इंहरूले कम्युनिस्टहरूलाई क्रान्तिमा एकतावद्ध गर्न खोज्दै हुनुहुन्छ भन्ने सुनिन्छ के त्यस्तो सम्भावना छ ?
विप्लव : पक्कै पनि वास्तविक कम्युनिस्ट आदर्शमा हिडेका क्रान्तिकारीहरू वामपन्थी शक्ति, कम्युनिस्ट व्यक्तित्वहरू नयाँ आधारमा एकतावद्ध र धु्रवीकृत हुनु पर्छ भन्ने वस्तुगत माग छ । कैयौं मित्र र कमरेडहरूसँग छलफल चलिरहेको छ । विभिन्न खालका सहकार्यहरू भइरहेका छन् । नयाँ आधारहरू पनि बन्दै गएका छन् । हामी एकदमै आशावादी र उत्साहित छौं ।
हाम्रो विचारलाई जेलका भित्ता र नेलका साङ्लाले रोक्नछेक्न सक्दैन् । अझै पनि कमरेड सुदर्शन, अनील, वीरजङ्ग, ओम पुन, रणवीर, माइला लामा, आदर्श, दीपेश लगायत सयौं जना नेता कार्यकर्ताहरूले कठोर जेल जीवन बिताइरहनु भएको छ । तर कमरेडहरूले जेलको मोर्चाबाट क्रान्ति हाँकी रहनु भएको छ । कमरेड वीरजङ्ग, लालबहादुर वीसी, कमरेड ङ्ंगमलगायतलाई कोरोना महामारीले समात्यो तै पनि उहाँहरू अविचल लडिरहनु भएको छ । हामी क्रान्तिका सबै जोदाहा कमरेडहरूलाई सलाम र सम्मान गर्न चाहन्छौं । हामी जहाँ भएपनि कम्युनिस्टहरूको महान् आदर्श वैज्ञानिक समाजवाद–साम्यवादमा दृढ रहनुपर्छ । क्रान्तिले नै सबै किसिमका दमन र अबरोधहरूबाट मुक्त गर्छ ।
डन न्यूज : यसअघिका थुप्रै क्रान्तिमा धोका खाएका जनताले के फेरि क्रान्तिलाई साथ देलान ?
विप्लव : जनतालाई पटकपटक धोका दिएर शोषणकारी व्यवस्था चलाउनु पुँजीवादी वर्गको चरित्र हो भने हरेक धोका वेइमानीलाई क्रान्तिद्वारा समाधान गर्नु जनताको चरित्र हो । धोकाले केही समय जनतामा वेचैनी, असन्तुष्टि देखिने भएपनि क्रान्तिकारीहरूको अगुवाईमा जनताले त्यसमाथि विजय हाँसिल गरिहाल्छन् । जस्तो कि हाम्रो पार्टी जनताकै बीचमा बसेर कठोर मेहनत र सङ्घर्ष गरिरहेको छ र जनताको न्यानो माया निरन्तर पाइरहेको छ ।
डन न्यूज : पार्टीका हजारौं कार्यकर्ता समातिए, अहिले पनि सयौंको सङ्ख्यामा नेता कार्यकर्ता जेलनेल झेलिरहेका छन्, उनीहरूलाई के सन्देश दिनुहुन्छ ?
विप्लव : हाम्रो विचारलाई जेलका भित्ता र नेलका साङ्लाले रोक्नछेक्न सक्दैन् । अझै पनि कमरेड सुदर्शन, अनील, वीरजङ्ग, ओम पुन, रणवीर, माइला लामा, आदर्श, दीपेश लगायत सयौं जना नेता कार्यकर्ताहरूले कठोर जेल जीवन बिताइरहनु भएको छ । तर कमरेडहरूले जेलको मोर्चाबाट क्रान्ति हाँकी रहनु भएको छ । कमरेड वीरजङ्ग, लालबहादुर वीसी, कमरेड ङ्ंगमलगायतलाई कोरोना महामारीले समात्यो तै पनि उहाँहरू अविचल लडिरहनु भएको छ । हामी क्रान्तिका सबै जोदाहा कमरेडहरूलाई सलाम र सम्मान गर्न चाहन्छौं । हामी जहाँ भएपनि कम्युनिस्टहरूको महान् आदर्श वैज्ञानिक समाजवाद–साम्यवादमा दृढ रहनुपर्छ । क्रान्तिले नै सबै किसिमका दमन र अबरोधहरूबाट मुक्त गर्छ ।
हो मानवधिकारका सन्दर्भमा प्रधानमन्त्रीले पहिचान नखुलेको वार्ताको चर्चा गरेको सुनियो । रातोपाटी लगायतले छेउबाट खुलाइदिन खोजेको पनि पाइयो तर सुघेर, कोट्याएर थाहा पाउनु पर्ने वार्ता अपिल ! कस्तो अपिल !
डन न्यूज : माओवादी आन्दोलनमा धोका भएपछि युवाहरूमा निराशा र पलायनता छायो, अहिले नयाँ जागरण देखिदै छ, क्रान्तिबारे युवाहरूलाई कसरी विश्वस्त पार्नु हुन्छ ?
विप्लव : सारा युवाहरूले सोच्नुपर्छ हामीे केवल अरूका लागि मात्र श्रम गर्न जन्मिएका होइनौं, श्रमिकमात्र बनाएर चुस्ने पुँजीवादी दुनियाँ बदलेर साथै श्रमलाई आप्mनै लागि प्रयोग गरेर श्रमिकहरूको सुन्दर संसार निर्माण गर्न सक्छौं । केबल क्रान्तिमात्र त्यो सभ्य समाजवादी संसारमा पुग्ने बाटो हो । गन्तव्यमा पुग्न युवाहरू थाक्नु हुँदैन् । थाकेका पैतालाहरू फेरि एकपटक जुर्मुराउनेछन् ।
डन न्यूज : एकीकृत जनक्रान्तिमा युवा विद्यार्थी, मजदुर, किसान, मध्यमवर्गलाई जोड दिने गर्नुभएको छ, यसको महत्व क्रान्तिमा किन छ ?
विप्लव : स्कुल, कलेज, विश्वविद्यालय, कलकारखाना, माटोमा श्रम गर्ने मान्छे, मध्यमवर्ग सबैको क्रान्तिमा महत्व छ । दलाल पुँजीवादलाई मिल्काउन, आमूल परिवर्तनको आन्दोलनमा सहभागि बन्न अपरीहार्य भएको छ । नेपालको सन्दर्भमा यो शक्तिले काँध नथापेसम्म देश र जनताले निकास, परिवर्तन र शान्ति पाउँदैन । क्रमशः यो वातावरण बन्दै गएको छ ।
डन न्यूज : बाहिर सरकार र नेकपाबीचमा छलफल चलेको छ, वार्ता हुँदैछ भन्ने पनि सुनिन्छ के हो ?
विप्लव : हामीले स्पष्ट रूपले भनेका छौं, वार्ताको सवाल हाम्रो मात्र विषय होइन आमजनतासँग जोडिएको विषय हो । यो कुनै गुपचुप, रहस्यमय तरिकाले गर्ने मामिला पनि होइन । देशको राजनीतिक परिस्थितिबारे विभिन्न व्यक्तित्व, नेता, बुद्धिजीवीहरूसँग अनौपचारिक ढङ्गले परोक्ष, अपरोक्ष छलफल हुने विषय स्वभाविक हुन्छ । तर औपचारिक रूपले अगाडि नआएसम्म गरिने प्रचार केवलप्रचार मात्र हुन् ।
डन न्यूज : प्रधानमन्त्रीले असोज १६ गते तपाईहरूको नामै नलिएर वार्ताको लागि अपिल गरेको जस्तो देखियो, सञ्चार माध्यममा प्रचार पनि भयो यसबारे केही बताइदिनुस न ?
विप्लव : हो मानवधिकारका सन्दर्भमा प्रधानमन्त्रीले पहिचान नखुलेको वार्ताको चर्चा गरेको सुनियो । रातोपाटी लगायतले छेउबाट खुलाइदिन खोजेको पनि पाइयो तर सुघेर, कोट्याएर थाहा पाउनु पर्ने वार्ता अपिल ! कस्तो अपिल !
डन न्यूज : पार्टीमा शुद्धीकरण चलाउनु भएको छ, कैयौं कार्यकर्ताहरू केही कमिकमजोरीका बावजुद पार्टीमा फर्किने र काममा जोडिने गरेको देखियो यसबारे केही राखिदिनुस न ?
विप्लव :वास्तवमा पार्टी भनेको रूपान्तरणको साधन हो । कम्युनिस्ट नभएकालाई कम्युनिस्टमा रूपान्तरण गर्नु र कम्युनिस्ट बनेकालाई असल कम्युनिस्टमा रूपान्तरण गर्नु पार्टीको जिम्मेदारी हो । हाम्रो पार्टीमा रूपान्तरणको प्रक्रिया चलिरहेको छ । गल्ती गर्ने कमरेडहरूले गल्ती महसुस गर्दै आफूलाई एकीकृत जनक्रान्तिमा समाहित गरिरहनु भएको छ । पार्टी आफैँ पनि शुद्धीकृत र सुदृढीकृत हुँदै बढिरहेको छ ।
डन न्यूज : सरकारी नेकपा फुटको संघारमा पुगेर मिल्यो फेरि विवाद चलिरहेको सन्दर्भलाई कसरी लिनु भएको छ ?
विप्लव : डबल या सरकारी नेकपा मिल्नु या फुट्नुको खासै अर्थ छैन । उसले आफ्नो औचित्य जनतामा गुमाइ सकेको छ । करिब तीन बर्षसम्म उनीहरू नाङ्गो भुतुङ्गो भएर लड्ने र जनताले तमासा हेर्ने भन्दा अरू के भएको छ र ! जनताले त उनीहरूलाई बुझ्दै गएका छन् । त्यहाँभित्रका इमान्दार नेता कार्यकर्ताले दलाल पुँजीवादी संसदीय गोलचक्करबाट आफूलाई मुक्ति गर्दै क्रान्तिकारी आन्दोलनमा समाहित गर्नुपर्दछ ।
जहाँसम्म भ्रष्ट, बलात्कारी, जातिवादी अत्याचारी, कालाबजारीहरूलाई कार्यवाही बढाउने कुरा छ जनभावनाअनुरुप पार्टीले कदमहरू चाल्दै जाने छ । यसको अभिलेख र हिसाबकिताव हामीसँग छ । समयले भुक्तानी माग्नेछ ।
डन न्यूज : बाढीपहिरोले देशमा ठूलो क्षति ग¥यो, सरकारले कुनै प्रभावकारी काम गर्न सकिरहेको छैन, तपाईहरूको सोच के छ ?
विप्लव :सरकार प्रतिक्रियामा मात्रै सीमित छ । जनताले बाढी पहिरोको खतरा देखेर सुरक्षा गरिपाउँ भनेर निवेदन दिँदासमेत सुरक्षादिन सकिरहेको छैन । जव गाउँहरू सखाप हुन्छन् तव हेली लिएर गोहीका आँसु झार्न कुद्नुबाहेक केही गर्दैन । कैयौं ठाउँमा बाढिपहिरोमा समेत भ्रष्टाचार भएको छ । हाम्रो पार्टीले पीडित जनताका गासबासका समस्यालाई यथाशीघ्र समाधान गर्न गर्न आग्रह गरेको छ । साथै पार्टीले पीडित जनतालाई आफ्नो तर्फबाट गर्ने सहयोग गरिरहेको छ ।
डन न्यूज : भ्रष्टाचार बढेको छ, बलात्कार र महिला हिंसा बढेको छ, दलितमाथि चरम दमन भएको छ, महङ्गगीले आकाश छोएको छ तर तपाईंको पार्टीले भ्रष्ट र ठगहरूलाई व्यापक कार्यवाही गरिरहेको छैन नि ?
विप्लव : यहाँको प्रश्न सही हो, कोरोना फैलिएपछि हामीले जनभावनालाई आत्मसाथ गर्दै आक्रमक कार्यवाहीहरू बन्द गरेका हौं । जब सरकारले दमन बढायो प्रतिरोध कार्यवाहीलाई खोलेका हौं । जहासम्म भ्रष्ट, बलात्कारी, जातिवादी अत्याचारी, कालाबजारीहरूलाई कार्यवाही बढाउने कुरा छ जनभावनाअनुरुप पार्टीले कदमहरू चाल्दै जाने छ । यसको अभिलेख र हिसाबकिताव हामीसँग छ । समयले भुक्तानी माग्नेछ ।
सूचनाहरूलाई सत्य तथ्यमा आधारित भएर सम्प्रेषण गर्न अरू मेहनत गरौं किनकि सूचनाको तागत अनुपम र भयानक दुवै हुन्छ । यसका सामु कुनै पनि हतियार भुत्ते र फिक्का हुन्छन् । पत्रकार मित्रहरूलाई हाम्रो यही आग्रह छ, आवाजविहीनको आवाज मूलधारमा ल्याएर नागरिकलाई स्पातिलो र चेतनशील बनाउनुहोस् ।
डन न्यूज : नेपालमा भारतको हस्तक्षेपबारे जगजाहेर नै छ । केहीदिन पहिले चीनले पनि हुम्लाको हिल्सा क्षेत्रमा सीमामिचेर घर बनाएको प्रचार आयो, यसबारेमा तपाईहरूको धारणा के छ ?
विप्लव : दशकौंपछि चीनले सीमामिचेको प्रचार आयो । तर चीन र नेपाल सरकार दुवैले चीनले सीमा मिचेर घर बनाएको होइन उसकै भूभागमा बनाएको हो भनेका छन् । हाम्रो स्पष्ट दृष्टिकोण छ, नेपालको भूभागलाई जोसुकैले मिचे पनि स्वीकार्य छैन । यदि चीनले मिचेको छ भने पनि स्वीकार्य हुँदैन । तर भारतले ठूलो भूभाग अतिक्रमण गरिरहेको र त्यसका विरुद्ध जनता एकताबद्ध भइरहेको परिवेशमा चीनलाई मिसाएर विषयान्तरण गर्न खोजिएको छ । यसप्रति सर्तक हुनुपर्छ । अर्को विश्व राजनीतिक मामिलामा नेपालको रणनीतिक महत्व अगाडि आएको बुझ्न सकिन्छ । पुँजीवादी विश्वमा नेपालको सार्वभौमिकता पहिलो हो भन्नेलाई हामीले पकड्नुपर्छ ।
डन न्यूज : राष्ट्र र जनताको पक्षमा पत्रकारिता क्षेत्रले पु¥याएको योगदान वा यस क्षेत्रमा देखिएका कमीकमजोरीहरूलाई तपाईले कसरी मूल्याङ्कन गर्नुभएको छ ? आम पत्रकारिता जगतलाई के आह्वान गर्न चाहनु हुन्छ ?
विप्लव : नेपालका सञ्चारमाध्यमले जनताका आवाजहरू जीवन्त रूपले उठाइरहेका छन् । जनताको चिन्तन क्षमता विकासमा यसले महत्वपूर्ण योगदान गरेको छ । पत्रकार मित्रहरूलाई धन्यवाद दिनुपर्छ । सूचनाहरूलाई सत्य तथ्यमा आधारित भएर सम्प्रेषण गर्न अरू मेहनत गरौं किनकि सूचनाको तागत अनुपम र भयानक दुवै हुन्छ । यसका सामु कुनै पनि हतियार भुत्ते र फिक्का हुन्छन् । पत्रकार मित्रहरूलाई हाम्रो यही आग्रह छ, आवाजविहीनको आवाज मूलधारमा ल्याएर नागरिकलाई स्पातिलो र चेतनशील बनाउनुहोस् ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला