
१मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
३समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
४विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१२कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
१समाधान दैनिकको ठगीधन्दा र रुन्चे रोदन
२रगतले लेखिएको क्रान्ति : जेन-जीको विद्रोह, सत्ताको लुटतन्त्र
३जेन–जी आन्दोलन : ७२ को मृत्यु, १५ जना आइसियूमा
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५डन न्यूज पब्लिकेशन प्रा.लि. पाँचौं वर्षमा प्रवेश
६जेन-जी शहीदहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि
७तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
८जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
९एमाले नेता बस्नेतको अराजक अभिव्यक्ति : जेन जीलाई ‘आतंककारी’को संज्ञा, पत्रकारलाई धम्की
१०पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
११जेन-जी आन्दोलनबारे शोक दिवसदेखि क्षतिपूर्तिसम्म
१२पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका बारेमा अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने बताउनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले मध्यपुरथिमि शङ्खधर चोकमा आज आयोजना गरेको विरोधसभामा उहाँले स्वतन्त्र निकाय अदालतले जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुने स्पष्ट गर्नुभयो ।
“सरकारको कदम गलत छ, सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ, अदालत स्वतन्त्र निकाय भएकाले त्यहाँबाट पक्षविपक्षमा जस्तो निर्णय आए पनि कांग्रेसलाई मान्य हुनेछ”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “अदालतलाई यस्तो निर्णय गर भनेर तर्साउने र धम्क्याउने काम कांग्रेसले गर्दैन, कांग्रेस अदालतको निर्णय मान्ने पार्टी हो, त्यसैले उसले जस्तो निर्णय गरे पनि मान्छ ।”
अप्ठ्यारो पर्दा अन्तिममा जाने ठाउँ भनेकै न्यायालय भएकाले उसको निर्णय पर्खेर बसेको उहाँको भनाइ थियो । कांग्रेस पञ्चायती व्यवस्थामा पनि अदालतको निर्णय मान्ने पार्टी भएको जनाउँदै उहाँले निर्वाचन भएमा कसैसँग मिलेर नगई कांग्रेसले एक्लै चुनाव लड्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “चुनावमा अरूसँग मिलेर गएको फल पाइसक्यौँ, अबको चुनावमा कसैसँग मिल्दैनाँै, कांग्रेस एक्लै चुनावमा जान्छ, एक्लै जाँदा हाम्रो शक्तिको कति छ भन्ने आकलन पनि हुन्छ, जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ ।”
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, कांग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन खत्री र २ का सभापति नारायण खायमली, मध्यपुरथिमि नगर सभापति सुरेन्द्र श्रेष्ठलगायतले सरकारको कदमविरुद्ध प्रदर्शन जारी राखिने बताउनुभयो । सभाअघि थिमिको राधेरोडबाट विरोध प्रदर्शन शुरु भएको थियो ।