
१२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
३घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
४जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
७एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
८नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
९ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
१०अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
११सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१२अफवाह नफैलाउन प्रहरीको आग्रह
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
३सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
४कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
६१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
७‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
८गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
९भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका बारेमा अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने बताउनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले मध्यपुरथिमि शङ्खधर चोकमा आज आयोजना गरेको विरोधसभामा उहाँले स्वतन्त्र निकाय अदालतले जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुने स्पष्ट गर्नुभयो ।
“सरकारको कदम गलत छ, सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ, अदालत स्वतन्त्र निकाय भएकाले त्यहाँबाट पक्षविपक्षमा जस्तो निर्णय आए पनि कांग्रेसलाई मान्य हुनेछ”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “अदालतलाई यस्तो निर्णय गर भनेर तर्साउने र धम्क्याउने काम कांग्रेसले गर्दैन, कांग्रेस अदालतको निर्णय मान्ने पार्टी हो, त्यसैले उसले जस्तो निर्णय गरे पनि मान्छ ।”
अप्ठ्यारो पर्दा अन्तिममा जाने ठाउँ भनेकै न्यायालय भएकाले उसको निर्णय पर्खेर बसेको उहाँको भनाइ थियो । कांग्रेस पञ्चायती व्यवस्थामा पनि अदालतको निर्णय मान्ने पार्टी भएको जनाउँदै उहाँले निर्वाचन भएमा कसैसँग मिलेर नगई कांग्रेसले एक्लै चुनाव लड्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “चुनावमा अरूसँग मिलेर गएको फल पाइसक्यौँ, अबको चुनावमा कसैसँग मिल्दैनाँै, कांग्रेस एक्लै चुनावमा जान्छ, एक्लै जाँदा हाम्रो शक्तिको कति छ भन्ने आकलन पनि हुन्छ, जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ ।”
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, कांग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन खत्री र २ का सभापति नारायण खायमली, मध्यपुरथिमि नगर सभापति सुरेन्द्र श्रेष्ठलगायतले सरकारको कदमविरुद्ध प्रदर्शन जारी राखिने बताउनुभयो । सभाअघि थिमिको राधेरोडबाट विरोध प्रदर्शन शुरु भएको थियो ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
३सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
४कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित